वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ काे बारा, पर्सा र राैतहटका गरि ३७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
२ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ९ महिला सहित ३७ जनामा कोराेना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिए ।
पछिल्लो परीक्षणमा राैतहटमा २२, बारामा ९ र पर्सामा ६ जनामा कोराेना पुष्टि भएको हो । सन्क्रमित हुनेमा ४ वर्षकाे बालक देखी ६७ वर्ष उमेर समुहका ३७ जना रहेका छन् ।
संक्रमित हुनेमा राैतहटकाे दुर्गा भगवती गाऊपालिका वडा नम्बर ५ का मात्रै २२ जना रहेका छन् ।
यसैगरी बारा जिल्लाको काेल्भि नगरपालिकाका ३ जना, अमाैर टाेक्नी वडा नम्बर २, कलैया उपमहानगरपालिका वडा नम्बर १९ र ९ त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २, बारागढि गाउपालिका वडा नम्बर १, इलाका प्रहरी बारागढि गरि एक/एकजना संक्रमित थपिएका हुन् ।
यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नम्बर ११ मा २ जना, २८ र ३२ मा एक/एक जना त्यसैगरी पर्साकाे ग्रामीण भेगमा पर्ने पटेर्वा सुगैलि गाँउपालिका वडा नम्बर ८ र चैनपुर ८ मा एक / एकजना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।
याे सहित पर्सामा ५ सय ४३ महिला सहित २४ सय २० संक्रमित पुगेको छ । जसमध्ये १५ सय २९ जना काेराेना संक्रमण मुक्त भइसकेका छन् । पर्सामा २२ हजार १ सय ४२ जनाकाे स्वाब टेष्ट भईसकेका छन् ।