बाराको सिमराकै चर्चिीत मुसहर्नीमाई मन्दिरमा शनिबार विहानै ९ जना युवायुवतीहरु मन्दिर प्रवेष गरे अनि धमाधम साथमा ल्याएका पोकाहरु खोल्न थाले । मन्दिरमा उपस्थित भक्तजनहरु अचम्ममा परे किनकी उनीहरुले खोलेका पोकामा पुजाका समाग्री नभई सरसफाईका समानहरु थिए । भक्तजनहरु खासखुस कुरा गर्नथालेको थाहा पाएर पनि विना कुनै प्रतीकृया यो समुहले आफ्नो उद्देश्यलाई मात्रै ख्याल गरीरहेको भान हुन्थ्यो ।
उत्साहित युवायुवतीको समूह सफाइका समाग्री हातमा लिएर मन्दिर वरपरी छरीए । उनीहरुले एकाएक त्याहाँका हरेक दृश्यात्मक स्थितीलाई परीवर्तन गरीदिए । पानीका कारण लेउले ढाकेका साना–ठूला मन्दिरका भित्ताहरुका लेउ घोटे, धोए र रंग लगाए । मुर्तीलाई नुहाएर चिटिक्क पारे । दागैदाग देखिन थालेका घण्टीहरुलाई माझेर टिलिक्क टल्क्याए ।
वरपर फालीएका फोहेरहरु सबैसबै एकादेशको कथा बनाइदिए । चौतारोलाई सफा र रंङ्गिन बनाए । काम भन्दा बढी नाम खोज्नेहरुको भिडमा प्रचारप्रसार, आसन ग्रहण, भाषण विना हेर्दाहेर्दै मन्दिर र वरपरको वातावरणलाई छोड्नै मन नलाग्ने बनाए ।
जितपुरसिमरा उप–महानगरपालिका वडा नं २ मा अवस्थित मुसहर्नीमाईको मन्दिरलाई सरसफाई तथा रंगरोगण गर्न कस्सिएका यि हातहरु लिविङ विथ इन्भारोमेन्ट (एल.डब्ल्यु.ई.)काठमाण्डौंको शाखा कार्यालय सिमराका रहेछ । आफ्नो ठाउँलाई आफैंले सुन्दर बनाउनुपर्ने धारणा बोकेर संगठित भएका उनीहरुले मुसहर्नीमाईको मन्दिरलाई रंगरोगण एवं वरपरको सरसफाई गरेर स्वच्छ तथा सुन्दर वातावरणलाई ख्याल गर्ने कार्यको सुरुवात गरे ।
दशैं नजिकिंदै गर्दा एल.डब्ल्यु.ई.ले गरेको यो कार्यले भक्तजनहरुमा उत्साह बढ्नुका साथै वातावरणीय आनन्द मिल्ने मन्दिरका पुजारी कृष्ण प्रसाद खतिवडाको विश्वास छ ।
पछिल्लो समय धार्मीक विषयमा युवाले चासो राखेनन् भन्नेहरु बढीरहेका बेला कसैलाई नभनी, कसैको बाटो नहेरी मन्दिरलाई सजाएको देखेर असाध्यै खुशी लागेको मुसहर्नीमाईको दर्शन गरेर मात्रै दिनको सुरुवात गर्ने स्थानिय लीला देवी रेग्मीले बताइन् । उनी भन्छिन् ‘छिन्मै मन्दिरको झलक परीवर्तन गरेर यो समुहले सानै तर गजबकै काम गर्यो, चाहना भए कतीबेर लाग्दो रहेछ र ? यस्तो कार्य त सबैले गर्नुपर्छ ।
‘च्यात्तीएको सिलाएरै तर सफा लाउनु भने झैं जिर्ण बनेको यो मन्दिरको जिर्णाेद्धार गर्न हाम्रो सामथ्र्यले नभ्याउला तर सफा र सुन्दर त बनाउन सकिन्छ नी ?’ भनेर यो सुरुवात गरेको भन्छिन् एल.डब्ल्यु.ई.की अध्यक्ष प्रतीमा खड्का । नजिकिएको चाडपर्व र माहामारीको त्रास नसकिएको अवस्थालाई मध्येनजर गर्दै तत्कालका लागि धार्मीक सम्पत्ति मठमन्दिरको सरसफाई गरीरहेको साथै साथीहरुसँग भर्चुअल रुपमा जोडीएर योजना बनाउने काम भइरहेको अध्यक्ष खड्काले बताइन् ।
आफ्नो दक्षताका आधारमा विभिन्न क्षेत्रमा आवद्ध युवायुवतीहरुलाई समाजिक कार्य पनि हाम्रै दायित्व भित्र पर्छ, जुन हामीले पुरा गर्नैपर्छ है भन्ने बुझाएर समाजिक सेवातर्फ वानी पार्न शाखा समुह निर्माण गरेको एल.डब्ल्यु.ई.का इभेन्ट प्रमु्ख अनिमेश श्रेष्ठले बताए । स्वच्छ र सुन्दर वातावरण भए मात्रै जिवन स्वस्थ एवं आनन्दमय हुने भएकाले यो सुहूहले वातावरणसँग जोडिएका सबै क्षेत्रमा सकेको योगदान गर्ने उनको भनाई छ ।
अहिले सिमरा, जितपुर, पथलैया र अमलेखगञ्जका १६ जना विधिवत रुपमा आवद्ध रहेका र अन्य इच्छुक युवायुवतीले पनि सकारात्मक प्रतीकृयाका साथ हातेमालो गरीरहेको श्रेष्ठले बताए । ‘सफा सुग्घरी, हाम्रो नगरी’ अभियानमा जुटेको र यसलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न