सर्पदंश उपचार केन्द्र संचालनमा आएपछी पर्साको ठोरीका स्थानियको सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । गतवर्ष फागुनबाट ठोरीमै सर्पदंश उपचार केन्द्र संचालनमा आएदेखि ठोरीवासीलाई सर्पदंशको उपचारका लागि कतै धाउनु नपरेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले बताए ।
केन्द्र संचालनमा आएको ७ महिनामै ७५ जना सर्पदंशका विरामीले समयमै उपचार पाएर ज्यान जोगीएको उनले बताए । उनका अनुसार गत २०७६ फागुन २५ गतेदेखि संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७५ जना विरामी पुगेको र उनीहरु सबै सकुशल उपचार भएर फर्कीएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन रष्ट्रिय निकुञ्जसँगै जोडिएको ठोरीमा खास गरेर वर्षा याम र अन्य बेला पनि अधिकाँश सर्पदंशका घटनाहरु हुने गरेको थियो । ठोरीमा उपचार केन्द्र नहुँदा सर्पदंशका विरामीलाई सदरमुकाम वीरगन्ज वा हेटौंडा सम्म लैजाँदा बाटैमा ज्यान जाने गरेको थियो । सर्पको टोकेका विरामीले समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाबाट उन्मुक्ती पाउन ठोरीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको र त्यसयता समयमै उपचार पाएर ७५ जना विरामीहरुको ज्यान जोगाउन सफल भएको श्रेष्ठले बताए ।
प्रत्येक वर्ष वीरगन्जको नारायणी अस्पतालको सर्पदंश घटनाका तथ्याँक हेर्ने हो भने सबैभन्दा बढि ठोरीका नागरिक पाइएपछी स्थानिय स्तरमै उपचार पाउन् भन्ने उद्देश्यका साथ नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्रको स्थापना गरिएको छ । ६०/६५ किलोमिटर जिर्ण सडकखण्ड पार गरेर उपचारका लागि धाउनुपर्ने बाध्यताबाट ठोरीलाई मुक्ति दिलाएको सर्पदंश उपचार केन्द्रको स्थापनाकाल देखि हालसम्म आएका सर्पदंश विरामीहरुलाई गरीएको उपचार सबै सफल भएका छन् ।
विकट क्षेत्रका नागरिकलाई सेवा दिन पाएकोमा आत्मसन्तुष्टि मीलेको सर्पदंश उपचार केन्द्रमा खटेका नेपाली सेनाका सेनानी जित बहादुर थापाले बताए । सदैव नेपाली नागरिकहरुको साथमा रहेको र आपत्त विपत्त परेको बेला सहयोग गर्नमा कुनै कसर बाँकी नछोड्ने नेपाली सेनाले सर्पदंशका कारण ज्यान गुमाउने बाध्यताबारे थाहा पाएपछी गाउँपालिकासँगको आर्थिक सहयोगमा उपचार केन्द्र संचालन गरेको सेनानी थापाले जानकारी दिए । उनका अनुसार यस केन्द्रमा अनुभवी चिकित्सक र प्रभावकारी उपचार पद्धतीबारे विशेष तालिम प्राप्त नेपाली सेनाका प्राविधिकहरुले २४ औं घण्टा उपचार सेवा प्रवाह गरि रहेका छन् ।
ठोरी गाउँपालिका वडा नं. ४ स्थित पर्सा राष्ट्रिय निकुञ्ज निर्मलवस्तीमा रहेको श्री सिद्धिबक्स गण व्यारेकमा संचालन गरिएको सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाका प्राविधिक चिकित्सकहरुले उपचार गर्दै आएका छन् । ठोरी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाली सेनाको समन्वयमा संचालित यस सर्पदंश उपचार केन्द्रमा चाहिने पूर्वाधारहरु गाउँपालिकाले पुर्ति गर्दै आएको छ भने उपचार केन्द्रमा निःशुल्क उपचार हुने गरेको छ ।
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न