पर्साको कालिकामाई गाउपालिका वडानम्बर २ भेडिहारीको श्री सुकई साह माध्यमिक विधालय भेडिहारी पर्सालाई प्लस टु बनाउनका लागी एक कार्यक्रमका बिच २२ सदस्यी संघर्ष समिती सर्वसम्मतीबाट चयन गरेको छ ।
आज देखी १ महिना देखी ब्रिलिएन्ट युवा क्लब भेडिहारी द्धारा संचालन गरिएको अभियानलाई सफल बनाउन तथा गाउपालिकालाई दवाव स्वरुप समिती गठन गरिएको हो ।
संघर्ष समितीमा लालबाबु चौरसिया, रामाधार साह तेली, लखन राउत बरै, जमुना प्रसाद चौरसिया, शुबास कुश्वाहा, माओ कुश्वाहा, उपेन्द्र तिवारी, ताजिन्द्र साह कलवार, बिश्वनाथ चौरसिया, राधाकृष्ण चौरसया, उमाशंकर साह, ओमप्रकास साह, नगनिा राउत गदी, असर्फी राउत गदी, केदार कुश्वाहा, देवनथा साह लगायत २२ जना रहेका छन ।
श्री सुकई माध्यमिक बिधालयमा छात्रछात्राको संख्या धेरै रहेको, र सबैठवा, पोखरीया गदियानी, रबिदास, टिनडोयिबा, हरिहरपुर बिर्ता, भेडिहारी, सानो र ठुलो गदियानी, लहावरथकरी, प्रशुरामपुर लगायतकागाउका बिधार्थीहरुलाई सजिल्लो पर्ने भएकोले सो बिधालयलाई अबिलम्ब १०+२ को अनुमती दिनका लागी गाउसभाले मांग गरेको छ ।
भेडिहारी गाउका बिभिन्न पार्टीका अगुवा प्रतिनिधीहरु, समाजसेवी, शिक्षक र स्थानियहरुको सक्रियतामा बिधालयलाई १०+२ बनाउन पहल गरिएको हो ।