काठमाडौं, २३ असोज । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै विनाशर्त खश समुदायलाई आदिवासीमा सुचिकृत गरिनुपर्ने माग गरेको छ ।
आगामी मंसिर ७ गतेसम्म मा पूरा नगरे अनिश्चित्कालिन आम हड्ताल गर्न बाध्य हुने र यसबाट निस्कने परीणामको जिम्मेवारी स्वयम सरकार सत्तापक्ष दल हुनेपनि समितिले चेतावनी दिएको छ ।
आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले विभिन्न २६ बुँदे माग अघि सारेको छ । समितिले अघि सारेका मागहरुमा आदिमकालदेखि बसोवास गर्दै आएका खश समूदायलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, राज्य पूर्नसंरचना आयोगको सिफारिशको आधारमा १० प्लस १ प्रदेश घोषणा गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने र स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गरिनुपर्ने, खश र आर्यको कलस्टर अलग अलग गरि खश समूदायलाई राज्यका हरेक निकायमा समावेशी समानूपातिक प्रतिनिधित्व गराईनुपर्ने, खश समूदायको मष्टो धर्म संस्कृतिको सम्मान गर्न मष्टो पर्वको दिन सार्वजनिक विदाको व्यवस्था गरिनुपर्ने, पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा थरुहट छोडेर महाकाली, सेती, भेरी, र कर्णाली अञ्चललाई खशान प्रदेश घोषणा गरिनुपर्ने रहेका छन् ।
कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रेम बहादुर खातीले भने,‘नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सम्मान र हितलाई शिरोधार्य गरेर संघीय व्यवस्थाबाट मात्र पिछडिएका, उत्पीडनमा परेका र सिमान्तकृत सम्पूर्ण भूमिपुत्रहरुको हित हुनसक्छ भन्ने हाम्रो ठहर छ ।’ उनले खश समूदायको ऐतिहासिक पहिचानलाई स्थापित गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ बमोजिम आदिवासीमा सूचिकरणको लागि सम्पूर्ण मापदण्ड पूरा भएको हुँदा खश समूदायलाई पनि आदिवासीमा सुचिकृत गर्न जोडदार माग गरे ।
समितिले अघि सारेका थप मागमा खशहरुको ईतिहास, भूगोल, भाषा, धर्म, सांस्कृतिक परम्पराको सोध अनुशन्धान गर्न खश आयोग गठन गरिनुपर्ने, कर्णाली भेरी सेती, महाकाली अञ्चलमा बोलिने स्थानीय खश भाषालाई प्रदेश नम्बर ६ र ७ को सरकारी कामकाजी भाषा घोषणा गरिनुपर्ने, खश समूदायलाई जल, जमिन र जंगलमाथि आदिवासीले पाउने अग्राधिकार निर्धारण गरिनुपर्ने, वृद्ध भक्ता वितरणसम्बन्धी मापदण्ड देशभर एकै खालको बनाईनुपर्ने र वृद्धवृद्धा तथा विधवा/विदुरको जीवनयापनको लागि कम्तिमा प्रति महिना ५ हजार भत्ता कायम गरिनुपर्ने, हत्या, हिंसा बलात्कार, कशुासन, अपहरण, दलित माथिको विभेद, महिला हिंसा, बोक्सी आरोपजस्ता सामाजिक कुरीतिको तत्काल अन्त्य गरिनुपर्ने, नेपालको संविधान २०७२ अनुसार राज्यका सवै अंगमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, राजनीतिक दलमा ३३ प्रतिशत महिला प्रतिनिधित्व विना दल दर्ता खारेज गरिनुपर्ने, लोकसेवा आयोगमा ग्यारेण्टी गरिएको ४५ प्रतिशत आदिवासी जनजातिको प्रतिनिधित्वको आरक्षण व्यवस्था विभिन्न कारण देखाई हटाईएकोमा आरक्षण कम्तिमा ४५ प्रतिशतको सुनिश्चितता गरिनुपर्ने र नेपालमा विद्यमान रहेका सबै समूदायको मातृभाषा, भाषा, लिपी अध्ययन अध्यापन र अनुशन्धान गर्न विशिष्ट प्रकारको भाषा विश्वविद्यालय स्थापना गर्नुपर्ने रहेका छन् ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, खम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय समितिका अध्यक्ष आर.के. खम्बु, थरुहट थरुवान राष्टिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु, मंगोल नेश्नल अर्गानाईजेशनका केन्द्रीय सदस्य जीवन मंगोल, मगरात संघर्ष समितिका संयोजक राम मगर र नेपाल राष्टिय परिषद केन्द्रीय समिति संयोजक अशोक महर्जनले समितिले अघि सारेमा मागमा ऐक्यबद्धता जनाएका छन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न