हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ । किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ । बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको हुन्छ ।मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि । मुटुबाट दुईवटा नसा निस्किएका हुन्छन् जसमध्ये एउटा टाउकोबाट आएको हुने गर्छ भने अर्को शरीरको तल्लो भागबाट आउँछ। तलबाट आउने नसाले फोहर रगत लिएर आउछ। यसरी आएको रगत मुटुको दायाँ भाग हुँदै फोक्सोमा जान्छ । फोक्सोमा पुगेपछि अक्सिजन युक्त रगत मुटुको देब्रे भागमा चारवटा नलि मार्फत फर्किन्छ । मुटुले पम्प गरिसकेपछि त्यो रगत शरीरभरी सञ्चार हुन्छ । स्वस्थ मुटुले यसरी काम हुन्छ । स्वस्थ मुटु प्रतिमिनेट ६० देखि ९० पटक सम्म धड्किन्छ । भर्खर जन्मिएको बच्चाको १ मिनेटमा १ सय ४० पटक धड्किन्छ ।
उमेरसँगै मुटुको धडकन कम हुदै जान्छ । मुटुको समस्या भएका मानिसको श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । छिट्छिटो स्वास फुलेर आउछ भने मुटु रोग लागेको हुन सक्छ । कतिपयमा बंशाणुगत मुटु रोगको समस्या पनि हुन सक्ने बताउनु हुन्छ प्रभु हस्पिटलमा एण्ड रिसर्च सेन्टरमा कार्य कार्यरत मुटु रोग बिशेषज्ञ डा. राधा भट्टराई । गर्भबाटै मुटुको समस्या बोकेर आएका बच्चाहरुको शारिरिक बृत्ती विकासमा समस्या हुने, हात खुट्टा वा पुरै शरीर पहेंलिएर जानेजस्ता समस्या देखिन्छन् । बंशाणुगत समस्याको कारण मुटु रोग भएमा बच्चाका तौल पनि नबढ्ने समस्या हुन्छ । खासगरी शरीरको तौल, सुगर, कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा नराख्दा जुनसुकै उमेरका मानिसलमा पनि मुटु रोगको अत्याधिक सम्भावना हुन्छ । अत्याधिक धुम्रपान, खैनी सेवन गर्ने मुटु रोगको उच्च जोखिममा हुन्छन् । विभिन्न अनुसन्धानले नै भनेको छ की अत्याधिक धुम्रपान सेवन गर्नेहरु ५० वर्षभन्दा कम उमेरबाटै मुटु रोगको शिकार हुने गर्छन् । आजको अंकमा प्रभु हस्पिटलमा एण्ड रिसर्च सेन्टरमा कार्य कार्यरत मुटु रोग बिशेषज्ञ डा. राधा भट्टराई संग नेपालमा मुटुरोगको अवस्था यो रोग लाग्नबाट कसरी जोगिन सकिन्छ भन्ने बिषयमा मध्य नेपालको लागी गरिएकोे कुराकानी :
१) मुटु के हो, आम नागरिकले यसलाई कसरी बुझ्ने ?
मुटु भनेको हाम्रो शरीरलाई आवश्यक पर्ने अतिनै संवेदनशिल अंग हो । मुटुको धड्कन छ त जिन्दगी छ । धड्कन छैन त जिन्दगी छैन ।
२) मुटुरोग लागेको कसरी थाहा पाउने ?
मुटु सम्बन्धी रोगहरु थुप्रै छन् । त्यसलाई छुट्याउन पर्छ । जस्तै मुटुको चाल सम्बन्धी रोग भएमा मुटुको धड्कन बढ्ने, बिरामी बेहोस हुने, हृदयघातको कुरा गर्दा छातीको बीच भागमा दुखाई हुन्छ । हिड्दै गयो भने त्यो दुखाई बढ्दै जान्छ । दुखाई सरेर पाखुरा, चिउडो, गाला, पिठ्यु तिर पुग्छ । टाउको दुख्ने, गोडाहरु फूल्ने दम बढ्ने, चिडचिड पसिना आउने यि सबै मुटुरोगका लक्षणहरु हुन ।
३) मुटुमा देखीने प्रमुख समस्याहरु केके हुन् ?
तराईको परिपेक्षमा भन्नुपर्दा यहाँका व्यक्तिहरु अन्तिम अवस्थामा मात्रै अस्पताल आउँछन् । यतातिर मैले वाल्यअवस्थामै हुने बाथ रोगका समस्याहरु बढी देखेकी छु । अस्पतालमै आउँने प्राय गर्भवति महिलाहरुमा पनि वाथमुटुरोगको समस्या छ । जसको कारण डेलीभरीको समयमा ज्यान जाने समेत गरेको छ । यसबारे धेरैलाई ज्ञान छैन । यसबारे जानकारी हुनका लागि समयसमयमा मुटुरोग विशेषज्ञसंग परामर्श लिने । चिकित्सक संग जाँच गराउने ।
४) कुन उमेर समुहका व्यक्तिमा मुटुसम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छन् ?
मुटुरोग महिला वा पुरुष मध्य कसमा बढी भन्ने छैन । अहिले त १७/१८ वर्ष उमेर समूहका किशोर किशोरीमा समेत हृदयघात भएको छ । त्यसैले यो रोगको कुनै खास उमेर समूह छैन । तर पुरुषको हकमा ४० वर्ष पछिका यो रोग बढी देखिएको छ भने वंशाणुगत कारणले पनि मुटुरोग देखिएको पाईएको छ ।
५) शहरी क्षेत्रमा मुटुरोग बढी देखिनुको कारण के हो ?
जीवनशैलीको कारणले गर्दा पनि सहरमा मुटुरोगी बढी देखिएको हो । दिनभरीको बसाई, शारिरीक व्यायम छैन, खानपिनको रुटिन छैन्, मानसिक तनाव बढी छ, वातावरण स्वस्थ छैन । मुख्य समस्यानै यही हो । मुटुमा रोग लाग्न नदिने समाधान भनेकै सन्तुलित आहार र स्वस्थ्य जिवनशैली हो ।मुटुमा रोग लाग्न नदिन हामीले बाहिरका जंक फुड अर्थात प्याकेटका खानेकुराहरु जस्तै चाउचाउ, चिप्स लगायतका नुन बढी भएका उत्पादक खाद्यान्नहरु, बट्टाका अचारहरु खानु भएन, चिलो खाना, रातो मासु, आलू, भात मैदा का परिकारहरु कम खाने गनुपर्छ, ।
यि भनेका मुटुका दुश्मन खानाहरु हुन । मुटुका साथी खाना भनेको हरियो सागसब्जीहरु, रेसादार फलफूल, गहँु, जौँबाट बनेका परिकार खानामा समावेश गर्नु पर्छ । दिनको आधि घण्टा शारिरीक व्यायम गर्ने, छिटो हिड्ने –शरीरबाट पसिना बग्ने गरी),तनावपूर्ण जिन्दगि छ त्यसमाथि यो कोरोना कालमा अझै बढी समस्या थपिएको छ । सकेसम्म तनावको व्यवस्थापन गर्ने, सुर्ति वा मदिरा जन्य पदार्थहरुको सेवन नगर्ने, तौल बढी भए कमगर्ने यी सबै हाम्रो हाथमा छन् । यी नराम्रा बानी हटाएर राम्रा बानीको विकास ग¥यौ भने यो हाम्रै हातको कुरो हो । तर कसैलाई जन्मजातनै मुटुरोग छ वा वंशाणुगत कारणले गर्दा हो भने यी हामीले परिवर्तन गर्न सक्दैनौ ।
६) मुटु रोगीहरुलाई कोरोना को जोखिम कत्तिको छ ?
विश्वकै तथ्यांक हेर्ने हो भने पनि कोरोना महामारीले गर्दा मुटुरोगीकै बिरामीको संख्या बढी छ ।त्यसमा पनि चिनी रोग, थाईराईड, भएका व्यक्तिहरुको रोगप्रतिरोधात्मक क्षमथा कम हुने भएकेले गर्दा पनि मुटुरोगीहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको छ ।
७) मुटुमा आउने समस्यालाई नागरिकले कतिको प्राथमिकता दिएको पाउनु हुन्छ ?
मुटुरोग सम्बन्धी धेरैमा जनचेतनानै छैन ।मुटुमा आउने समस्यालाई दिने प्राथमिकताको त कुरै छोडौ । मैले हेर्ने बिरामीहरुमै पनि कत्तिको ब्लडप्रेसर २०० (माथिको प्रेसर) छ । डाक्टर साब मलाई कुनै पनि समस्यानै छैन म आफै हिडेर आएको मोरो ब्लड प्रेसर यति बढी छ भनेर विश्वासनै छैन भन्छन् जाँच गर्न आउने बिरामी । यस्तोमा के भन्ने ? अबको मुख्य फोकस जनचेतनामा हुनुप¥यो । यदि तपाईको उमेर १७ वर्ष पुगिसकेको छ भने वर्षको एकपटक सबैले प्रेसर जाँच गराउनुहोस् । हृदयघातको मुख्य कारण भनेकै ब्लडप्रेसर हो । यसलाई कार्डियोवासक्लोरिक्स भन्छौ हामी । अझ कोलस्ट्रोेल, थाईरोईड, चिनीरोग, भएका व्यक्तिहरुले ३/३ महिनामा स्वास्थ्य परीक्षण गराउनु राम्रो हो भने स्वस्थ व्यक्तिले (मुटु सम्बन्धी वा अन्य कुनै पनि रोग नभएका)वर्षमा एक पटक मुटुको चाल सम्बन्धी परीक्षण (इ.सि.जि) लिक्यूडप्रोफाइ प्रसर जाँच गराउनु एकदमै आवश्यक छ ।
८) नेपालमा कति प्रतिशत मुटुरोगका बिरामी छन ?
विश्व तंथ्याकं अनुशार विश्वको १ करोड ८० लाख मा मुटुरोगको समस्या छ भन्ने देखाएको छ भने नेपाल को परीपेक्षमा भन्नु पर्दा नेपाल हृदयरोग निवारण प्रतिष्ठान नामक संस्थाको तथ्यांक अनुसार नेपालमा हुने मृत्यु दर मध्य ८० प्रतिशत मा मुटुरोग छ । जसमा हृदयघात ३० प्रतिशत, कोल्स्ट्रोल १० प्रतिशत ब्लड प्रोसर २० प्रतिशत र १ प्रतिशतमा बालबाथ मुटुरोग रहेको छ । त्यसैगरी १ वर्षम १ हजार बच्चाले वालवाथ मुटु रोगका कारण अकालमै मृत्यु भएको छ ।
अझ यहाँ त मैले गर्भवति महिलाहरुको स्वास्थय परीक्षण गर्ने मौका समेत पाएकी छु । यहाँका ९९ प्रतिशत गर्भवति महिलालाई आफू बालवाथ मुटुरोगबाट पीडित भएको जानकारी सम्म छैन । त्यो मुटुको भिडियो एक्सरे बाट मात्रै थाहा पाईन्छ । जसमध्य ५ प्रतिशत गर्भवति महिलाहरुको सुत्केरीको समयमा ज्यान जाने गरेको छ । यो हामीले परीक्षणबाट मात्रै थाहा पाउँन सक्छौ । गर्भवति महिलाहरुमा गर्भवति भइसकेपछि वा चार पाँच महिना पछि मुटुको च्याम्बरहरु फैलने रोग हुन्छ त्यो बेलुन जस्तै फुलेको हुन्छ , यस्ता महिलाहरुको छिटै ज्यान जाने सम्भावना हुन्छ त्यो कुराबारे उनीहरुलाई जानकारी हुँदैन ।
हामीले तराईको परिपेक्षमा त्यस कुरालाई मध्यनजर गर्दै मुटुको भिडियो एक्सरे सेवा सुचारु गरेका छौ त्यमा हामीले गर्भवति महिलाको गर्भमा रहेको भु्रणको भिडियो एक्सरे गर्ने गरेका छौ । यसबाट बच्चाहरुमा जन्मनु अघिनै हुने जन्मजात मुटुराुगको पहिचान गरी त्यसको समाधान अघिनै गर्न सक्छौ ।
९) यसको उपचार पद्धति कतिको सहज र खर्चिलो छ ?
खर्च भन्दा पनि यो त हाम्रो जीवनसंग प्रत्यक्ष जोडिएको छ । यत्तिनै खचै लाग्छ भन्न अलि अप्ठ्यारो छ । नेपाल सरकारले नागरिक लगानीकोष भनेर मुटु सम्बन्धी रोगका बिरामीलाई छुट्टै एकलाख रुपैयाको सहुलियत दिएको छ । मुटुमा रगतप्रवाह गर्ने नशा बंद भएर हृदयघात हुने हो । त्यस्तो अवस्थामा जाली लगाउनु पर्ने हुन्छ । हामीले त्यसलाई स्ट्याण्ड लगाउने भन्छौ ।
नेपाल सरकारले दिएको सहुलियत बराबरको रु १ लाख रुपैया एउटै स्ट्याण्डमा सकिनछ । रकमको दृष्टिकोणले त्यो धेरैनै खर्चिलो हो । तर मुटुको ईसिजि, वा ब्लड टेस्ट –लिपिड प्रोफाईल गरी कोलेस्ट्रोल हेर्ने) त्यो खासै खर्चिलो छैन र सेवा सबैको पहँुचमा पनि छ ।
१०) मुटुलाई स्वस्थ राख्न केके कुरामा ध्यान दिनुपर्छ ?
मुटुलाई स्वास्थय राख्न त मुटुको बारेमा हामीलाई जानकारी हुनु पर्छ । के के कुरा वा बानीले मुटुमा असर गर्छ कस्ता लक्षणहरु देखिए मुटुरोगका लक्षण हुन भन्ने चेतना हुनु पर्छ । मुटुरोग भन्ने बित्तिकै विश्वव्यापी रोगमै पहिलो नम्बरमा आउने भएको हुनाले यसबारे एउटा जनचेतना मूलक अभियान नै संचालन गर्नु पर्छ । मुटुलाई स्वस्थ राख्न संतुलित भोजन सेवन गर्ने, नियमित व्यायम गर्ने, तौलललाई सन्तुलनमा राख्ने, तनाव हटाएर खुशि रहने, चुरोट रक्सी लगायतका मदिराजन्य पदार्थ सेवन नगर्ने, थाईराईड, सुगर, रक्तचापको समस्या छ भने चिकित्सकको परार्मश लिने काम गरियो भने मुटुरोग लाग्नबाट बच्नुका सार्थ मुटुरोगकै कारण हुने मृत्युमा पनि कमी आउँछ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न