सर्वपक्षिय छलफलबाट निर्णय गरेर दशैं लगत्तै पर्साका सम्पूर्ण विद्यालय संचालन गर्ने तयारीमा विद्यालयहरु जुटीसकेको बारे प्रमुख जिल्ला अधिकारी आसमान तामाङले यसबारे आफु अनविज्ञ रहेको बताएका छन् । उनले प्याब्सनको आयोजनामा आइतबार भएको सर्वपक्षिय निर्णयबारे जानकारी नभएको बताएका हुन् ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार अहिले केन्द्र सरकारको निर्णय अनुसार विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ मा उल्लेख भएको ५ वुँदे विकल्पबारे अध्ययन तथा अवस्था विश्लेषण गर्नुपर्ने हो । अवस्था अनुकुलता बारे जानकार भई अर्को निर्णय कुर्नुपर्नेमा पर्सामा विद्यालय खोल्ने तयारी गरेको सुन्दा आफु पनि अचम्ममा परेको उनको भनई छ ।
यसैबिच बीरगन्ज महा–नगरपालिकाका मेयर विजयकुमार सरावगीले समेत अहिलेको समयमा उचित व्यवस्थापन र तयारी विना विद्यालय संचालन गर्ने निर्णय गर्नुको औचित्य नभएको बताएका छन् । कोरोना महामारीका कारण लामो समय बन्द रहेका जिल्लाका सम्पुर्ण विद्यलयहरु आगामी कार्तीक ११ गतेबाट संचालन गर्ने भनि सरोकारवालाहरुले आइतबार गरेको निर्णयलाई ईंगीत गर्दै उनले यस्तो बताएका हुन् ।
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
नेपाल सरकार शिक्षा मन्त्रालयले तयार पारेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ लाई टेकेर मात्रै विद्यालयले वैकल्पिक सिकाई प्रकृया अपनाउनुपर्ने मेयर सरावागीको भनाई छ । उनी भन्छन् ‘अवस्था अनुसारको व्यवस्था गरेर आलोपालो अथवा माथिल्लो कक्षाका विद्यार्थीलाई बानी गराइसकेपछी विस्तारै अन्य कक्षाको पठनपाठन सुचारु गर्नुपर्छ । त्यो पनि केन्द्रिय र जिल्ला तहको आधिकारीक निर्णय पछी मात्रै होइन भने एकोहोरो हठले परिस्थिती प्रतीकुल हुन सक्छ ।’
निर्देशिकाले भने बमोजिमको प्रकृया लागू गर्न सकिने स्थान कम भएकाले पर्सामा विद्यालय सुचारु गर्नुको विकल्प नभएको तर अहिलेको अवस्थामा विद्यालय पूर्ण रुपले संचालन गर्नु गलत हुने भनेर आफुले पटक पटक सम्बन्धित पक्षलाई सम्झाएको मेयर सरावगीको भनाई छ । नमुना उपायहरु आवलम्वन गरेर सकारात्मक परिणाम आउने गरी विद्यालय खोल्ने आफ्नो पनि चाहना रहेको भन्दै इन्टरनेटको सुविधायुक्त स्थानमा भर्चुअल कक्षा र असुविधा भएका स्थानमा पहिला ८, ९ र १० कक्षा सचालन गर्ने, सहज भए पछि ५, ६ र ७ कक्षा गर्दै जोडदै लिएर जानुपर्ने उनले बताए ।
हिजो आइतबार प्याब्सन पर्साको आयोजनामा सम्पन्न वैकल्पिक सिकाईका चुनौति र समाधान विषयको सर्वपक्षीय अन्तरक्रियामा जिल्लाभरका विद्यालयहरु आगामी कार्तिक ११ गतेबाट खोल्ने गरी दशैं अघिसम्म सबै विद्यालयहरुले तयारी गरिसक्ने निर्णय भएको थियो ।
लकडाउन खुुलेको र सबै क्षेत्र समान्य बनेको अवस्थामा विद्यालयलाई मात्रै बन्द राख्नुको अर्थ नहुने भएकोले सबै पक्षको एकमतमा विद्यालय खोल्ने तयारी गरिएको अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतमले जानकारी दिए । कोरोनासँग लड्दै अघी बढ्नुको विकल्प नभएकाले सजगता अपनाएर, निर्देशिकाको पालना गर्दै विद्यालय खाल्ने निर्णय भएको उनले बताए ।
यो निर्णय प्रती जिल्ला र महानगर प्रमुखले देखाएको अनभिज्ञताबारे सोध्दा गौतमले प्रतीप्रश्न गर्दै भने ‘भर्चुअल कक्षाका लाभदायी हुने ठाउँ हाम्रो होईन र कोरोनाको त्रास पूर्णरुपमा हट्ने कुनै संकेत छैन, यस्तोमा छिमेकी जिल्ला बारमा समेत कक्षा सुरु भैसकेको अवस्थामा पर्साका विद्यालय खोल्ने निर्णयमा सहयोग गर्नुको सट्टा अनभिज्ञता देखाउनुलाई के भन्नु ? बारा सिराहा लगाएत प्रदेश नं. २ का अधिकाँश स्थानमा विद्यालय सुरुभइसकेको अवस्थामा यसरी अड्को थाप्नेले बताइदिनुपर्यो के केन्द्र र प्रदेश सरकारको निर्णय पर्सा जिल्लालाई मात्रै हो त ?’
गौतमका अनुसार विद्यालय संचालन गर्दा अभिभावकलाई राम्ररी परामर्श दिने र छोराछोरी विद्यालय पठाउने नपठाउने उनीहरुकै निर्णयमा छेडीदिने समेतको निर्णय भएको छ ।
जिल्ला र नगर प्रमुखको अनुपस्थितमा सम्पन्न कार्यक्रमा भएका निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्लाका सबै स्थानीय तहमा पठाइने बताइएको छ । साथै निर्णय कार्यन्वयनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा समन्वय र सहजीकरण गरेर सामुदायिक विद्यालयमा राखिएका क्वारेन्टाइन अन्यत्र सार्न लगाउने निर्णय भएको छ ।
विद्यालयको सरसफाई लगायत बन्द विद्यालय खोलेपछि अपनाउनु पर्ने सबैखाले सजगताका विषयमा प्रधानाध्यापक, शिक्षकहरु र सम्बन्धित समितिहरुसँग छलफल गर्ने समेतको निर्णय भएको छ ।
विद्यालय खुलेपछि मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्न जिल्ला शिक्षा समिति पर्साका अध्यक्ष नेक महमद अन्सारीको अध्यक्षता अनुगमन समिति बनाउने तथा ताकिएको कार्यविधि अनुसार अनुगमन गर्ने र पालना नभएको पाइए विद्यालय बन्द गराउन सक्ने सम्मको निर्णय भएको प्याब्सनले जनाएको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न