कोरोना महामारीका बीच एक ठाउँमा भेला नहुने भनेर पटक पटक प्रशासनले सूचना जारी गरि रहँदा पर्साको दुई स्थानमा जनता समाजवादी पार्टीको भव्य पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय नेताहरुको उपस्थितिमा सोमबार सयौं सर्वसाधारणहरुको उपस्थितिमा पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाको महुवन र सखुवाप्रसौनी गाउँपालिकाको औराहामा भव्य पार्टी प्रवेश कार्यक्रमको सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रममा करिब १ हजार व्यक्तिले विभिन्न पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना संक्रमणको महारीलाई मध्यनजर गर्दै पटक पटक सूचना जारी गर्दै एक ठाउँमा भेला गर्नमा रोक लगाएको छ । यहाँसम्म कि आउँदो दशैंलाई मध्यनजर गर्दै वीरगन्जमा दुर्गा माताको मुर्ति बनाउन, पण्डाल बनाउन, मेला लगायत तथा बलि दिनमा रोक लगाएको छ । गत भदौ महिनासम्म कोरोना ‘हटस्पट’ को रुपमा रहेको वीरगन्जमा भदौ यता संक्रमितहरुको संख्या कमि भएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै विभिन्न नियमहरु लागु गरि रहेको छ तर यत्रो भव्य भेला आयोजना गर्नमा भने प्रशासनले रोक लगाउन सकेन ।
प्रशासनले रोक्दा रोक्दै पनि भव्य पार्टी प्रवेश कार्यक्रमको आयोजना गरियो । पार्टी प्रवेश गर्नेहरुलाई जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री एवं पार्टीका बरिष्ठ नेता बाबुराम भट्टराई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरुले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एवं जसपाका बरिष्ठ नेता बाबुराम भट्टराईले कृषि क्षेत्रलाई आधुनिकीकरण तथा बन्द रहेका उद्योगहरु संचालन नभएसम्म मधेशको विकास नहुने भन्दै वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको विकास हुन नसकेको आरोप लगाए ।
उनले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा हुनेछ, कुर्सी कब्जा भएपछि मात्रै संविधान संशोधन र विकासको रोडम्याप लागु हुने भन्दै प्रधानमन्त्रीको समृद्धिको कुरा नाटक मात्रै रहेको भन्दै मुलुकलाई समृद्ध बनाउन जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने र अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुनुपर्ने भन्दै विभिन्न दलका ठूला नेताहरू भ्रष्टाचारमा व्यस्त रहेकोले अधिकार सम्पन्न मुलुक निर्माणका लागि जसपा सदैव लडि रहने बताए ।
यसैगरि पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेकोले भेदभाव अन्त्यका लागि एक ढिक्का हुनु आवश्यक रहेको भन्दै देशमा नयाँ प्रणालीको सुरुवातका लागि निरन्तर संघर्षको आवश्यकता रहेको बताए । उनले पाएको अधिकारलाई सुनिश्चित गर्दै बाँकी अधिकारको लागि सधैं पार्टी संघर्ष गरि रहने बताए ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायत जिल्लाका प्रदेश सभा सदस्य सहित पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमस्थलमा आयोजक कमिटिले ‘भौतिक दूरी कायम गरी बसौं । मास्कको प्रयोग गरौं । साबुन पानीले हात धौऔं’ अँकित प्लेकार्ड लेखिएर टाँसिएको थियो तर त्यसको पालना भने कसैले गरेका थिएनन् । कोरोना महामारीको उच्च जोखिम कायमै रहेकाले भौतिक दूरी, मास्क र बेलाबेला हात धुन प्रशासनले अनुरोध गर्दै आएको छ ।
यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कार्यक्रम नगर्न भन्दा भन्दै कार्यक्रमको आयोजना गरिएको बताए । कोरोना संक्रमणलाई मध्यनजर गर्दै पर्सा जिल्लामा औपचारिक रुपमा सभा सम्मेलनमा रोक लगाइएको भन्दै प्रजिअ तामाङ्गले कार्यक्रम नगर्न प्रहरीलाई निर्देशन दिइएकोमा पनि आयोजक पार्टीले नटेरेको बताए । पार्टी प्रवेश कार्यक्रमका लागि निर्माण गरिएको पण्डाल बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । नेताहरुको सुरक्षा र स्कर्टिङका लागि सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।
सम्बन्धीत समाचार
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न