गएको आर्थिक बर्षमा पांचवटा स्थानियतहमा भएको सर्वेक्षणले रौतहटमा कुष्ठरोगीको सख्या बढेको देखाएको छ । सरकारले कुष्ठरोग निवारणका लागी बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको भएपनि प्रभावकारी हुन नसक्दा रौतहटमा कुष्ठ रोग बढेको बताइएको छ ।
गतआवको कार्तिक महिना यता चन्द्रपुर,गौर , बृन्दाबन, गुजरा, इशनाथ नगरपालिकामा भएको अनुगमन र सर्वेक्षणले कुष्ठरोगीहरुको सख्या बढेको देखाएको हो । जिल्लामा चाडो सर्ने कुष्ठरोगीको सख्या २३ जना पुरुष र ४४ जना महिला छ भने कमसर्ने रोगीको सख्या १७ जना पुरुष र १७ जना महिला रहेको कार्तिक सम्मको तथ्याकले देखाएको छ ।
कुष्ठरोगीहरुको खोजी गर्दा चन्द्रपुरमा ८ जना , गौरमा ५ जना , बृन्दाबनमा २२ जना, गुजरामा १७ जना इशनाथमा ५ जना कुष्ठरोगीहरु थपिएको भेटीएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका क्षयकुष्ठ निरिक्षक महेश साहले जानकारी दिएका छन । कुष्ठरोग नियन्त्रणका लागी यस आर्थिक बर्षमा प्रदेश नम्वर २ का सवै स्थानिय तहमा ५ लाखका दरले बजेट बिनियोजन भएको छ । संचारकर्मी सचेतना,स्वास्थ्यकर्मी सचेतना, जनप्रतिनिधी सचेतना, प्रसारप्रचार तथा रोगीको खोजीगर्न हरेक स्थानियतहमा ५ लाख रकम बिनियोजन भएको हो ।
कम सर्ने रोगीले ६ महिना र चाडै सर्ने रोग लागेका बिरामीले १२ महिना औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन । जिल्लाको १८ वटा स्थानिय तह मध्ये गएको कार्तिक सम्मको तथ्याकमा यमुनामाइ गाउपालिका र राजदेवी नगरपालिकामा कुष्ठरोगी भेटीएका छैनन । अझैपनि समाजमा कुष्ठरोगीलाइ हेलाको दृष्टीले हेर्ने भएकाले रोग लुकाउने गरेको पाइन्छ । अशिक्षा, लाजका कारण र निशुल्क उपचार हुन्छ भन्ने जानकारी नहुदा रोग लुकाएर बसेका बिरामीहर जिल्लामा अझै रहेको स्वास्थ्यकर्मीहरु बताउछन । नचिलाउने दाग देखिए , रातो फुस्रो दाग आए , छुदा थाहा नहुने दाग देखिए , हातगोडा झमझमाउने जस्ता लक्षण देखिए स्वास्थ्य सस्थाहरुमा जचाउनका लागी उनीहरुको आग्रह रहेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा सन २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ । प्रदेश नम्वर २ का ८ जिल्लामा करीव नौसय कुष्ठरोगीहरु रहेको अनुमान गरीएको छ ।