कोरोना संक्रमणको बेला प्रशासनले लागु गरेको नियमलाई उल्लंघन गर्दै दोश्रो दिन पनि जनता समाजवादी पार्टीको भव्य पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका कार्यालय स्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालय पकहामैनपुर तथा विन्दवासिनी गाउँपालिका स्थित झौवामा वृहत्त पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पकहामैनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ हजार १ सय जना सर्वसाधारणहरुले पार्टी प्रवेश गरेका थिए भने झौवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा साढे ३ सय जनाले पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका केन्द्रविन्दु पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका बरिष्ठ नेता बाबुराम भट्टाराई, पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव लगायतले फुलमाला अविर टिका लगाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता भट्टराईले मधेश आन्दोलनबाट प्राप्त अधिकारलाई सुनिश्चित गर्दै बाँकी अधिकार प्राप्त गर्नका लागि पुनः एक पटक संघर्षको आवश्यक्ता रहेको बताए । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन मधेश आन्दोलनको मुख्य भूमिका रहेको छ तर मधेश आन्दोलनबाट प्राप्त अधिकार सुनिश्चित हुन नसकेकोले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै बाँकी अधिकारको लागि पुनः एक पटक संघर्ष गर्नुपर्ने अवस्था रहेकोले त्यसको लागि तयार रहन आग्रह गरे ।
भट्टराईले तराई, पहाड हिमालमा रहेका उत्पीडनमा परेकाहरुको हक अधिकारको लागि समाजवादी पार्टी अग्रसर रहेको बताए । उनले वर्तमान सरकारको प्रतिपक्ष काँग्रेस नामको लागि मात्रै पार्टी रहेको भन्दै काँग्रेस प्रतिपक्षमा रहेपनि त्यसको कुनै किसिमको भूमिका नरहेको दाबी गरे । उनले यही जनता समाजवादी पार्टी मात्रै दलित, उत्पीडन, जनजाति, मधेशीहरुको हक अधिकार सुनिश्चित गर्ने भन्दै अबको दिनमा मधेशमा मात्रै नभई पहाड तथा हिमालमा पनि संघर्षको आवश्यक्ता रहेको बताए ।
कोरोना संक्रमण महामारीको बखत जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा कुनै किसिमको भेलाहरु नगर्न पटक पटक सूचना जारी गर्दै रोक लगाएपनि पार्टी प्रवेश कार्यक्रममा रोक लगाउन सकिएन् । यहाँसम्म कि आउँदो दशैंलाई मध्यनजर गर्दै वीरगन्जमा दुर्गा माताको मुर्ति बनाउन, पण्डाल बनाउन, मेला लगायत तथा बलि दिनमा रोक लगाएको छ । गत भदौ महिनासम्म कोरोना ‘हटस्पट’ को रुपमा रहेको वीरगन्जमा भदौ यता संक्रमितहरुको संख्या कमि भएपनि कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै विभिन्न नियमहरु लागु गरि रहेको छ तर यत्रो भव्य भेला आयोजना गर्नमा भने प्रशासनले रोक लगाउन सकेन ।
यसबारे पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले हामीले रोक्नसम्म रोकेका छौं, तर कसैले नमानेको बताए । उनले आयोजित कार्यक्रममा सहभागीहरु आफै सरकार भएको कारण पनि हामीले कार्यक्रम नगर्न आग्रह गर्यौ तर सरकारले नै जारी गरेको आदेश अर्थात आफ्नै आदेशको आफैले उल्लंघन गरिएको जानकारी दिए ।
प्रजिअ तामाङ्गका अनुसार कार्यक्रम नगर्न भन्दै आएका थियौं तर कार्यक्रममा पूर्व प्रधानमन्त्रीदेखि प्रदेश २ का मुख्यमन्त्री, साँसदहरुको उपस्थिति रहेको कारण कार्यक्रमलाई जबरजस्ती रोक्न अलि आफूहरुलाई पनि गाह्रो भएको बताए । आफूहरुले आग्रह गरेपछि केही कार्यक्रमहरुको मोडालिटि परिवर्तन गरियो, ¥याली निकाल्ने कार्यक्रम थियो त्यो स्थगित गरियो, एक ठाउँमा भेला नगर्न भनिएकोले विभिन्न छुट्टा छुट्टै स्थानमा कार्यक्रमको आयोजना गरियो तर यस संक्रमणको बेला नेपाल सरकारले लागु गरेको नियमको पालना उल्लंघन भएको बताए ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न