शिक्षा, स्वास्थय, रोजगार लगायतमा आफ्नो निती नियम बनाई कार्य सम्पादन गर्ने अधिकार स्थानीय तहले पाएका छन् । तर यसको सदुपयोग भएको देखिदैन् । स्थानीय सरकार आएको झण्डै तीन वर्ष वित्न लाग्दा जनताले समग्र विकासको अनुभूति गर्न सकेका छैनन् । जनताको आरोप अहिले पालिकामा हुने कमिशन र कायकर्ता पाल्ने कार्य व्यप्त छ । शिक्षा, स्वास्थय, रोजगार लगायत अन्य क्षेत्रलाई लांभावित हुने गरी विकास निर्माणको कार्य नभएको पर्सा जिल्लाको एक नगरपालिका बहुदरमाईमा समेत जन गुनासो बढ्दो छ । जनताको यही गुनासोलाई समेटेर बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहसंग मध्य नेपालको लागी गरिएको कुराकानीः
१) यहाँको नगरपालिकामा जनचाहना अनुसार विकास निर्माणको काम भएन भनेर व्यपत जनगुनासो छ, बजेट खर्च नभएर पनी वर्षेनी बजेट फ्रिज हुदै गईरहेको छ । यहाँले जनचाहना अनुसार काम गर्न नसक्नुको कारण के होला ?
पर्साको अन्य सबै पालिकाको तुलना बहुदरमाई नगरपालिकाको काम जनमुखी र गतिशिल भएको छ । गतवर्षको नगरपरिषद्बाट छुटाईएको बजेट अनुसार सबै काम भएको छ । यसवर्ष कोरोना महामारीको कारण केही ठाउँमा अफ्ठयारो भएको हो । तर काम गर्न नसकेको आरोप सत्य होईन । निरन्तर रुपमा काम भई नै रहेको छ ।
हाम्रो नगरपालिका भएपनि सबै गाउँ ग्रामिण भेग मै पर्छ । यहाँ कुनैपनि विकास निर्माणको काम भएको थिएन् । जिरोबाट सुरु गरेर आज हामी यहाँसम्म ल्याएका छौँ । किलोमिटरको हिसाबले सडकलाई ढलान गरि बाटो बनाएका छौँ । ५÷५ करोडको योजना भएको काम पनि निरन्तर रुपमा भई नै रहेको छ । यसर्थः काम गर्ने क्षमता नभएको होईन, काम गर्ने इच्छाले नै गाउँगाउँ र टोलटोलमा काम हुदैछ । अन्य पालिकाको तुलनामा बहुदरमाई नपामा बढि विकास निर्माणको काम भएको यहाँका जनताले महसुस गरि नै रहेका छन् ।
२) विकासको समग्र क्षेत्रलाई नसमेटि कमिशन आउने योजनालाई मात्रै बाढावा दिनु भएको आरोप भन्ने आरोप पनी यहाँलाई बारम्बार लाग्ने गरेको छ नी ?
जति इमान्दारी पुर्वक काम गरेपनि हामी भएको पदमा आरोप आई नै रहन्छ । र यस्ता आरोपबाट मतलब पनी छैन् । मैले गरिरहेको कामबाट मतलब हो । रहयो पैसा वा कमिशनको कुरा, वडाको वडा स्तरीय र नगरको नगरस्तरीय बजेटमा बनेको उपभोक्ता समितिले कसरी काम गरिरहेका छन् त्यो वास्तरविकता बुझे हुन्छ । हामीले कार्य सम्पादन गर्दा टोलटोलबाट आएको योजनालाई संचालन गर्दा नेपाल सरकारले दिएको नियम, कानुन संगत नै कार्य सम्पदान गरिरहेका छौँ । सुरुका वर्षमा पनि हामीले टेन्डर गरेर नै काम गराएका थियौँ । यस वर्ष पनि ५÷५ करोडको योजना टेन्डर मै छ । यस्ता टेन्डरमा भएको पं्रकृयालाई पक्कै पनि तपाईले बुझ्नु नै भएको होला कि यो कमिश्नको खेल हो कि विकासको ! त्यसकारण मैले भन्नु भन्दा पनि जनताले देखेको विकासको गतिले नै प्रष्ट हुन्छ । हाम्रो पालिकामा कतिको कमिशनको खेल छ ।
३) जती ठुलठुला गफ दिएपनी केही ठाउँमा सडक र नाला बाहेक अरु खासै काम नभएको आरोप यहाँकै टोलवासीको छ ?
यहाँले हाम्रो नगरपालिका अनुगमन गरे सबै कार्य छर्लङ्ग हुन्छ । विकास निर्माणको कार्यको लागी जन गुनासो आउनु ठिकै कुरा हो । तर कोरोना महामारीकै बेलाको काम हेर्नुस न । गरिब तथा दैनिक ज्यालादारीमा काम गरि खाने परिवारलाई राहत बाँडेकै हाँै । पालिकामा संक्रमित भएका व्यक्तिहरुलाई आईसोलेसन बनाई खाने बस्ने देखी उपचारसम्मको यति न राम्रो व्यवस्था ग¥यौ कि जिल्ला विपत व्यवस्थापनका संयोजक एंव प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख आईसोलेसन हेरी सराहना पनि गर्नभयो । यस्तै अन्य सबै क्षेत्रलाई समेटने गरी नगरपालिकाको चौतर्फी विकासको लागी रातदिन खटिरहेका छौ्र ।
४) यहाँको पालीकामा बेरोजगारलाई रोजगार बनाउन के–के योजना ल्याएर कार्यन्वयन गरि सक्नु भएको छ नी ?
प्रधानमन्त्री रोजगार कार्यक्रम योजनालाई निरन्तरता दिदै धेरै बेरोजगारलाई रोजगार पनि दिएका थियौ । नगरपालिकामा भएको ऐलानी वा पर्ती जग्गालाई निकाली त्यसमा बृक्षारोपण लगायत अन्य विभिन्न कृषि कर्म गरि बेरोजगारलाई त्यसैमा रोजगार दिने योजना हाम्रो छ । बृक्षारोपनबाट उम्रिएका बिरुवाले नगरपालिका पनि हराभरा त्यसलाई संरक्षण गर्न लगाईने बेरोजगार व्यक्तिलाई रोजगार पनि हुन्छन् त्यस हिसाबले पनी हामीले रोजगारी श्रृजना गरेका छौँ । यसका साथै वृक्षरोपनले नगरपालिकाको ठुलो सम्पती पनि हुन्छ ।
५) त्यो बेरोजगार कार्यक्रममा आफ्नै कार्यकर्ता भर्ति गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको हल्ला बढी भएको छैन् त ?
काम गरेका मजदुरहरुको नमावली र तीनिहरुलाई दिएको भुक्तानीको डाटा छ । त्यसमा को पार्टीको कार्यकर्ता हो भने कुरा त जानकारी भईहाल्छ नी । त्यो डाटा निकालेर हेर्नुस् न । योजना तहत नै बेरोजगार मजदुरसंग काम गराएर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाईएको हो । यो हाम्रो विपक्षीले भन्ने गरेको भनाई मात्रै हो, गराई अर्काै छ । नपत्याए नगरपालिकाको योजना फाटबाट डाटा निकालेर हेर्न सक्नुहुन्छ ।
६) शिक्षा, स्वास्थय र रोजगार क्षेत्रमा यहाँले गरेको कार्यको प्रतिफल कस्तो आएको छ नी ?
पालिकामा भएको अव्यवस्थित स्वास्थय चौकीलाई व्यवस्थित गर्दै जनताको उपचारको लागी आवश्यक पर्ने औषधी र पूर्वाधारको व्यवस्थापन गरेका छौँ र गर्दै पनि छौँ । वडामा भएका प्रत्येक स्वास्थ्य चौकीमा हप्ता÷हप्ता दिनमा स्वास्थय परीक्षण गर्ने काम गरिरहेका छौँ । प्रत्येक वर्ष पालिकाका ६÷७ सय आँखाको बिरामीहरुको निःशुल्क उपचार गराईरहेका छौं । त्यस्तै विद्यालयहरुमा कक्षाकोठाको अभाव थियो त्यसलाई व्यवस्थित गर्दै कम्पयुटर र अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था गराएका छौँ । मितिव्ययी र गुणस्तरीय वातावरणमा पठनपाठनको लागी आवश्यक पूर्वाधारको विकास गरि योग्य र अनुभवी शिक्षकको समेत व्यवस्था गरेका छौँ । दरबन्दी खाली भएको विद्यालयमा विषयगत शिक्षकको व्यवस्थापन गर्न पुनः नयाँ दरबन्दी खोल्न नगरपालिकाको शिक्षा समितिले पनि निर्णय गरिसकेको छ । प्राय कामहरु पाईप लाईन मै छ, सकेको जति गरिरहेका छौँ ।
७) यस नगरपालिकामा किसानलाई लाभांवित गर्ने गरि लगानी अनुसारको उत्पादनमा बढावा दिन यहाँहरु किन चुक्नु भएको हो ?
नगदे बालीको रुपमा उत्पादन गरिने तरकारी खेतीको लागी किसानलाई प्रत्येक वडामा उन्नत जातका बिउबिजन नगरपालिकाबाटै दिएका छौं । त्यस्तै बालीमा लाग्ने रोग र किराबाट बचाउन छर्किने औषधीको लागी स्प्रे टंकी पनि वितरण गराएका छौँ । नगरपालिका अन्तर्गत खेती हुने प्रायः सबै ठाउँमा बोरिङ्ग जडान गराएका छौँ ।
कुन माटोमा कुन खेती कसरी गर्ने, कसरी बाली उब्जाउ र लाभादायी हुन्छ भन्ने बारेमा कृषि बिज्ञ कहाँ लगी माटो परीक्षण गराई त्यसै अनुसारको आवश्यक स्रोत साधन उपल्बध गराउने काम भएको छ । त्यस्तै पर्ती तथा बाझो खेतीमा खेती गर्न विभिन्न सिपमुल्क तालिम पनि संचालन गरिएको छ । बेमौषमी खेती गर्न किसानलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई किसानको आय आर्जनमा बृद्धि गर्ने दिशामा हामी एक कदम अगाडी नै छौँ । कृषि प्रधान देशमा भर्खरै यन्त्रहरु भित्रिदै छ, सयौँ असन्तुष्टिलाई सन्तुष्ट पार्ने काममा हामी निरन्तर खटिरहेकै छौँ ।
८) लकडाउनको बेला किसानको उत्पादित तरकारी विक्रि वितरण नभएर खेतमै कुहिने र बाटोमै फाल्ने अवस्था सृजना भएको बेला किसानको संरक्षणका निम्ति नगर प्रमुखको हैसियतले यहाँको भूमिका देखिनु पर्ने थियो तर देखिएन तपाई कृष्ककै छोरो हैन् र ?
यो कहाँको कुरा हो मलाई थाहा छैन् । हाम्रो नगरपालिकाको भौराटार र गम्हिरीया गाउँमा बढि तरकारी खेती हुने गर्दछ । यहाँ त्यसतो भ्यावह अवस्था थिएन । यहाँ विभिन्न ठाउँबाट व्यापारीहरु आएर तरकारी खरिद गरि लगी रहेका हुन्छन् । त्यस्तो क्षति भएको बारेमा हामी कहाँ गुनासो नआएकाले त्यस्तो समस्या आएको हुन सक्छ ।
९) अन्त्यमा बहुदरमाई नगरपालिकाको विकास निर्माणको कार्यलाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?
सबै क्षेत्रको विकास निर्माण कार्यलाई क्रमबद्ध रुपले अगाडी बढाउँदै विकास निर्माणको कार्यलाई निरन्तरता दिएका छौ । पालिकाको सबै वडामा कच्ची र खाल्डोखुल्डो सडक भएकाले सडक ढलान तथा नाला निर्माण भएको छ र बाँकी रहेको ठाउँमा पनि निरन्तर रुपमा सडक तथा नाला बनाउने काम गराई रहेका छौँ ।
शैक्षिक क्षेत्रमा भन्नुपर्दा प्र्रत्येक वडामा भएको विद्यालयलाई स्तरउन्नती गर्नको लागी आवश्यक पूर्वाधारको विकास गरी विभिन्न किसिमका शैक्षिक सामग्रीहरु जुटाउँदै शिक्षालाई अझै वैज्ञानीक ढङ्गले विकास गर्नमा लागेका छौ । त्यस्तै गरिब, धनी सबैले पालिकामा गुणस्तरीय र भरपर्दाे स्वास्थय सेवा पाउँन भन्ने उदेश्यले स्वास्थय क्षेत्रलाई पनि विकास गर्ने गरेका छौ । सकभर सानो तिनो प्रायः सबै रोगको उपचार पालिका मै होस् भन्ने उदेश्यले स्वास्थय क्षेत्रलाई पनि बलियो बनाउनमा लागेका छौ । तसर्थः शिक्षा, स्वास्थय र समाजिक विकासको कार्य गर्दै समाजलाई दुर्गामि विकास र निकास दिने बाटोमा दौडिरहेका छाँै ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न