पर्साको बहुदरमाई नगरपालिका–६ गम्हरियाका ७७ वर्षीय बृद्ध किसान सोनल महतो विगत ५ दशकदेखी तरकारी खेती गर्दै आएका छन् । २७ बर्षको उमेर देखी कृषी पेशामा आबद्ध भएका सोनलले खेतीबारीमा विभिन्न तरकारी बाली लगाउँदै आएका छन । काउँली ,करेला, घिरौला, बोडी,भिन्डी, भेन्टा, लौका लगायतका तरकारी उत्पादन गदै कृषि कर्ममै जीवन विताउँदै आएको उनले बताए । कृषीलाई नै आफ्नो मुख्य पेशा बनाएर जिवीकोपार्जन गदै आएका महतोले तीन छोरा र दुई छोरीको बिहेबारी मात्रै नभई परिवारको आवश्यकता पुग्ने गरी पक्की घर र दुई बिगाहा खेत जोड्न सफल भएको उनले सम्झीए ।
आफू किसानको छोरा भएकोे र पेशा तथा पहिचान पनि माटोसंग जोडिएकोले आफ्नो पुरै जीवन कृषी पेशामै विताएको उनले कसैको अधिनमा नबसी शान शौकतसंग आफ्नो माटोसंग जुडि माटो मै पसिना बगाई गरिने कामले आफूलाई गौरवशाली,स्वाभीमानी ब्यतिmत्वको प्रेरणा समाजबाट नै पाउँने हुनाले भएकोले आफुसंगसंगै श्रीमती, छोरा र बुहारी पनि तरकारी पेशालाई नै निरनतरता दिएको महतोले बताए । सदियौैैंदेखी कृषि पेशामै आबद्ध किसान महताले यो मौषममा डेढ बिगाहा काउली खेती गरेका छन् । उनले यो वर्ष मात्रै होइन, प्रत्येक वर्ष डेढ विगाहामा तरकारी खेती गर्ने गर्छन् ।
पछिल्लो समय लगातार परेको मनसुनले एक महिना अगाडी डेढ बिगाहामा लगाएको काउली खेतीको दुई पटक रोपिएको बिरुवा नष्ट भई ठुलो क्षति भएको थियो भने तेस्रो पटक गरिएको काउली खेती सफल हुने अवस्था पुगेको महतोले बताए । उनले भने,‘वर्षाले खेती गर्न लगाइएको बिउ, बिजन, खाद्य मल पुरै लगानी नै पानी भयो । तर अहिले लगाएको बालीको उत्पादनले त्यो नोक्सानी सहित लगानी, मेहेनतको फलसंगै मुनाफा हुने विश्वास रहेको छ ।’’
उनका अनुसार यस वर्षको अन्तिम तिर आएको वर्षाले काउली खेती मात्रै होइन तोरी, भान्टा मुला जस्ता अन्य धेरै तरकारी बालीलाई पनि क्षति पु¥याएको छ । मनसुन सकिए संगै पुनः तरकारी खेती गरेका छन् । बहुदरमाई नगरपालिको गम्हरिया र भौराटारको क्षेत्रमा मात्रै करिब ६० विगाहा भन्दा बढिमा मात्रै काउँली खेती भएको उनले बताए ।
खेतमा प्राङगारिक मलको रुपमा खादर(गोबर) छर्कने गरेका छौ जुन मल रु ४ हजार प्रतिटेलर पाउँछ । एक कठ्ठा खेत तयार गर्न मात्रै १० हजार जति लगानी लाग्छ । एउटा बिऊको प्याकेट खरिद गर्न रु ७/८ सयसम्म तिर्नुपर्छ । सरकारले किसानलाई कृषि कार्यको लागी विभिन्न सहुलियत दिने भने पनि त्यो नारामा मात्रै सिमित राखेको छ, व्यवहारमा लागु गरेको छैन । चाहे त्यो संघीय, प्रदेश र स्थानीय सरकार नै किन नहोस् । अनि सरकारकै भरमा रहने त ?– महतोले भने ।
सरकारले दिने सुविधाको मुखनताकी हामी आफैले खेत जोतखन गरी माटो मिसाई काउली रोप्ने, केही दिनपछि गोडमेल गरी पानी पटाउने, औषधी छर्कन जस्ता विभिन्न विधि पुरा गर्दै जाँदा एउटा बिउको बिरुवाको ४५ दिन पछि उत्पादन हुन्छ भने अर्काे विरुवा ६० दिनपछि उत्पादन हुन्छ । त्यसपश्चात उत्पादित काउँली बिक्रि वितरण हुने गरेको अर्का किसान नरेश प्रसाद कुशवाहा बताउँछन् ।
‘‘डेढ विगाहा खेती गर्न २ लाखसम्म लगानी लाग्छ । अहिले काउँली रोपियो भने माघ महिनासम्म बिक्रि वितरण गरिन्छ । यदि राम्रो भाउँ आयो भने ५ लाखजति आम्दानी हुन्छ, जस्मा २ लाख लगानी नै हो र बाँकी आफैले गरेको पारिश्रमिक । उनले भने,‘‘ यो ३/४ महिनामा हुने आम्दानी हो । काउली सकेपछि बोडी,, भिन्डी, घिरौला करेला जस्ता तरकारी खेती गरी एक पटक धानखेतीसमेत गर्न भ्याउँछौ ।’’ खेती बिधीबारे सरकारी अधिकारीले विभिन्न सिप, तालिम दिने गरेको सुने पनि मैले आफ्नै बुवाले गर्दै आएको काम देखेर सिके ।
‘‘तरकारी खेतीमा वुवाआमा म र श्रीमती खान र सुत्नको समय बाहेक खेतमै हुन्छौ । धेरै मेहेनत गर्नुपर्छ । यदि कुनै किरा वा रोग लाग्यो भने पुरै बाली नै नष्ट हुन्छ ।सधै खेतीमा नै लाग्नु पर्ने हुन्छ । उनले भने,‘‘त्यत्रो मेहेनत गर्दा पनि बालीनालीमा क्षति पुग्दा वा कुनै समस्या आउँदा कहीबाट कुनै सहुलियत मिल्दैन् ! खेतमा बगाएको पसिना मात्रै होइन, कुनैबेला लगानी पनि नष्ट हुन्छ तर यो पिडा न त स्थानीय सरकारले नै बुझ्छ न प्रदेश न त संघीय सरकारले ।’’
बहुदरमाई नपाका–६ गम्हरियाकी अर्की महिला कृषक प्रभा देवी पनि विगत ८ वर्षदेखी तरकारी खेती गर्दै आएकी छिन् । उनी पनि वर्षमा धान खेती गरी ३ पटक तरकारी बाली लगाउने गर्छिन ।
‘‘आफ्नै गाउँठाउँ र खेतमा खेतीपाती गरिएपनि त्यसमा हुने मेहेनतले रातदिन एक भएको जस्तो लाग्छ । खेती गर्न स्थानीय सरकार वा अन्य सरकारबाट आफूलाई कुनै सुविधा मिलेको र्छैन, कोही कसैलाई नगरपालिकाबाट औषधी छर्कने स्प्रे टयाङकी मात्रै मिलेको हो । महिला कृषक प्रभा देवीले भनिन,,‘‘ लकडाउन सुरु भएको बेला तरकारी खेत मै कुहिएर नष्ट हुँदै गए पनि कुनै पनि निकाय किसानको साहारा बनेनन् । पुरै लगानी पानी भयो । ऋण लिएको कर्जा समेत तिर्न सकिएन् । कतिले त त्यो पिडाले गर्दा यसपाली तरकारी बाली पनि लगाएका छैन ।’’
किसानले मेहेनत र लगानी गरेर उत्पादन गरेको तरकारीमा मुनाफा पाउँदैनन् त्यो भन्दा बढि मुनाफा खेत वा बजारबाट खरिद गर्ने व्यापारीले पाउछँन । किसान त सबैतिरबाट पिडामा छ नी । उनले भनिन्,‘‘उपभोक्तालाई पाल्ने हामी, अनि हामी नै किन राज्यको सेवा सुविधाबाट बञ्चित हुने ? हामी नै किन ठगिने ? यसको जिम्मेवारी आखिर कसले लिने ?’’
यता बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले नगदे बालीको रुपमा उत्पादन गरिने तरकारी खेतीको लागी किसानलाई प्रत्येक वडामा उन्नत जातका बिउबिजन नगरपालिकाबाटै दिने गरेको बताउँछन । उनले भने,‘‘बालीमा लाग्ने रोग र किराबाट बचाउन खेतमा छर्किने औषधीको लागी स्प्रे टंकी पनि वितरण गरिएको छ । नगरपालिका अन्तर्गत खेती हुने प्रायः सबै ठाउँमा बोरिङ्ग जडान गरिएको छ । कुन माटोमा कुन खेती कसरी गर्ने, कसरी बाली उब्जाउ र लाभादायी हुन्छ भन्ने बारेमा कृषि बिज्ञलाई माटो परीक्षण गराई त्यसै अनुसारको आवश्यक स्रोत साधन उपल्बध गराउने काम भएको छ ।’’
‘‘खेती गर्ने तरिका बारे विभिन्न सिपमुलक तालिम पनि संचालन गरिएको छ । विगतको दिनमा अझै आधुनिक तरिकारबाट हुने खेती, बेमौषमी खेती गर्न किसानलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई किसानको आय आर्जनमा बृद्धि गर्ने कार्यमा लागेका छौ । लकडाउनको बेला तरकारी खेती गरेका किसानलाई ठुलो क्षति भएको हो भन्ने जानकारी छैन । उनले भने,‘‘ यहाँ उत्पादित तरकारी खरिद गर्न वीरगंज वा अन्य ठाउँबाट पनि व्यापारीहरु आउने गरेका छन् । तर लकडाउनमा ठुलोे क्षति भएको बारे हामी कहाँ गुनासो पनि आएन र कही कतै देखिएन् ।’’
यता कृषि ज्ञान केन्द्र पर्साका अधिकृत डा रामचन्द्र यादवले यो वर्षको अन्त्यतिर आएको वर्षाले बालीनालीमा कति क्षति पु¥यायो भन्ने बारे जानकारी नभएको बताएका छन् । ‘‘यो सबै कार्य हाम्रो मात्रै होइन, स्थानीय तहको हो । हामी कहाँ कर्मचारीको अभाव छ । स्थानीय तहमा पनि कृषि शाखाहरु छन् । यो स्थानीय तहको पनि जिम्मेवारी हो हाम्रो मात्रै होईन् ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न