कोरोना महामारीको समयदेखी खटिरहनु भएकी पर्साका प्रहरी उपरिक्षक गंगा पन्त चाडपर्वमा हुने चोरी पैठारीदेखी तस्करी नियन्त्रणमा खटिरहेकी छिन् । सबै दशैँ तिहार मनाईरहदाँ प्रहरीको दशैँ भनेजस्तो नहुने उनको भनाई छ । चाडपर्व नजिकिदैँ जादाँ पर्सा प्रहरीले १९ करोड बढी बराबरको सुन बरामद गरेको छ । सुन कारोबारीका मुख्य योजनाकार तथा चाडपर्वबारे गरिएको कुराकानी :-
१) कोरोना महामारीमा यहाँको जनताको साथ र समर्थन कतिको पाउँनु भएको ?
पहिलो चरणको लकडाउनमा धेरै त प्रहरीमाथि नै खनिए । प्रहरीले घुम्न दिएन, मास्क लगाउन भन्यो, ज्यादती ग¥यो जस्ता आरोपहरु ऋायो तैपनि प्रहरीले आफ्नो काम छोडेन् । दोस्रो चरणको लकडाउनमा जब पर्सा कोरोनाको हट स्पटको रुपमा आयो, त्यसबेला आम नागरिक पर्साबासीले महशुस गरे यो सबै कार्य किन प्रहरीले गर्दैछ ? तसर्थः दोस्रो चरणको निषेधाज्ञा र लकडाउनमा सबै आम नागरिकले बुझे अनि हामीले जनताबाट सोचेको भन्दा पनि बढि सहयोग पायौं ।
२) पर्सा जिल्ला खुल्ला सिमाना हो, यहाँ बालुवादेखी पोके तस्करी समेत हुने गरेको आरोप छ ,यहाँले सोचेको जस्तो कतिको चुनौति छ पर्सा जिल्ला ?
चुनौती त छ तर आम जनताले सोचेको जस्तो मुल्यांकन गर्नु भएको छैन् । खुल्याम कुनै गतिविधि भएको छ भन्ने आएको छैन् । सानो सानो खालका कुरालाई पनि विकाउ खालका व्यक्ति, तस्करसंग मिलेका केहीले लेखिदिने अनि त्यही कुरालाई पनि आम जनताले पत्याई दिने गरेकाले समस्या भईदिन्छ । यहाँले भने गरेको जस्तो खुलेयाम तस्करी छैन् र हुन पनि दिईन्न । खुल्ला सिमानामा भएपनि ल्याउन सक्ने ठाउँहरुमा प्रहरीले निगरानी गरिरहेका छन् ।
३) पर्सा प्रहरी तस्करदेखी सिमा आवतजावतको सुरक्षामा समेत सक्षम हुन नसकेको जनगुनासो बढ्दो छ, ? यसलाई यहाँले कुन रुपमा लिनुहुन्छ ?
जनगुनासो त छदै छैन । म दाबी गर्छु पर्सामा अति कडाईका साथ एतिहास मै चलिएको पक्कै पनि नहोला । किनभने अहिले हामी नै सबैभन्दा बढि मेहेनत गरेका छौँ । अब यस्तो बेलामा पनि आरोप हुन्छ भने गलत कुरा गर्न चाहेका व्यक्तिहरुले रिस, आवेग पोखेको मात्रै होला ।
कैलालीको घटना हेर्नुस् । कतिको चुनौती छ ? हामीले पनि इमन्दारीका साथ काम गर्दा अनेक आरोप र लालक्षनाहरु लाग्ने गर्दछ । यसलाई प्रमाणित गरेपछि मात्रै मान्छेलाई थाहा हुन्छ । जे बोल दिएनी हुन्छ ? समाज पनि अलि अराजकता तिर गईरहेको देखिन्छ । कतिले त तस्करी आफै गराउने, तस्करीलाई संरक्षण गर्ने, पुलिसलाई हेर्ने अनि पुलिस आएपछि त्यस्तो व्यक्ति स्वभाविक रुपमा हामीसंग रिसाउँछ नि । अन्तरआत्माले सोच्नुस् । पर्सा प्रहरीले कसरी काम गरिरहेको छ । पर्साबासीको सबै जनताको मनमा छ त्यो कुरा ।
४) यहाँले तस्करी नियन्त्रण गर्न जति भूमिका खेलेपनि तल्लो तहका प्रहरी भने यसबाट अछुतो रहन सकेका छैन नी ?
जनता वर्षाैदेखी यही क्रियाकलापको (अभ्यास) देखिरहनु भएको छ, कुनै पुरानो जमानामा प्रहरीले गरेको काम अहिले पनि जनताको दिमागमा छ भने अहिले पनि त्यही हुन्छ भन्ने सोच्नु गलत कुरा हो । आँखा अगाडी भएको राम्रा काम पनि देख्नु हुन्न् । अहिले पर्साको स्थिति करिब करिब त्यही नै हो । यहाँ सिमा नाकामा खट्ने नेपाल प्रहरी मात्रै छैन् । विषेशगरी सिमा सुरक्षामा खट्ने सशस्त्र प्रहरी पनि छन् । नेपाल प्रहरीका फिल्डका जवान मात्रै मिलेर तस्करी हुँदैन् । यो चाँही बुझ्नुपर्ने कुरा हो ।
हाम्रो जनसंख्या भनेको ज्यादै थोरै छ र मेन बोर्डरमा भनेको आम पुलिस खटिन्छ । र नेपाल पुलिसका दुई जना जवानले चाहेर पनि तस्करी रोकिदैन् । यो बुझ्नु पर्ने कुरा तर यसलाई जहिले पनि नजरअन्दाज गरेर देखिन्छ । मैले यसमा अर्काे संगठनलाई दोषारोपण गर्न खोजेको होइन । यथार्थ कुरा के भन्न खोजेको हो कि मेन बोर्डर सेक्युरिटी आम पुलिसको हो र बोर्डरमा नेपाल पुलिसको केही हात पनि छैन् । त्यसकारण नेपाल प्रहरीको दुई जना जवान मिलेर तस्करी हुने वा नहुने यथार्थ कुरालाई बुझ्न जरुरी छ ।
५) प्रत्येक वर्ष चाडपर्वको समयमा व्यापक तस्करी र कालोबजारी हुने गरेको पाइएको छ, यसवर्ष पनि निरन्रता हुने हो कि केही फरक योजना बनाएर कार्यन्वयन गरिरहनु भएको छ ?
चाडपर्वमा आर्थिक अपराध बढि हुन्छ । मान्छे लुटिन सक्छन् कसैको केही चोरी हुन सक्छ । अब बढि आर्थिक कारोबार हुने ठाउँमा प्रहरी परिचालन हुने पहिलो कुरा भयो । दोस्रो सिमा अपराध नियन्त्रणः हामीले जुन अनुपातमा समान पक्राउ गरेका छौ, त्यो हेर्नुभयो भने यसको जवाफ पाउनुहुन्छ । यर्सथः हाम्रो सिमा नाकामा ५ जना मात्रै प्रहरी हुन्छन् । त्यसमा पनि कोही भिआई पी आए वा कतै झगडा भयो भने त्यहाँ पनि पुग्नुपर्छ । त्यहाँ गाँजाको तस्करी हुदैछ अथवा गाँजा आयो भने त्यही पुग्नुपर्छ ।
एउटा श्रीमान र श्रीमतीको झगडा हुँदा, घरमा समस्या भयो वा कुनै घटना घट्यो जे मा पनि हामी नै जानुपर्छ । त्यहीँ ५ जना प्रहरी एकदमै सिमा सुरक्षा गरेर बस्न पाउँने त होईन नी । तसर्थः हामी चाहीँ सिमामै कुरेर बस्ने अवस्था पनी छैन् । यो सबैले बुझेकै कुरा हो ।
त्यती हुँदा हुँदै पनि जुन स्तरबाट तस्करी नियन्त्रण भएको छ, त्यसमा हाम्रो रोललाई केलाउनुस् । किन भने म दावाको साथ भन्न सक्छु यहाँको मात्रै होइन मेरो २१ वर्षको कार्य अनुभवमा गलत कामसंग सम्झौता गरेका छैनौँ । यस्तो काम जब एउटा जिल्ला इन्चार्जले गर्दैन् भने तल्लो तहका प्रहरी कसरी गर्छन ? तर सबैले गर्दैनन् अर्थात ९ सय प्रहरीको ग्यारेन्टी लिन्छु भन्न पनी खोजेको होइन ।
६) बरामद सुनमा कस्ता खालका व्यक्तिको संलग्नता रहेको पाउँनु भएको छ ?
सुन बरामद गरिएको अपार्टमेन्ट जन्मसिद्धको आधारमा नागरिकता लिएको एक जना महिलाको नाममा छ । पछिल्लो समय त्यहाँ मान्छे बसेको पनि वातावरण देखिएन । एकदमै बाक्लो मोमेन्ट नदेखिए पनि मोमेन्टहरु देखिएको छ । हामी अनुसन्धान गर्न सुरु गरिसकेका छौं । त्यसको निष्कर्षमा जान समय लाग्छ । किनभने यस्ता खालका सुन तस्करी वा अबैध सम्पती लुकाउन त्यति सजिलो कुरा होइन ।
सुन तस्करीमा विभिन्न देश, सिमाना र व्यक्तिहरु प्रयोग भएको हुन्छ । त्यसकारण यो सजिलो अनुसन्धान होइन, अलि समय लाग्छ । तसर्थः अहिले निष्र्कषमा पुगेको पनि छैन र तत्काल पुग्न सक्ने अवस्था पनि छैन् । हामीले सुन तस्कर जस्ता देशलाई राजश्व गुम्ने सबैखाले तस्करी रोक्न लागि परेका छौँ । त्यसकारण सुनकै विषयमा थप केही चाहियो भने केहि समय पर्खन गरुरी छ । अहिले नै भन्न सक्ने अवस्था छैन् ।
७) प्रहरीले रक्सी, गाँजा, अफिम जस्ता पद्धार्थ फेला पार्दा एक घण्टामै पुष्टि गर्न सक्ने तर सुन, चाँदी बरामद गर्दा पहेलो बस्तु मात्रै भन्नुको कारण चाहिँ के होला ?
हामीले संचारमाध्यमलाई जानकारी गराउँदा परीक्षण नभईन्जेलसम्म गाँजा, अफिम जस्तो देखिने चिज हो भनेर डकुमेन्ट नै तयार हुन्छ । जुन कानुनी भाषा हो । बरामद सुनलाई हामीले राजश्व कार्यालय बुझाई सकेका छौँ र त्यहाँ हरेक पिस पिस परीक्षण भएको छ । हामी व्यवसायीक प्रहरी हौँ । हामी व्यवसायिकतामा विश्वास गर्छाै ।
हामीले कुनै ठाउँमा रेड गर्दा पनि स्थानीय्बासी, जनप्रतिनीधिहरुको रोहबरामा गर्छाै । हामीले छापा मारेको अपार्टमेन्टमा पनि छिमेकी अपार्टमेनटहरुलाई राखेको अवस्था छ । अपार्टमेन्ट छिर्दादेखी खोजका हरेक विधिहरु कानुनी प्रक्रिया पु¥याएर भिडियोग्राफि गरेका छौ र मैले बोल्नुभन्दा पनि त्यो भिडियोले बोल्छ ।
८) सुन रहेको ठाउँमा करिब ६ करोड नगद समेत रहेको हल्ला छ नी ?
यस्तै काम गर्ने तस्कर र बदमासहरुले हल्ला गर्ने कुरा मात्रै हो । त्यहाँको जनप्रतिनीधि र अपार्टमेन्टमा केही व्यक्तिहरु सबै हुनुहुन्थ्यो । वहाँहरुसंग बुझे हुन्छ । सबैजनाको सामुन्नेको कुरा हो र भिडियो पनि गरिएको छ, त्यसमा पनि हेर्न सक्नु हुन्छ । किनभने, हामीलाई थाहा छ–पुलिसलाई डेलिगेशन बनाउन सजिलो हुन्छ र नेगेटिभ कुरा बढि बढि विक्छ । यस्तो बेला त यत्रो व्यक्तिको त करोडौंको सम्पती डुबेको हुन्छ । अनि स्वभाविक रुपमा उनीहरु प्रहरीकोपछि लाग्ने, प्रहरीलाई टार्गेट गर्ने । हामीले यो कुरालाई मध्यनजर गरी हामी आफ्ना प्रमाण सुरक्षित राख्छौ ।
९) बरामद गरिएको सुनमा भारतका प्रमोद सिन्हाको कतिको हात छ ? त्यसमा नेपाली व्यापारीहरुको संलग्नता छ कि छैन ?
प्रमोद सिन्हा को हो म चिन्दैन् । अपार्टमेन्टमा बस्दै आएकी निवेदिका सिन्हाको नाम सुनेको हुँ । वहाँको बुवा भारतीय नागरिक हुन भने हामीलाई पनि थाहा र तपाईहरुलाई पनि थाहा होला । अहिले भारतमा चुनावको माहोल छ । स्वभाविक रुपम यो गेम भई नै हाल्छ । मान्छेले शंका अशंका गर्ने ठाउँ पनि छ । किन भने आफन्तसंग फेला परेको छ । अब चुनावको खर्च हो कि के हो भन्ने कुराहरु उठ्नु स्वभाविक हो । तर हामीले अहिले त्यस्तो केही पनि जानकारी पाएका छैनौं । अहिले अनुसन्धान हुदैछ । पुष्टि भएपछि मात्र भन्न सकिन्छ ।
१०ं) प्रहरीको चार्डपर्व कस्तो हुन्छ ? यहाँले दशैं तिहार कसरी मनाउने योजना बनाउनु भएको छ ?
यही चाँही एउटा दुःख लाग्दो पार्ट हो । हामी राष्ट्र र जनताको लागी भनेर वा आफ्नै आवश्यकता पुरा गर्न जागिर खान्छौँ तर पनि एउटा प्रहरी मात्रै यस्तो पेशा हो जसले चाडपर्वको बेलामा बिदा पाउँदैन् । चाडपर्वको बेलामा हामीलाई अझै दुःख हुन्छ । अब हामी त यही बसीरहेका छौँ । हामीसंग जे छ त्यसैमा रमाउने हो, त्यसैमा खेल्ने हो अनि खाने हो ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न