नवरात्रमा शक्तिस्वरूपा देवी भगवतीको पूजा अराधना हुने गर्दछ । सांसारिक नानाविध दुःख, कष्ट, रोग, भोक र शोकबाट त्राण पाउन तथा धन र विद्या पाउनको निम्ति हिन्दू धर्मावलम्बिहरुले माता दुर्गा देवीका विभिन्न रूपहरुको अराधना गर्दछन । मार्कण्डेय पुराण अनुसार भगवतीको नववटा रूपको परिकल्पना गरिएको भए पनि खास हेर्ने हो भने यी नवै दुर्गाहरुको मुख्य तीनवटा विभाग गरिएको पाइन्छ–महाकाली स्वरूपा भगवती, महालक्ष्मी स्वरूपा भगवती तथा महासररुवती स्वरूपा भगवती । रोग, भोक, शोक, आपद, बिपद तथा आतंकलाइ शमन गर्नकोलागि शक्ति पाउनकोलागि महाकाली स्वरूपा भगवतीको अराधना गरिन्छ । धन प्राप्तिकोलागि महालक्ष्मी स्वरूपा भगवतीको पूजन गरिन्छ तथा विद्या प्राप्तिकोलागि महासरस्वती भगवतीको अर्चना गरिन्छ ।
नवरात्रको अवसरमा मान्य पण्डित, पुजारी तथा भक्त स्वयं आपूmले पनि दुर्गासप्तशतीको पाठ गर्दछन । दुर्गा सप्तशतीमा तेरहवटा अध्यायहरु छन । प्रथम चरित्रमा जम्मा एक अध्याय मात्र छ जुन श्रीमहाकाली प्रीत्यर्थे जाप गरिन्छ । प्रथम चरित्रमा मधु–कैटभ नामक दैत्यहरुको वधको कथा वर्णन गरिएको छ । दोश्रो अध्याय देखि चौथो अध्यायसम्म जम्मा तीन अध्यायहरु मध्यम चरित्र हो जुन श्रीमहालक्ष्मी प्रीत्यर्थं जाप गरिन्छ । मध्यम चरित्रमा सम्पूर्ण देउताहरुको सम्मिलित शक्ति स्वरूपा देवीको प्रादुर्भाव तथा उनैबाट महानबलशाली महिषासुरको वधको कथा वर्णित छ । पाँचौ अध्यायदेखि तेरहौ अध्यायसम्म जम्मा नौ अध्यायहरु उत्तर चरित्र हो । उत्तर चरित्र श्रीमहासरस्वती प्रीत्यर्थे जाप गरिन्छ । उत्तर चरित्र जसमा धूम्रलोचन, चण्ड–मुण्ड, रक्तबीज तथा शुम्भ निशुम्भको वधको कथा वर्णन भएको छ । सप्तशतीको पाठ कवच, कीलक र अर्गलास्तोत्र नामक तीनवट पूर्वाङ्ग तथा तेरह अध्यायको पाठ पछि प्राधानिक रहस्य, वैकृतिक रहस्य तथा मूर्ति रहस्य नाम तीनवटा उपाङ्ग पाठ जपेपछि मात्र सप्तशतीको पाठ, जाप पुर्ण हुन्छ भन्ने धार्मिक विश्वास छ । यस बाहेक सप्तशती पाठ भन्दा अगि र पछि गरेर दुइपटक नर्वाण मन्त्रको जाप पनि गर्न आवश्यक हुन्छ । रात्रीसूक्त, श्रीदेव्यथर्वशीर्ष, सिद्धकुञ्जिका मन्त्र तथा क्षमापन प्रार्थना गरेपछि सप्तशती पाठ निश्चय नै सिद्ध हुन्छ भन्ने कुरा विभित्र पुराणहरुमा उल्लेख भएको देखिन्छ ।
कठीन व्रतको रूपमा पनि नवरात्र व्रत मान्दछन । यसमा पूर्ण उदासि भेष, ब्रह्मचर्य पूर्वक आचरण, फलाहार, वल्लकल्ल वसन धारण तथा भूमि शयन जस्तो कठीन तपश्चर्या भक्तहरुले गर्ने गर्दछन । यस्तो कठीन व्रत कुनै साधक, योगीकोलागि सहज हुन सक्दछ तर साधारण गृहस्थहरुकोलागि भने प्रायः असम्भव नै हुने गर्दछ । अझ पूर्वाङ्ग, उपाङ्ग तथा विभिन्न स्तोत्रहरुका साथ तेरह अध्यायको कठीन संस्कृत पाठ झनै दुष्कर हुन्छ । यसकोलागि पनि सप्तशतीमा नै सहज उपाय छ । सप्तश्लोकी दुर्गा, सिद्धकुञ्जिका मन्त्र, श्रीदुर्गाष्टोत्तरशत नामस्तोत्र अथवा नवार्ण मन्त्रको एकसय आठ चोटि जाप गरेर पनि दुर्गासप्तशती गरे जतिकै फल प्राप्त हुन्छ भन्ने कुरा स्वयं शिवजीले नै भनेका छन–येन मन्त्र प्रभावेण चण्डीजापः शुभो भवेत् । अझै भन्ने हो भने शास्त्र, पुराण, मन्त्र र तन्त्र अति बृहत विषय हो । भगवती माताको आशिर्वाद पाउनकोलागि विशुद्ध समर्पण, पूर्ण आस्था तथा अटल विश्वास आवश्यक छ, त्यति मात्रले पनि दुर्गा माता प्रसन्न भएर भक्तहरुलाइ सुख, शान्ति, समृद्धि तथा आरोग्य निश्चय नै प्रदान गर्ने छिन ।
नवरात्रको व्रतको समाप्तिको दिन व्रतको पूर्णाहूति पछि भक्तहरुले रातो टीका तथा जमरा भगवतीको प्रसादको रूपमा निम्न मन्त्रका साथ पाउदछन–ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते । आर्शिवचन रूपी मन्त्रमा दुर्गा भगवतीको अति गुढ़ रहस्य रहेको छ । यस मन्त्रमा जयन्ती देखि स्वधासम्म भगवतीका जम्मा एघारवटा नामको उच्चारण हुन्छ । मार्कण्डेय पुराणमा ती नामहरुको निम्नानुसार व्याख्या दिइएको छ । जयति सर्वोत्कर्षेण वर्तते इति ‘जयन्ती’ अर्थात् सबै भन्दा उत्कृष्ट एवं विजयशालिनी भगवती ‘जयन्ती’ । मङ्गं जननमरणादिरूपं सर्पणं भक्तानां गेह्णाति नाशयति या सा मङ्गला मोक्षप्रदा । अर्थात् जसले आफ्ना भक्तहरुको जन्म मरण आदि संसार बन्धनलाइ नष्ट गर्दछिन, ती मङ्गलमयी देवीको नाम ‘मङ्गला’ हो । कलयति भक्षयति प्रलयकाले सर्वम् इति काली अर्थात् जसले प्रलयकालमा सम्पूर्ण सृष्टिलाइ आफ्नो ग्रास बनाउदछिन ती ‘काली’ हुन ।
भद्रं मङ्गलं सुखं वा कलयति स्वीकरोति भक्तेभ्यो दातुम् इति भद्रकाली सुखप्रदा अर्थात् जसले आफ्ना भक्तहरुलाइ दिनकोलागि नै भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन उनी नै ‘भद्रकाली’ हुन । हातमा खप्पर र गलामा मुण्डमाला धारण गर्दछिन उनी कपालिनी हुन । दुःुखेन अष्टाङ्गयोगकर्मोपासना रूपेण क्लेशेन गम्यते प्राप्यते या सा दुर्गा अर्थात् जसलाइ अष्टाङ्गयोग, कर्म एवं उपासना रूपी दुःसाध्य साधनाबाट प्राप्त गर्न सकिन्छ उनी जगदम्बिका ‘दुर्गा’ हुन । क्षमते सहते भक्तानाम अन्येषां वा सर्वान्पराधान जननीत्वेनातिशयक रूणामयस्वभावादिति क्षमा अर्थात् सम्पूर्ण जगत्की जननी भएको हुनाले अत्यन्त करूणामय स्वभावकी भएकी कारण जसले भक्त वा अन्यको पनि सम्पूर्ण अपराध क्षमा गर्दछिन उनको नाम हो ‘क्षमा’ ।
सबैको शिव अर्थात् कल्याण गर्ने जगदम्बालाइ ‘शिवा’ भन्दछन । सम्पूर्ण प्रपञ्चलाइ धारण गर्ने भएकी हुनाले भगवतीको नाम ‘धात्री’ हो । स्वाहा रूपले यज्ञभाग ग्रहण गरेर देउताहरुको पोषण गर्ने भगवतीको नाम ‘स्वाहा’ हो तथा स्वधारूपले श्राद्ध र तर्पण स्वीकार गरेर पितरहरुको पोषण गर्ने भगवतीको ना ‘स्वधा’ हो । स्वनामधन्य माता भगवतीले वत्र्तमानको यस कोरोना आतंकबाट त्रसित हामी नेपालीहरुका साथै सम्पूर्ण विश्ववासीहरुलाइ आशिर्वाद दिएर अभय दिउन–जय सर्वगते देवी कालरात्रि नमोऽस्तु ते ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न