अहिले महिला हिंसा विरुद्घको १६ दिने अभियान नेपालमा पनि चलिरहेको छ । नेपाली समाजमा महिला माथि हुने गरेका हिंसा र महिला भएकै कारण मानव अधिकारको उपभोगमा विभेद, शारीरिक तथा मानसिक रुपमाबाट दिइने पीडा, महिला स्वतन्त्रता माथिको हनन् मुलतः महिला हिंसाका कारण हुन् । महिलाले गर्न हुने, नहुने भन्ने प्रतिबन्ध लगाएत जुनसुकै कृयाकलाप पनि महिलाको आत्मसम्मान माथिका हिंसाको रुपमा नै पर्छ ।
नेपालको हकमा आधा जनसंख्याभन्दा बढि हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद, असमानता, अन्याय र अत्याचारसगै धर्म संस्कृतिको मुल्य मान्यताकापछि आफ्नै घर परिवारको रुढिवादी परम्पराको शिकार भई नै रहेका छन् । अर्काे तर्फ महिला हक अधिकारका चर्का चर्का स्वरहरुलाई दवाएर महिला माथिको अत्याचार चरम सिमामा पुगेका उदाहण खोज्न कहिँ टाढा जानु पर्दैन ।
देशको कुरा गरिरहँदा पितृसत्तात्मक नेपाली समाजमा खास गरी परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताको आडमा महिलालाई असमान त बनाएकै छ । अझ त्यसमा पनि विद्यमान कतिपय कानुनी व्यावस्थाले समेत महिलाको अधिकारलाई केवल मुखले मात्र बोलेको छ । व्यवहारमा लागु भएको छैन । उदाहरणको रुपमा आमाको नामबाट छोराछोरीलाई नागरिकता दिने कुरालाई पनि लिन सकिन्छ । जो संविधानमा त बोलियो तर कानुनी मान्यतामा अहिलेसम्म आउन नसक्नु महिलाहरुको अधिकारमाथी अंकुश लगाउनु हो भन्न हिचकिचाउनु पर्दैन ।
समाजमा महिलालाई हेर्ने दृष्टिाकोण व्यापक रुपमा लैगिक असमानताले गाजेको छ । जस्को मुख्य कारण महिलामाथि हेर्ने दृष्टिकोण आर्थिक परनिर्भरता, अशिक्षा, गरिवी, जनचेतनाको कमी राजजितिक ज्ञानदेखि लिएर राज्यका निकायहरुमा महिलाहरुको उपस्थिति निति निर्माण तथा निर्णायक तहमा महिलाहरुको अपहेलनाले अहिले पनि समाजमा महिलाई दोश्रो दर्जाको नागरिकको रुपमा व्यावहार गरिन्छ भन्नु पर्ने अवस्था विद्धमान छ ।
हिंसाको स्थिति
समाजमा घरेलु हिंसा वा अन्य हिंसाका पिढितहरु कस्तो अवस्थामा छन् ? भन्ने तथ्याँक बाहिर ल्याउन निक्कै मुस्किल छ । कारण अधिकांस महिलाहरु आफ्नै घरमा आफ्नै परिवारका सदस्यबाट पीडित छन् ।
पहिले पहिले घरेलु हिंसाका शिकार हुने महिलाहरु अधिकांस गरिव तथा अशिक्षित घर परिवारका थिए । शिक्षाको अभावका कारण पुरानो रुढिवादि मुल्य मान्यताको कारण भनेर हिसा न्युनिकरणको अभियान चलाइयो । जनचेतनाका थुप्रै कार्यक्रम गाउ गाउ कुना कुनासम्म पुग्दा यस्ता अशिक्षित तथा अज्ञानताका कारण हिंसक बनेकाहरुलाई केहि हदसम्म निवाकरण गर्न सकेता पनि हिजोआज हाम्रो समाजमा पढेलेखेका अनि जाने बुझेकैहरुबाट महिलामाथि अपत्यारिलो हिंसाबबाट हिंसाका घटना दोहोरिन थालेपछि भने महिला हिंसाका घटनाहरुको सहि तथ्याँक सम्बन्धित निकायसम्म आइनपुग्दा वास्तिविक दोषीहरु ख्ुालेआम हिडिरहेका छन् भने पिढीतहरु शिर झुकाएर पटकपटक हिंसा सहन बाध्य छन् । जस्को कारण घर परिवारको इज्वतका कारण दविएर बाँच्नुपर्ने हुनाले यस्ता घटना भित्र भित्रै दबिरहेका छन् ।
पछिल्लो समय ओरेक नेपालले गरेको जुलाई २०१७ देखि जुन २०१८ को अभिलेखमा १ हजार ७ सय ४१ वटा महिला माथीका हिंसा छन् । जसमध्ये सबैभन्दा बढि घरेलु हिंसाको कारण महिलाहरु प्रभावित भएको देखाएको छ । घरेलु हिंसा ६५ % प्रतिशत ,सामाजिक हिंसा, १७ % प्रतिशत, बलात्कारका शिकार ७% प्रतिशत यौनिक हिंसा ४% हत्या १% प्रतिशत, बेचबिखन ०.६०% प्रतिशत आत्महत्या १% प्रतिशत भएको अभिलेखमा उल्लेख छ । तर यो र्र्दुइ बर्ष यता र अझ लकाडाउन यता यस्ता घटना मध्ये बलात्कार तथा आत्महत्याका घटनाहरु अझ बढेको अनुमान विज्ञहरुको छ । समाजमा सहि र तथ्य खुलेका घटनाहरु बहिर नआउदा सत्य तथ्याँक संकलनमा समस्या भएको नकार्न सकिन्न ।
न्यूनिकरणका उपाय
जबसम्म महिला तथा बालबालिकाहरु सडकमा निश्चिन्त अर्थात बिना डर हिडडुल गर्न सक्ने वातावरण बदैन, तबसम्म महिलाले आफ्नै घर परिवारका सदस्यहरुसंग ढुक्कले सुरक्षित महशुश गर्ने वातावरण बन्न सदैन । जबसम्म महिलाले राज्यका स्थानीय निकायदेखि माथिल्लो निकायसम्म आफ्नो हक अनि अधिकारका लागि लेख्न वा निर्णय गर्ने स्थान पाउदैनन् तबसम्म महिलाहरुले कुनै न कुनै रुपबाट हिंसाका शिकार बनिरहनु पर्ने बाध्यता रहिरहन्छ । महिलाहरुले नै जन्माएका पुरुषहरुले महिला माथी नै हिंसा गर्ने वा हिंसाको नजरबाट हेर्नु नै महिलाले हरेक दिन हिंसा सहदै आउनु पर्ने बाध्यता छ । तसर्थ अबको कदम भनेको महिलाले आफ्नो क्षमतालाई चिन्नु पर्दछ । महिलाले आफ्नो सोच परिवर्तन गर्नुपर्दछ ।
महिलाले आफ्नो डरलाई निकालेर फाल्नु पर्दछ अनि मात्र महिलाहरु हिंसाको शिकार बन्नबाट जोगिन सकिएला । होइन भने जति नै हक अधिकारका कुरा गरेपनि त्यसले सार्थकता पाउँदैन । यता महिला हिंसाको बिरुद्धमा १६ दिने अभियान चलिरहँदो यो बुझ्न जरुरी छ कि महिला हिसा हुनमा सिर्फ हिंसा गर्ने व्यक्ति मात्रै दोषि हुदैन । कहि न कहि यो दोषमा हामी पनि स्वयम् दोशी छौ कि भन्ने मनन गर्न सक्नु पर्दछ ।
नेपालमा अहिलेसम्म भएका हिंसा मध्ये सय मा ८५% प्रतिशत हिंसा हाम्रै अज्ञानताका कारण भनौ वा त घर परिवारको डर, समाजको डर र स्वयम् भित्र पलाएको डरको कारण भएको भन्ने बुझ्न सकियो भने मात्रै महिलामाथी हुने गरेका हिंसामा सुधार गर्न सकिएला । नत्र कुराले मात्रै हिंसा न्यूनिकरणमा उपलब्धिमूलक गति लिन सक्दैन ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)