पर्सामा ५ किलो चरेस सहित २ जना पक्राउ परेका छन् ।
सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ श्रीपुर पचगावाँबाट प्रतिबन्धित लागु औषध ५ केजी चरेश सहित उनीहरुलाई आज पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरु पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटाङ्गा बस्ने भिम यादव र घनश्याम यादव रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले मकवानपुरमा उत्पादित प्रतिबन्धित लागुऔषध चरेस ल्याएको खुलेको छ ।
प्रष्ट नम्बर नचिनिने भारतीय नम्बरको मोटरसाइकलमा ५ किलो लागू औषध चरेस लोड गरी दक्षिण तर्फ जाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले बताइन् ।
बरामद चरेस मकवानपुरको हेटौंडा, अमलेखगञ्ज, सिमरा, जितपुर भएर चल्ने यात्रुवाहक बस, मालवाहक गाडी र अन्य साना सवारी प्रयोग गरी लुकाई छिपाई अवैध लागु औषध बाराको जितपुर सिमरा सम्म भण्डारण गर्ने गरेको प्रहरी श्रोतले जनाएको छ ।
सोही ठाउँबाट पर्साको जनता सडक हुँदै पर्साको पर्सागढी हरपुर, एकटाङ्गा, बडेर्वा, मनवा, सखुवाप्रसौनी गाउँपालिकाको दोहरी, खजुरिया, सथवल, सिरही, सखवनिया, पटेर्वासुगौली गाउँपालिकाको रंगपुर, सोनबर्षा, बैरिया, कन्चनपुर, गदियानी, मलाहीटोल देकुली, पटेर्वा, उतरसुगौली र देवरिया मोडटोल हुँदै कारोवारीले रातको समयमा भारत तर्फ कटाउने गरेको स्थानीयले बताएका छन् ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)