पर्सामा मानवअधिकार उल्लंघनका घटनामा खासै कमि नआएको मानवअधिकारकर्मीहरुले जनाएको छ । पछिल्लो एकवर्षमा जिल्लामा २५३ वटा मानवअधिकार उल्लंघनका घटनाहरु भएको कोक्यापले जनाएको छ ।
शुक्रबार वीरगंजमा आयोजित जिल्लामा मानव अधिकारको अवस्था विश्लेषण र सूचनामा पहुँच विषयक कार्यशाला गोष्ठीमा २०१९ डिसम्बर ३१ यता २ सय ५३ वटा मानवअधिकार उल्लंघनका घटनाहरु भएको तथ्याङ्कले देखाएको छ ।
यसवर्ष जिल्लामा खासगरी स्वास्थ्य समस्या तथा क्रुर बोक्सी जस्ता आरोपका घटनाहरु भएको कोक्याप संस्थाले जनाएको छ । बद्लिदो आधुनिक युगसँगै अहिलेपनि समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुलाई लुकाउने गरेको कारण मानव अधिकार उल्लंघनका घटनामा खासै कमि नआएको मानवअधिकारकर्मी तथा प्रध्यापक डा. हरेराम ठाकुरले बताए ।
पर्सामै केही महिना अघि मात्रै एक एकल महिलालाई कपाल मुण्डन गरी पेटिकोटमै गाउँभरि घुमाइएको थियो । त्यस्तै एकल महिला भएकै कारण छिमेकीहरुले दुव्र्यवहार गर्ने जस्ता घटनाहरु दोहरिरहेका हुन्छन् ती घटनाहरुका मुख्य दोषीलाई कार्वाहीको दायरामा नल्याएकै कारण मानवअधिकार उल्लंघनको घटनामा कमी नआएको मानवअधिकारकर्मी ठाकुरको भनाई छ ।
समाजमा पहुँच भएका व्यक्तिहरुबाट नै बढी जसो मानव अधिकार उल्लंघनका घटना भएकाले त्यस्ता व्यक्तिलाई कडा भन्दा कडा कार्वाहीको दायरामा ल्याउनु पर्ने वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले बताईन् ।
बेला बखत विभिन्न सञ्चारमाध्यमहरुमा मानव अधिकार उल्लंघनका घटनाहरु सार्वजनिक हुने गर्दछ तर त्यो घटनामा पीडितले न्याय पाए, कि पाएनन् भन्ने बारेमा खासै चासो नराखेकाले पनि प्रहरी प्रशासनकै संरक्षणमा पीडकहरु उम्कि रहेको उपमेयर कार्कीको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपमेयर कार्कीले प्रत्येक व्यक्तिलाई अधिकार दिइएको छ, तर त्यो अधिकार कसरी प्रयोग गर्ने भन्ने सबैलाई जानकारी नै नभएको कारण आम नागरिकहरु आफ्नो अधिकारबाट बञ्चित रहेको बताइन् । आम नागरिकको त कुरा छाडौं, स्थानीय तहमा न्यायिक समिति छ । त्यसलाई पनि अधिकार दिइएको छ, तर कार्यान्वयन छैन । यसमा एकजना मात्रै दोषी छैनन् । हामी सबै दोषी रहेको उनको भनाई थियो ।
लिङ्गको आधारमा बालिका भएपछि महिलाको गर्भावस्थामा नै भ्रुण हत्या गरिन्छ । त्यसमा महिलाको पनि सहमति हुन्छ । जसले त्यो हिंसामा महिलापनि उत्तिकै दोषी रहेको भन्दै तराईमा महिला हिंसा हुनुमा महिला नै बढि दोषी देखिएको बताइन् ।
तराईमा हिंसा एउटा ठूलो विकराल रुप लिएको हुनाले यसलाई न्यूनीकरण गर्नका लागि सबैको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको अधिकारकर्मीहरुको भनाई छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)