हजारौँ व्यक्तिको बलिदानी तिलाञ्जीत गरेर प्राप्त संघियतालाई खारेज गर्ने पक्षमा नेपाल सरकार नै लागेको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आरोप लगाउनु भएको छ ।
वीरगंजको एक स्थानीय रेडियो रेडियो वीरगंजको १८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले करोडौँ व्यक्तिको चाहनाको विरुद्ध क्यबिनेट बाटै संघिय लोकतान्त्रि गणतन्त्र हटाएर नेपाल सरकार राख्ने दुश्साहस गरेकाले प्रधानमन्त्री नै संघियताको विरुद्धमा लागेको बताए ।
संघियता नचाहने प्रधानमन्त्री केपिशर्मा ओली नै विभिन्न समुह मार्फत लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको उनको आरोप थियो । मुलुकमा प्राप्त उपलब्धी कसरी खारेज हुन्छ, त्यस्ता खेलमा सरकारका पक्षधरहरु लागी परेकाले त्यस्ता विरुद्ध सञ्चारकर्मीहरुले सत्यतथ्य उज्जागर गर्नुपर्ने बताएका थिए ।
संघियताका निम्ति सञ्चारमाध्यमले निकै ठुलो भुमिका खेलेकाले प्रदेश सरकार चाहेर पनी सञ्चार क्षेत्रको उत्थानका लागी केही गर्न नसकेको बताएका थिए । उनले पुरातन सोचका कर्मचारीको जोडले मात्रै मिडिया विधेयक ल्याएको खुलाएका थिए । व्यापक सुझाव पश्चात हामीले उक्त विधेयकलाई केही हदसम्म फितलो गरिएको आसय व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा यातायात विकास मन्त्री जितेन्द्र सोनलले स्वतन्त्र प्रेस बनाउन प्रदेश सरकार लागेको बताए । संघियता ल्याउन सञ्चारक्षेत्रले ठुलो भुमिका खेलेको भन्दै सञ्चार क्षेत्रका लागी पनि केही गर्ने सोच रहेकाले पहिला स्वतन्त्र पत्रकारिकता हुन जरुरी रहेको बताएका थिए ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले स्थानीयस्तरमा सञ्चारक्षेत्रको मर्म सरकारले बुझनुपर्ने बताएका थिए । संघियता बारे सञ्चारजगतले बुझाएकाले उपलब्धी पाउन सकेको हुदाँ वहाँहरुको योगदान कदापी विर्सन नसक्ने बताउनु भएको थियो ।
रेडियो वीरगंजका अध्यक्ष ध्रुव शाहको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी उपरिक्षक गंगा पन्त, चिकित्सक डा. निरज सिंह, जयमोद ठाकुर, रेडियोका कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रेडियो वीरगंजमा १८ बर्ष देखि निरन्तर रुपमा कार्यरतसम्पादक रामनारायण कुर्मीलाई दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो । यसैगरी रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीलाई रेडियोको स्तर वृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला ओढाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा रेडियो वीरगंजका समाचार वाचक एवं कार्यक्रम प्रस्तोता उज्जवल घिमिरे, लेखाप्रमुख राजेश चौधरी, मार्केटिङ्ग प्रमुख महम्मद जनाव आलम, समाचार वाचिका एवं कार्यक्रम प्रस्तोता अनिता कुँवर, समाचार वाचक एवं प्राविधिक रंजित यादव, सम्वाददाता आरके पटेल, राधेश्याम पटेल, युवराज खड्का, छठु साह, ओमप्रकाश चौधरी, सिकेन्द्र पासवान, संजय मिश्र, प्राविधिक रामप्रवेश चौधरी, ओमप्रकाश मिश्र, प्रदिप पडित, विपिन साह, कार्यक्रम प्रस्तोता मंकेश्वर गुप्ता, समाचार वाचक प्रवेज आलम, सुरक्षागार्ड किशोरी साह, प्रेम पटेल, कार्यालय सहयोगी लालझरी देवी सहित २७ जना कर्मचारीलाई सम्मान गरिएको छ ।
सो अवसरमा कर्मचारीहरुको सुखदुःखमा साथ दिने कुशल व्यवस्थापकको रुपमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई सम्मान गरिएको थियो । कर्मचारीहरुको तर्फबाट साहलाई दोसल्ला ओढाउनुका साथै प्रमुख अतिथि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, सांसद प्रदिप यादवले मधेशाको पहिचान गम्छा, र नेपालीको प्रतिक ढाकाको टोपी लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बीरगंज महानगरपालिका मेयर विजय सरावगी, पर्सा क्षेत्र नम्बर ३ का हरिनारायण रौनियार, प्रदेससभा सदस्य राजेश्वर साह, प्रहलाद गीरी, नेपाली कांग्रसका पर्सा जिल्ला सभापति अजय द्विवेदी, बीरगंज उद्योग वाणीज्य संघका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोपाल केडिया, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार संघपर्साका सभापति श्याम बन्जारा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)