अर्बौको लगानीमा तराईकै लाईफ लाईनको रुपमा चिनिने हुलाकी राजमार्ग अहिले अकासको फल आखाँ तरी मर जस्तै भएको छ ।
भारत सरकारको अनुदान र नेपाल सरकारको लगानीमा सन् २००० मै ल्याएको गुरु योजना पर्सा जिल्लामा भने निर्माण कार्य ठेकेदारको लापरवाहिले विग्त २ वर्षदेखी अलपत्र अवस्थामा रहेको छ ।
सन् २००० देखि २०२२ का लागि तयार गरेको २० वर्षे दीर्घकालीन गुरुयोजनाले पूर्वपश्चिम राजमार्गको समानान्तर सीमा क्षेत्रको नजिकबाट तराईका २० जिल्ला छिचोल्ने गरी हुलाकी राजमार्ग निर्माण गर्ने परिकल्पना नेपाल सरकारले गरेको थियो । यति महत्व्कांक्षी राजमार्ग पप्पु कन्ट्रक्सन र कालिका कन्ट्रक्सनको सुस्तताले अहिले अलपत्र अवस्थामा परेको हो ।
पर्सामा सदरमुकाम वीरगंजको पावरहाउस चोकदेखि ठोरी स्थित चौतारासम्मको ६० किलोमिटर सडक ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनको लापरवाहीको कारण निर्माण कार्यले तिब्रता पाउन सकेको छैन ।
दुई ठिक्केदार कम्पनीले २०७४ साल कार्तिकमा संयुक्त रुपमा ३०/३० किलोमिटर सडक बनाउनु पर्नेमा पप्पु कन्ट्रक्सनले २० प्रतिशत समेत काम गर्न नसकेर आयोजना अलमलाएको छ । पप्पुले वीरगंजको पावरहाउस चोकदेखि ठोरी गाउँपालिकाकाको चमरी होलसम्म अमर कन्टेक्ट र पप्पुले निर्माण गर्ने ठेक्का साकार गरेको छ । भने चमरीहोलदेखि चौतारासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको कालिका र बानिया जेभिले ७० प्रतिशत काम सकाई सकेको छ । भने, बाँकी काम यही पुस मसान्तसम्म सम्पन्न गर्ने योजनामा रहेको जनाएको छ ।
भारत सरकारको अनुदानमा निर्माण भइरहेको यस सडकको सम्झौता अनुसार २०७७ वैशाखमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो तर लकडाउनको कारण दुबै कम्पनीले ६ महिनाको समय थप गराई अबको २ महिना भित्र अर्थात पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने समयावधि पाएको छ ।
गत २०७४ कार्तिक १ गतेदेखी दुबै कम्पनीले निर्माण कार्य थाल्नी गरेर ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा कालिकाले अन्तिम चरणमा पु¥याएको छ भने, पप्पुले विभिन्न बहाना देखाई काम गरेको जस्तो मात्रै गरेको देखिन्छ ।
खासमा यस परियोजनाको मुख्य उदेश्य नेपालको तराई क्षेत्रमा हुलाकीहरुले चिठ्ठीपत्र लिएर हिँड्ने उत्तर दक्षिणका छोटा बाटाहरुलाई तराई पहाडसंग जोड्न र तराई मधेशको सडक सृदृड गर्ने उदेश्यले यस परियोजना महत्वपुर्ण छ ।
ठाकुरराम बहुमुखि क्याम्पसका अर्थशास्त्रि इन्दुशेखर मिश्र बताउनु हुन्छ, तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको बजारीकरण, रोजगारीको अवसर वृद्धि र गरिबी निवारणमा सघाउ पु¥याउने तथा भौतिक पूर्वाधार विकासको मेरुदण्डको रुपमा विकास गर्ने सरकारको मुख्य उद्देश्य रहेको छ तर जुनैपनी निर्माण कम्पनी आएपनि काम भने बमोजिमको गर्न सकेका छैनन् ।
पप्पुको नाम बुतुकको काम
पावरहाउस चोकदेखि चमरीहोलसम्म ३० किलोमिटर निर्माणको जिम्मा पाएको अमर कन्टेक्ट पप्पु जेभिले पिच गरेको सडकलाई पुनः खनेर पिच बनाएर बढि काम गरेको देखाउन खोजेको पाइएको छ । वीरगंजको चण्डाल चोक ड्राईपोर्टदेखि बहुअर्वाभठ्ठासम्म रहेको पिच सडकलाई खनेर पुनः ग्राभेल गरी पिच गरेर बढि काम गरेको देखाएर डबल भुक्तानी पाउने दाऊँमा रहेको स्थानीयहरुको आरोप छ । भने, बहुअर्वाभाठ्ठादेखि सुवर्णपुरसम्मको सडकलाई खनेर ग्राभेल गरी अलपत्र अवस्थामा छाडेका छन् भने कतिपय स्थानमा ठुलठुला खाल्डा खुल्डो परेर घुँडासम्म हिलाम्मे भएको विन्दवासनी गाऊँपालिकाका स्थानीय कृष्क विक्रम साहले बताए ।
जग्गा विवादले समय लम्बीदै
सुवर्णपुरदेखि चौतारासम्मको ३० किलोमिटर सडक निर्माणको जिम्मा पाएका कालिका बानियाँ जेभिले ८ किलोमिटर नेपाल सरकारले नै रोकेर राखेकोमा २२ किलोमिटर सडकको ७० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको निर्माण कम्पनीका म्यानेजर उद्यव न्यौपानेले बताए । २२ किलोमिटर सडक निर्माणको क्रममा ६७ वटा कलभर्टमध्ये ४४ वटा सम्पन्न भइसकेको छ भने, ४ वटा निर्माणाधीन रहेको र ६ वटा विवादित रहेका छन् । विवादित बाँकी ८ किलोमिटर सडकमा १५ वटा कलभर्ट निर्माण गर्नुपर्नेछ । जसमा २ वटा निर्माण सम्पन्न भइसकेको छ भने, ३ वटा निर्माणाधीनको अवस्थामा रहेको र १० वटा शुरु नभएको बताए ।
विवादित ८ किलोमिटर सडकमा नेपाल भारत जग्गा विवादको कारण रोकिएको छ । हुलाकी सडकमा पर्ने ११ वटा पुलमध्ये ४ वटा पुल निर्माणको क्रममा र ३ वटा पुलको जग्गाको विवाद रही जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन परेको कारण निर्माण कार्य रोकिएको छ भने ५ सय मिटर सडक विद्युतीय तार क्रसिङ्गको कारण र १ किलोमिटर सडक रुखको कारण निर्माण हुन नसकेको न्यौपानेले बताए ।
चितवन राष्ट्रिय निकुञ्जसँग कात्तिक मसान्तसम्म रुखहरु हटाउने सहमति समेत भइसकेको भन्दै म्यानेजर न्यौपानेले ढिडु खोला र झिंगु खोलाको पुल निर्माणको ठेक्का प्रक्रियामा रहेको कारण पनि निर्माण कार्य लम्बीएको उनको भनाई छ । हामीले पटक पटक सम्बन्धीत निकायलाई विवाद समाधानका लागी पहल गरेका छौँ वहाँहरुबाट सकरात्मक कुरा आएको छ बढीमा असार मसान्त सम्ममा ८ किलोमिटरको सडक समेत गरेर सरकारको जिम्मा लगाईसक्ने न्यौपानेले दाँबी गरे ।
नर्माणमा भएको ढिलाईका कारण निराश भएका जनता भारतसँग जोडिएको सीमावर्ती भूभागमा बस्ने करिब एक करोड नेपालीको जीवनस्तर उकास्ने महत्वाकांक्षी योजनाका रुपमा लिएको छ । तीन दशकयता स्थानीय राजनीतिको मुद्दा बन्दै आएको हुलाकी राजमार्गले आउँदो चुनावसम्म बारा, पर्सा, रौतहटले मुर्त रुप पाउने र तराई मधेशको दुरी अझै नजिक गर्ने विश्वास लिइएको छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)