नेपाली कांग्रेसले सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने पुर्वत घोषणा अनुसार प्रदेश नम्बर २ को बारा, पर्सा रौतहट, देखी ८ वटै जिल्लामा समेत प्रदर्शन गरेको छ ।
उधोगी, व्यापारी, स्वास्थ्यकर्मी सहितलाई नेकपाको सरकारले देशको कानुनलाई नै मार्ने अवस्थामा रहेकाले कांग्रेसले देशभर प्रदर्शन गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बताए । वीरगंजको घण्टाघर अगाडी हजारौँ कार्यकर्ताहरुको उपस्थितिमा निकालेको विरोध प्रदर्शनमा बोल्दै केन्द्रिय सदस्य रिजालले सत्ता टिकाउने खेलमा एकपछि अर्को नेकपाका विश्वासिला भनिएका नेताहरु भ्रष्टाचार प्रमाणित हुदैँ ढ्ल्दा पनी सरकारको चेत नखुलेकाले प्रदर्शन गर्नु परेको बताए ।
कोरोना महामारीमा समेत सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले हरेक जनतालाई जागरुक गराउन आजको अवश्यक्ता रहेको नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य अजय चौरसियाले बताए । सरकारको हरेक गतिविधिमा निगरानी बढाउनु पर्ने भएकाले जनता जागरुक हुन जरुरी रहेको उनले बताएका थिए । अबको आन्दोलन भनेको विभिन्न चरणमा गाऊँ गाऊँमा गएर जनता जागरण कार्यक्रम गर्ने र हरेक मोर्चामा सरकारलाई घेराबन्दी गर्न जरुरी रहेको नेता चौरसियाको भनाई थियो ।
पुर्व मन्त्री सुरेन्द्र चौधरीले भने, किसानले मल पाएका छैनन्, विऊ पाएका छैनन् चियाँ खादाँ पनी गुल्यो लाग्ने उखु किसानले उखु बेचेको पैसो पाएका छैनन् । भ्रष्टै भ्रष्टको चुङ्गुलमा रहेको सरकारलाई नैतिकताले बसिरहनु पर्दैन्थ्यो । त्यसैले यो सरकारको अत्याचार, हत्या, हिसाँ र बार्गेनिङ्ग विरुद्ध जनता निःस्वार्थ रुपमा सडकमा आउनु पर्ने मन्त्री चौधरीले बताए ।
संविधान सभा सदस्य अनिल रुगटाले भने अर्को जनता जाओस् भाडमा सरकार टिकाईराख्ने खेलमा लागेकाले केन्द्रमा एमाले र प्रदेशमा मधेशी दलको खुलेर विरोध गर्नुपर्ने धारणा राखेका थिए । जिल्ला सभापति अजय द्विवेद्विको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्व साह तेली, महिला नेतृ किरण सरकार, ममता चौधरी, किरन देवी, नेवि संघका नेता दिलिप राज कार्की, इम्तयाज आलम, रोशन लामिछाने, शम्भु चौहान, मनोहर साह लगायतको उपस्थ्तिि रहेको थियो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)