महिला र पुरुषको कुरा गर्दा महिलाहरु जहिले पनि महिला भएकै कारण आफु पछाडी परेको, हिंसा भएको भन्न कोही पछि पर्नु हुन्न । आम महिलाले भन्नु त स्वभागिक नै हो । तर महिला भएकै कारण ठूलो अवसर प्राप्त गरेका महिला, एउटा जिम्मेवारी वहन गरिरहेका महिलाले कहिलेकाही यस्तो गुनासो गर्दा बाहिर देख्ने सुन्नेलाई अचम्म लाग्छ । हो, महिला माथि महिला भएकै कारण हिंसा भएको हो, अहिले पनि भइरहेको छ । तर पहिलाभन्दा धेरै कुराहरु परिवर्तन भइसकेका छन् ।
पहिलेको तुलनामा अहिले महिला भएकै कारण धेरै अवसर प्राप्त गर्ने व्यवस्था पनि अवसर पनि छ । महिला भएकै कारण पछि पारियो भन्ने पुरानै कुरा दोहो¥याउनु वर्तमानको मानसिकता होइन । त्यो त्याग्दै अवसरलाई भरभुर सदुपयोग गर्न क्षमता वृद्धि गर्न महिलाहरुले पनि आवश्यक भइसकेको छ । महिला भएकै कारण हरेक नवमीका दिन महिलालाई पुजा गर्ने गरिन्छ । माता लक्ष्मी, माता सरस्वती, माता दुर्गा, माता सिता भन्ने गरिन्छ । राम सिताभन्दा पनि सिताराम भन्ने चलन छ । श्याम राधे भन्दा पनि राधेश्याम भन्ने गरिन्छ । महिला भएकै कारणले नेपालमा कति जना महिलाहरु उप मेयर हुनु भएको छ । महिला भएकै कारण अरु थुप्रै अवसर प्राप्त भएका छन् । के यसले महिला हुनुको फाइदा झल्काउदैन र ? के महिला भएकै नाताले हिंसा भोगेको कुरा गर्ने की यस्ता उदाहरण हेरेर आत्मबल बढाउने ?
हिन्दी फिल्मको डायलग छ कोइ भी ुमाु अपने लडकीका बायफ्रेण्डको आजाओ मेरे बेटीको लैजाओ भन्दैनन् । कुनै पनि आमा बुवाले आफनो छोरीको भविष्य नराम्रो होस भनेर चाहदैनन् । आफ्ना सन्तानले कहिले पनि दुःख पाओस् भनेर कामना पनि गर्दैनन् होला । अनि हामी भित्र रहेको महिला मानसिकताले हाम्रा आमाबुवा, दाजुभाई वा इष्टमित्रले गरेको हेरचाह ( केयर) लाई पनि नकारात्मक रुपमा लिनु उति सार्थक नहोला । कतिपयले बन्देजको रुपमा लिने गरेको छ । यो विग्रिने बाटोसम्म नपुगुन् भन्ने मात्र हुनसक्छ । सवैले गरेको केयरमा बन्देज हुन्छ भने हुँदैन ।
कहिले काही यसै कुरालाई सकात्मक रुपमा सोचेर त हेरौ । महिला भएकै कारण हामीले कति सम्मान पाएका छौ । कति माया पाएका छौ । सवैको तर्फबाट स्नेह पाएका छौ । अहिलेको २१ औ शाताब्दीमा महिला पुरुषमा भेदभाव छैन । सवै जना समान अधिकार पाउने छन् र पाइरहेका पनि छन् । यो भन्दा पहिलेको पिंढी पितृसत्ताबाट पिडित थियो । यो सहि कुरा हो । तर अहिलेको पिढीले त्यसलाई तोड्दै छ । महिलाहरुको लडाई त केवल पितृसतात्मक सोचसंग मात्र छ । तर अहिलेको युवा पिढीको लडाई पितृसतात्मक सोचसंगै हटन नसकेको महिला मानसिकता पनि छ । सहि अर्थमा महिला र पुरुषलाई बराबरीमा ल्याउनु छ भने पितृसतात्क सोचसंगै महिला मानसिकतालाई पनि त्याग गर्न जरुरी छ । एकले अर्कालाई समान व्यवहार गर्न जरुरी छ । यसमा दुईमत छैन । तथापि समान सोचको विकास गर्न पनि अपरिहार्य छ ।
महिला र पुरुषमा प्रकृतिले बनाएको भिन्नता थोरै भए पनि समाजले बनाएको भिन्नताको पहाड छ । महिला र पुरुष एक रथका दुई पांग्रा हुन यसमा दुई मत छैन । यो कुरा हामीले आधारभूत शिक्षादेखि नै पढ्दै आएका छांै । भौतिक विकाससंगै सामाजिक विकास पनि हुदै गएको र महिला पुरुष विचको दुरी यसले कम हुदै गएको छ । तर पनि पुरै हट्न सकेको छैन ।
हामीले सोचेको जस्तो कानूनमा लेखेको जस्तो व्यवहारमा भएको छैन । सोचेको जस्तो बाहिरको वातावरण नभएको पनि हुन सक्छ । यो स्तम्भ मार्फत महिलालाई दोष दिन भने किंमार्थ खोजेको होइन । तर कहिले काही समग्रतामा पुरुषलाई गाली गर्दासंगै रहेका दाजुभाइको चित दुख्न सक्छ । सधै महिला र पुरुष समान हुन भन्दै अधिकारका लागि लडेका पुरुष अभियन्ताहरुको पनि मन दुख्न सक्छ । सामाजिक रुपमा रहेको विभेदलाई त हामीले हटाउन सकौला । तर प्राकृतिक रुपमा रहेको विभेदलाई कसरी हटाउने ? प्राकृतित रुपमा रहेको विभेदले गर्दा नै यो सृष्टिको उत्पति भएको हो र यो सृष्टि चलिरहेको छ । के यसलाई हामीले रोक्न सक्छौ त ? कहिले काही मानिस सोच्दैन ? कि अनाहकमा पुरुषलाई पुरुष भएकै नाताले गाली बढि गरिदै त छैन ? केवल पितृसतात्मक सोचको कुरा ग¥यौं । तर हामी भित्र हावी रहेको महिला मानसिकताका बारेमा सोचेनौ कि ? एक पटक सोचौं त । पहिले र अहिलेमा फरक छैन र ? तर पनि हामी किन सधंै म पुरुष भएको भए यस्तो हुने थिएन, उस्तो हुने थिएन भनिरहेका छौं । सोच बदल्न पर्ने त होइन ? जड पुरुष मानिसकता र जड महिला मानसिकताबाट बाहिर निस्केमात्र महिला र पुरुष एक रथका दुई पांग्रा हुन सक्छन् ।
महिला र पुरुषको हकमा आधुनितालाई अंगालेको कुरा गर्दछौं । तर बिरालोले बाटो काटेको खण्डमा आफनो बाटो परिवर्तन गर्न पछाडी पर्दैनांै । महिला र पुरुष सम्मान हुन् भनेर वर्षभरी वकालत त गर्छाै । तर वर्षको एक रक्षाबन्धनमा भाइले रक्षा गरोस् भनेर रक्षाबाँदी सामाजिक संजलमा फोटो भाइरल बनाउछौं । आखिर कहि न कही हाम्रो मानसिकता परिवर्तन गर्न पर्दैन र ?
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)