सूचना र प्रविधिसँगै विश्व अगाडी बढिरहेको छ । समाजमा हरेकले दुनिया भरको सत्यतथ्य र नराम्रा सबै प्रकारका सूचनाहरु छिटो अनि छरितोसँगै पाउन चाहिरहेको छ । तर त्यो भनेको विश्वसनीय अनि भरपर्दाे समाचार माध्यमबाट ।
समाज २१ औं शताब्दीको आवश्यकतालाई सम्बोधन गर्न हरसम्भव प्रयत्न गरिरहेको छ । दिन अनि रात नभनी जोखिमसपूर्ण स्थानमा पुगेर आफ्नो कर्तव्यवहन गरिरहेका आम मानिस यथार्थ घटना क्रमसँगको कुराहरु विश्वसनीय तवरले नै थाहा पाउन चाहिरहेका छन् । त्यो विश्वसनीय खबर तथा सूचना वा समाचार दिने भनेको आम संचार माध्यमका पात्र अर्थात पत्रकारीता जगतका पत्रकार हुन् । जुन समाजले समेत पत्रकार भनेर दर्जा दिएको छ । आजको समयमा सबैभन्दा लोकप्रिय माध्यम संचार र त्यसको अभिन्न अंग पत्रकार जसलाई समग्रमा प्रेस भनी चौथो अंङ्ग भनेर परिभाषित पनि गरिएको छ ।
पत्रकारितामा पात्रको नाम जोडिएको पत्रकार अनि उसँग जोडिएको भूमिका, उसले गरेको कार्य समय परिस्थितिसँगै बेला– बेला राम्रा, नराम्रा टिका टिप्पणी हुने गरेका छन् । समाचार लेखन वा लेखाइको कारण बोलाइ वा भनाइको कारण पत्रकारहरुले भोग्ने गरेका नकारात्मक टिप्पणीको बारेमा बेला बेला संचार माध्यमहरुको ध्यनि तातिनुुलाई अस्वभाविक होइन । कतिपय सत्य घटनालाई बाहिर ल्याएकै कारण वा स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गरेकै भरमा समाजमा उ प्रति हेरिने नजरदेखि मानसिक, शारिरक दवाावदेखि हत्यासम्मका घटनाहरुमा पत्रकार स्वयम्कै समाचार बन्दै गर्दा पेशाप्रतिको लगाव उतिकै निरन्तर छ । जुन पत्रकारिता क्षेत्रमा आवद्घ अनि कर्तव्यभिमुखको परिचय हो भनेर बुझ्न सक्नु पर्दछ । जो आज पत्रकारिता भित्र नायक बनेका छन् ।
खोजमुलक समाचारः
कुनै पनि कार्यको राम्रो पक्ष होस् वा नराम्रो पक्ष हामीले यहि समाज भित्रका मानिसको उपजका रुमा पाउँछौं । त्यो कार्यलाई बाहिर ल्याउने पत्रकार तथा प्रस्तुत गर्ने व्यक्तिले त्यहि बिषय कसरी प्रस्तुत गर्छन् भन्ने मात्र प्रमुख कुरा हो । पात्रको प्रवृतिसगै खोजकर्ताको अभ्यास र उसको मानसिकतामा समेत भर पर्दछ । तर हिजोआज समाजमा पत्रकार, पत्रकारिता भनेको नकारात्मक अथवा भए नभएको कार्यलाई घुमाएर बङ्गयाएर गाली गरेर लेख्ने पात्र हुन् भन्ने अपव्याख्या बढि हुन थालेको छ ।
घटना घटाउनेलाई भन्दा बाहिर प्रस्तुत गर्नेलाई बढि होच्याएर हेर्ने चलन पनि मौलाएको छ । समाजमा देखिने गलत प्रवृत्ति, वृकृति विसंगती बिरुदको आवाज पत्रकारीता हो भनेर बुझ्न सक्ने वातावरण निर्माण गर्न वास्तिविक आँखाले हेर्न सक्नुपर्दछ । वर्तमान आवश्यकता बनेको संचार प्राप्त गर्ने कार्यमा पत्रकार विकराल परिस्थिति छिचोलेर पनि आम नागरिक बिचबाट संसारमा पस्कँदै छ ।
नेपालको पत्रकारिताको कुरा गरिरहँदा पत्रकारिताको इतिहास बोकेको १२० बर्ष पुगिसकेको ज्यूँदो प्रमाण गोरखापत्र दैनिक हाम्रो सामु जिवित छ । सूचना विभागको तथ्याँकलाई हेर्दा नेपालमा झण्डै ७ हजार ५ सयभन्दा बढि पत्रपत्रिका र अन्य संचार माध्यमहरु रहेका छन् । त्यस वाहेक साप्ताहिक पत्रिका ३ हजारको हाराहारीमा छन् । सूचना विभागमा दर्ता भएका अनलाईन संचार माध्यमको संख्या ९०० भन्दा बढि भइसकेको छ ।
दर्ता विनाका असरल्ल युट्युबको कुरा गरी साध्य छैन । यत्रो संचार माध्यममा पत्रकारिता गर्ने व्यक्तिको संख्या पनि एकिन छैन । यस्तो संवेदनशील पेशामा संचारकर्म गरी जिम्मेवारी उठाइरहने पत्रकारहरुको अवस्था कस्तो छ ? राज्यका आँखा कहाँसम्म पुगेको छ ? अहिलेको कोराना संक्रमण महामारीको संवेदनशील अवस्थामा फिल्डमा खट्ने सुरक्षाकर्मी, स्वास्थयकर्मी र संचारकर्मी नै हुन् । राज्यले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका बारेमा सरकार वा राज्य बोलेको छ । तर संचारकर्मी अर्थात पत्रकारहरुको सवालमा भने सरकार बोलेका छैनन् । पत्रकारिता पेशामा लागेकाहरुको आत्मबल बढाउने तर्फ राज्यको ध्यान नपुग्नु संचार क्षेत्रकै मनोबल घटाउनु हो । आफ्नो ज्यान जोखिममा राखेर भात न पानीको चिन्ता छोडेर निरन्तर जोखिमपूर्ण स्थलमा गएर समाचार संकलन गर्नु चानचुने कुरा होइन । सामान्य घरमा बुढाबुढीको झगडा देखि ३ महिनाको बालिका आफ्नै बाबुद्घारा बलात्कार, सम्बन्ध बिछोडदेखि विभिन्न सभा समारोह, उद्घघाटन, किसानको मल बिउदेखि उनीहरु पुरष्कृत, सामान्य व्याक्तिदेखि राष्ट्रपतिसम्मका राम्रा नराम्रा समाचार बनाउदैमा जीवन बितिरहेको छ पत्रकारहरुको । उसले आफ्ना समाचार कहिल्यै बन्द गरेको छैन ।
अहिलेको विषम परिस्थिति अर्थात कोरोना कहरको यस महामारीमा बिभिन्न स्थानमा रहेर समाचार संकलन गर्दा सक्रमित भएर अस्पताल वा होम आइसोलेसनमा बस्दा वा बसेर फर्कदा समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन । जो आफू ज्यान जोखिमा पारेर समाचार संकलन गर्छ उ कोरोना पोजेटिभ भएपछि पनि निरन्तर समाजलाई सूचना समाचार प्रवाह गरिरहन्छ । उसलाई समाज र राज्य तथा सरकारले हेर्ने दृष्टिकोणमा सुधार भएको देखिदैन ।
पत्रकारिता सूचनाको समुद्र हो ।
विश्वले आज स्वतन्त्र पत्रकारितको अभावमा प्रजातान्क्रिक समाजको परिकल्पनासम्म गर्न सक्दैन यो सत्य हो । प्रजातान्त्रिक संस्कृतिलाई संस्थागत बनाउन आजको पहिलो आवश्यकता हो । पत्रकारिता भनेको दुनियाँ भरकै आवाज विहिनहरुको आवाज हो । जस्ले समाजमा भएका विकृति र विसंगतिहरुको पर्दाफास सबैभन्दा अग्रपंत्तिमा रहेर गरिरहेको छ । त्यसले शासक र शासित वर्गविचको भेदभावलाई अन्त्य गर्न लागि परिरहेको छ । एकदुई नराम्रा व्यक्तिको कारण पूरै पत्रकारीता क्षेत्रलाई धुमिल बनाउन मिल्दैन । समाजमा पछाडी परेका हेपिएका वा ओझेलमा परेका कुनै पनि कुरा उजागर गर्छ । समाजमा भएका राम्रा अथवा सराहनीय कार्यलाई विश्वसामु पु¥याउने कार्य गर्दछ । यसरी समाजमा भए गरेका हरेक क्रियाकलावलाई नागरिक सामु पु¥याउने भनी राज्यले चौथौ अंङ्गका रुपमा परिभाषित गरेको क्षेत्र ओझेलमा पर्दा मर्कामा पर्दा त्यसलाई समाजले पनि हेर्नु पर्छ ।
पत्रकार पेशा भित्रको आचर संहितामा बसेर व्यापार, व्यावसाय, गरिव निमुखा, जातिय सम्प्रदाको शिकार बनेकादेखि राज्यका सम्पूर्ण कार्यको खोजमुलक कुरा नागरिकसम्म पु¥याउने सिङ्गो राष्ट्रको सेवा गरिरहने पत्रकारिता भित्रका पत्रकारहरुको पनि खबर राष्ट्रका आँखाले राख्न सक्नु पर्छ । प्रत्येक खबर भित्रका खबरलाई सजिलैसँग उजागार गर्नेको खबर समाज र राष्ट्रले राख्न सके मात्र समाज र राष्ट्रको खबर पनि स्वतन्त्रपूर्ण ढंगले पत्रकारले पनि राख्न सक्छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)