प्रकृतिले नै मनमोहक पर्यटकीय स्थल सुुम्पेको नेपाल बाहिरी देशका बनावटी गन्तव्यभन्दा सयौं गुणा रमणीय छ ।
सानो भूगोल भएर पनि नेपालमा हेर्न लायक हजारौं ठाउँहरु छन् । कमी छ त केवल त्यहाँसम्म पुग्ने सहज सडक सञ्जाल, सुलभ सवारी साधन, उचित खानपान तथा वासस्थानको व्यवस्था अनि स्थानीयहरुको पर्यटकमैत्री व्यवहार र निश्चित ठाउँको प्रचार मात्र । सामान्य रुपमा यति कुरा नभए पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुने कुरा खासै सान्दर्भिक हुँदैन । नेपाल जस्तो रमणीय देशका अगुवा नागरिक, राज्यका जिम्मेवार निकाय र व्यक्ति तथा सरकारमा मडारिने राजनीतिक दल र राजनीतिकर्मीले कहिले गम्भिर भएर यतातर्फ सोचेको पाइदैन । पर्यटन प्रवद्र्धनको गफ भने डंका पिटेर गर्न उनै सरोकारवालाहरु अग्रसर हुन्छन् । उचित सुविधा र आकर्षण विना बाहिरी मानिस त्यस्ता ठाउँमा जाँदैनन् । र पर्यटन प्रबद्र्धनको कुरा सधै गौण नै रहन्छ ।
नेपालको सबैभन्दा बढि पर्यटक पुग्ने पोखरामा पनि पछिल्लो समयमा प्याराग्लाइडिङ्ग, बन्जी जम्प जस्ता केही शाहसिक खेल बाहेक स्थानीय तवरबाट बाहिरी मानिस आकर्षित गर्ने नयाँ आयामहरु खासै बढाएको छैन । छन् त केवल केही मठमन्दिर, प्राकृतिक ताल, तलैया, हिमाल, पहाड र प्राकृतिक मनोरम दृष्य मात्र । यति हुँदा पनि पोखराका सयौं होटल, हजारौं मानिस पर्यटक भित्रिएकै खर्चले आफ्नो जीविकोपार्जन गरिरहेका छन् । चालु सिजनमा पनि पोखराका होटल व्यवसायीहरु प्रचारात्मक शैलीमा पर्यटक आकर्षित गर्न देशका विभिन्न भागसम्म पुगेका छन् । पोखरामा पुग्दा हरियाली प्राकृतिक दृष्यावलोकन गर्न पाइने एकै ठाउँमा धेरै कुराहरु भने छन् । स्थानीयस्तरमा थोरै सफाइ र साजसज्जाले पोखरेलीले लाखौं मानिस आकर्षित गरेका छन् । महिनौं दिन पनि कतिपय मानिस पोखरामा भुलेका छन् । यसको तुलनामा अधिक जनसंख्या बसोवास गर्ने मध्य तराईमा पर्यटकका लागि २/४ दिनसम्म रोक्न सक्ने बासस्थान, खानपान, पर्यटकमैत्री व्यवहार र हेर्न लायक ठाउँको साजसज्जा भएको छैन ।
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
मानिस केवल पहाड र हिमालसँग मात्र मोहित हुदैन । समथर भूभागको अपार कृषिका सुन्दर फाँट, यहाँको स्वच्छन्द हावा, औद्योगिक क्षेत्रका बनावटी बस्तु, जंगलसफारी, मठमन्दिरका मनोरम दृष्य, किसिम–किसिमका चराचुरुङ्गी र यहाँको पहिचान तथा संस्कृति प्रति पनि मानिसको मोह उत्तिकै हुन्छ । यो कुरा प्रति स्थानीय स्तरमा पर्यटक आकर्षित गर्न ध्यान पु¥याइएको छैन । न त पर्यटक भुल्ने उचित ठाउँको साजसज्जा, स्तरीय सडक सञ्जाल, बासस्थान, खानपान र पर्यटकमैत्री वातावरण सृजना गर्न सकिएको छ ? घर बाहिर निस्कँदा घर फर्केको व्यक्ति घरका मानिसले नै नचिन्ने गरी कुरुप भएर घर फर्कन्छ । स्तरहीन सडक, फोहोरको डंगुर, उल्टो पर्यटकमैत्री वातावरण, यस्तो व्यवहारले यहि ठाउँबाट मुलुक छिरेका पर्यटक पनि यहाँ रोक्न सकिएको छैन । माथितर्फ एउटा औला तेस्र्याएर आरोप लगाइ रहँदा बाँकी औला आफूतर्फ पनि फर्केको सरोकारवालाले हेक्का राखेको पाइदैन ।
आफ्नो ठाउँमा पर्यटकलाई मोहित पार्ने कल्चर, पर्यटकमैत्री वातावरण र उचित खानपान र वासस्थानको व्यवस्था तथा सडक संजाल र दृष्यावलोकनका लागि कृतिम नै भए पनि उचित गन्तव्यको पर्याप्तता तयारी गर्न ढिलो भइसकेको छ । त्यसैले वीरगन्ज क्षेत्र मात्र नभई यो प्रदेशमा मुलुकको नै प्रमुख स्थलमार्ग र यो आसपासको क्षेत्रमा पर्यटक रहन रुचाउँदैनन् । पर्यटकले राम्रो ठाउँ भएर पनि बस्ने रुची नदेखाउन्जेल पर्यटन प्रबद्र्धनका कुरा गरेर मात्र प्रर्यटन प्रबद्र्धन हुँदैन ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)