परापूर्वकालदेखि सौखिन मानिसहरुले गमलामा माटो र मल राखी फूलहरुको विरुवा लगाउने र त्यसलाई घरको छत, आँगन र कौसीमा राखेर घरको सौन्दर्यता बढाई आन्नदित हुने प्रचलन सर्वविदित नै छ । क्रमिक रुपमा वर्तमानमा पनि यो कार्यलाई निरन्तरता दिइदै छ । अझ आधुनिकताले गाँजेको यो शताब्दीमा कम जमिनको अभावलाई समेत दृष्टिगत गरी यहि गतिलाई विकसित रुप दिदै कौसीमा थप तरकारी तथा सागपातको विरुवा पनि गमलामा नै लगाई सौन्दर्यतासँगै अतिरिक्त लाभ लिने चलन ह्वात्तै बढेको छ । समाजिक तथा आर्थिक लाभ लिने अर्को नाम कौसी खेती भएको छ । वैज्ञानिक रुपमा घरको छत, आगन र कौसीमा गमला, खाली डब्बा र अन्य भाडोमा माटो र मल राखी मौसम अनुसार सागपात, तरकारी र फलफूलको खेती गर्ने प्रणाली बढेसँगै यसैलाई कौसी खेती भन्ने पनि गरिएको छ । यस खेती प्रणालीले घरको सौन्दर्यता बढाउनुको साथै वातावरण स्वच्छ र सन्तुलन राख्न पनि मद्दत गरेको छ । साथै परिवारलाई आवश्यक पर्ने बिहान बेलुकीको ताजा सागसब्जी आपूर्ति गर्नमा पनि निकै सहज भूमिका खेलेको तथ्य जगजाहेर छ ।
अमेरिका, युरोप, जापान, जर्मनी जस्ता विश्वका विकसित देशहरुको औद्योगिक शहरहरुमा कौसी खेती तर्फ मानिसहरुले अतिनै उत्सुकता बढाएको पाइन्छ । यस क्रममा न्यततबm न्चभभलक, द्ययकतयल ज्ष्नजभच न्चयगलम र न्चभभल उयतबतय नामक संस्थाहरुले क्रमशः अमेरिका र जापानमा हजारौं मानिसहरुलाई रोजगारी दिनुको साथै दैनिक फलफूल र तरकारीको आपूर्ति गरिरहेका छन् । यस क्रममा भारत र नेपालका शहरहरु केरला, बैंगलोर, मुम्वइ, हरियाना, दिल्ली र काठमाण्डौं तथा पोखरा शहरमा पनि कौंसी खेतीको प्रचलन व्यापक रुपमा बढिरहेको छ ।
औद्योगिक नगरी वीरगंजमा विकासको साथै जनघनत्व पनि बढिरहेको कारण वातावरण असन्तुलन छैन भन्ने अवस्था छैन । धुलो, धुवा, फोहर र जनघनत्वले गर्दा उत्पन्न हुने फोहोर प्रतिदिन यहाँ पनि बढिरहेको छ । वीरगंजको गल्ली, सडक र चोकहरुमा फोहोरको चाङ्ग थुप्रिएर प्रदुषण व्यापक फैलिरहेको जो कोहीले आफ्नै आँखाले देख्न सक्छ । वीरगंज शहरको तरकारी बजारमा विषादीयुक्त तरकारीहरु बिक्री वितरण भइरहेको तथ्य बाहिर आइसकेको छ । तथापि नगरवासीहरु मौन रहेका छन् । विषादीयुक्त सागसब्जी सस्तो भएकोले शहरवासीहरु धमाधम मन्द विषको सेवन प्रति दिन गरिरहेका छन् । यसरी सागसब्जीमा प्रयोग हुने विषहरुको मात्रा प्रत्येक शहरवासीको शरीरमा क्रमिक रुपमा थपिदैछ । जुन दिन ती विषहरुको मात्रा शरीरमा बढी हुन्छ । मानिसहरु अचानक मृत्युको चपेटामा पर्ने छन् । विषको साधारण लक्षणहरु शरीरमा सेतो फुस्रा डाम देखिने, चिलाउने, छालामा खस्रोपन हुने, मृगौला खराव हुने, लिभर खराव हुने, अल्छिपना र उच्च रक्तचाप पनि हुने चिकित्सकीय तथ्य बाहिर आइरहेको छ । विषादीयुक्त तरकारी सब्जीको विकल्प सानो मात्रामा भए पनि कौसीखेती हुन सक्छ । यदि प्रत्येक शहरवासीहरुले कौसी खेतीतर्फ आकर्षण बढाए केही मात्रामा विषादी सेवनको असरलाई घटाउन सकिन्छ । कौसीखेती गरेर शुद्ध, सफा ताजा, प्राङ्गारिक पोषिलो सागसब्जी आफ्नै छत वा कौसीमा उत्पादन हुँदा विषादीयुक्त तरकारीबाट थोरै भए पनि मुक्त हुन सकिन्छ ।
कौसी खेतीको सान्दर्भिकता ः
१) कौसी खेतीले घर आँगनको शोभा बढाउनुको साथै परिवारलाई आवश्यक पर्ने सागसब्जी उत्पादन हुन्छ ।
२) भान्सा कोठाबाट उत्पादित फोहरलाई मलको रुपमा प्रयोग गरी घरको फोहोर घरमा नै व्यवस्थापन गर्न सकिन्छ ।
३) कौसी खेतीको हरियालीले घरको वातावरण स्वच्छ रहन्छ । अनि शहरको धुलो, धुँवा र प्रदुषणलाई कम गराउन बल पुग्छ ।
४) जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न पनि बल मिल्छ ।
५) कौसीखेती गर्दा शरीरका हातखुट्टा चलाउनु पर्ने हुँदा प्रतिदिन कसरत भई स्वच्छ र स्वस्थ्य शरीर राख्नमा सहयोग पनि हुन्छ । जसले गर्दा रोगहरु कम लाग्छ ।
६) कौसी खेतीको उत्पादन बढि भए बेचबिखन गरी आर्थिक लाभ लिन सकिन्छ । साथै सौगातको रुपमा ईष्टमित्रलाई आत्मियताको लागि दिन पनि सकिन्छ ।
७) मूल्यवान् जडीबुटीको विरुवा लगाई स्वस्थ्य जीवनयापन गर्न सकिन्छ ।
८) कौसीखेती सुरक्षित ठाउँमा हुने भएकोले केही अनुसन्धानात्मक कार्य गर्न सकिन्छ । बिज वृद्धिको कार्य गर्न पनि सकिन्छ ।
९) हल्का कसरत गर्ने मुटु रोगीका कौसीखेती स्वस्थ्य रहन बरदान पनि हुन सक्छ ।
१०) शहरी वातावरणलाई हरियो बनाई प्रदुषणमुक्त बनाउन सकिन्छ ।
कौसी खेतीले मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको छ । यदि प्रत्येक शहरवासीले आफ्नो छतको क्षमतानुसार कौसी खेती गर्ने हो भने प्रत्येक घरबाट उत्सर्जन हुने फोहर व्यवस्थापन भई गल्ली, चोक र सडकमा फोहोरको मात्रा निश्चित रुपमा कम हुन्छ । फोहोर कम भयो भने शहर सफा रहन्छ । महानगरपालिकाको कृषि र वातावरण शाखाले कौसीखेती तर्फ योजना बनाउन आवश्यक देखिन्छ । शहरवासीहरुलाई कौसी खेतीतर्फ आकर्षित गराउन आवश्यक छ । कृषि ज्ञान केन्द्र र सरोकारवालाले कौसी खेतीको व्यापक प्रचार प्रसार र प्रदर्शनी गराउन पनि जरुरी छ । शहरको विद्यालय, कार्यालय र अन्य संघ संस्थामा कौसीखेती तर्फ जागरुकता गराउन आवश्यक छ । कौसी खेतीले वातावरण स्वस्थ्य राख्नमा अहम भूमिका खेलेकोले यसलाई व्यापक रुपमा अगाडी बढाउन राजनीतिकर्मीहरुले सरकारी स्तरमा योजना ल्याउन जरुरी छ । कौसी खेतीबाट लाभ लिई शहरी वातावरणलाई प्रदुषण मुक्त राख्न र वातावरण स्वच्छ बनाउने शिर्षकले महत्वपूर्ण उत्साह शहरवासीलाई दिने छ । कौसीखेती गर्दा आफ्नो घरको छतको भारवहन गर्ने क्षमता भने आंकलन गरेर मात्र गर्नु पर्ने हुन्छ । नत्र यसले जनधनको क्षति चाही नहोला भन्न सकिन्न ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)