प्रदेश २ मै एक मात्र चारतारे रिसोर्ट वीरगंजमा सञ्चालनमा आएको छ ।
वीरगंजका व्यवसायी सुनील खेतानको एक अर्ब रुपैयाँको लगानीमा वीरगंज–१४ बहुअरीमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्ट सञ्चालनमा आएको हो ।
भारतको चर्चित होटल ब्रान्ड क्लार्कको व्यवस्थापकीय जिम्मेवारी लिएको रिसोर्टमा ६० वटा आरामदायी कोठा, १५ सयदेखि २ हजार व्यक्ति अटन सक्ने कन्भेन्सन हल, डेढ सयदेखि ३ सयजना अट्ने चारवटा व्यवस्थित सभा हल, स्वीमिङ पुल, क्यासिनो, ओपेन एयर थियटर पार्क, ओपेन एयर किचेन, पार्किङ्ग स्थल, बगैंचा लगायत संरचना निर्माण गरिएको छ । हाल रिसोर्टमा जन्मदिन, वैवाहिक वर्षगाँठ, वैवाहिक कार्यक्रमको बुकिङ खुला गरिएकोमा एक सातामा ५ वटा सम्म कार्यक्रम सम्पन्न भएको उनले बताए । व्यवस्थापकीय पक्षको जिम्मा लिएको क्लार्कले १५ जना कर्मचारी नियुक्त गरेको छ भने रिसोर्टले नेपाली ५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रारम्भिक चरणको तयारी रहेको छ ।
३ वर्षअगाडीदेखी निर्माण कार्य शुरू गरिएको यो रिसोर्ट दुर्ई बिघा क्षेत्रफलमा फैलिएको सञ्चालक खेतान बताउँछन् । नारायणी सिंचाइ डिभिजन नं ५ गण्डक बहुअरीभन्दा ७ सय मिटर पूर्व अवस्थित रिसोर्टले एक सातादेखि कन्भेन्सन हल र रेस्टुराँ सञ्चालनमा ल्याएको छ ।
वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका खेतानले यसअघि कागज उद्योग र रेडियो व्यवसायमा लगानी गरेका थिए । वीरगंजमा सुविधासम्पन्न रिसोर्टको आवश्यकता महसूस गर्दै भारतको क्लार्क ब्रान्डले लखनउको पाँच तारे होटल अवधबाट जारी राखेको होटल फ्रेन्चाइजसँग नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन होटलको रूपमा हिमाल वाटर पार्क एन्ड भिलेज रिसोर्टलाई अनुबन्धित गरेको थियो । सम्पुर्ण सञ्चालनको जिम्मा चर्चित ब्रान्ड क्लार्कलाई नै दिने गरि होटलको गुणस्तरीयमा ध्यान दिइएको खेतानको भनाई छ ।
कलार्कको पहिलो विदेशी प्रडक्ट भएकाले पनी अन्तर्राष्ट्रियस्तरको रिसोर्टको सुविधाले नेपाली ग्राहक तथा देश घुम्न आउने पर्यटकले सेवा सुविधाबाट फाइदा लिन सक्ने उनको विश्वास छ ।
वीरगंजमा अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत सञ्चालन हुने दियालो लड्र्स प्लाजापछि यो दोस्रो लगानी हो । दियालोमा भारतीय फ्रेन्चाइज लड्र्स प्लाजाले प्रबन्धन हेर्दै आएको छ । जसमा वीरगंजका उद्योगी तथा नेता अनिल रूँगटाको लगानी छ । उक्त होटल चार तारे मापदण्डमा एक वर्षदेखि सञ्चालनमा छ ।
तीनवर्षको अथक प्रयासपछि अहिले निर्माणको अन्तिम चरणमा हिमाल वाटरपार्क एण्ड भिलेज रिसोर्टमा ६० वटा कोठासहितको होटल ब्लकको काम जारी गरिएको छ । आगामी ८ महीनामा होटल पुर्ण क्षमतामा सञ्चालन गर्न सकिने खेतानको योजना रहेको छ । उनका अनुसार होटल ब्लक बनेपछि रिसोर्ट परिसरमा चारवटा एक्जुकेटिभ स्वीट्स, आठवटा एक्जुकेटिभ कोठा, आठवटा स्वीट्स, २६ वटा किङ र फुल फ्लेज्ड रेस्टुराँ सञ्चालनमा आउनेछ । पुर्ण रुपमा रिसोर्ट सञ्चालनमा आएपछि साढे ४ देखि ७ हजारसम्ममा आरामदायी कोठा बूक शुरू गर्ने रिसोर्टको तयारी छ ।
ग्लोबल आइएमई बैंकले ऋण उपलब्ध गराएको रिसोर्टले काठमाडौंपछि वीरगंजमास्तरीय रिसोर्ट सञ्चालनमा ल्याएको छ, जसले प्रदेश २ मा बिहार, उत्तरप्रदेश तथा अन्य राज्यबाट वैवाहिक कार्यक्रम तथा अन्य औद्योगिक प्रयोजनको लागि आउने पयर्टकलाई आकर्षित गर्न सक्दछ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)