रौतहटको मौलापुर नगरपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी २४ शिक्षकलाई नियुक्ति दिएको छ।
नगरपालिकामा सञ्चालित विद्यालयमा शिक्षकको अभाव रहेकोले बालबालिकाको पढाइ प्रभावित हुन नदिन नगरपालिकाले आफ्नै स्रोतमा शिक्षक नियुक्त गरेको हो । नगरपालिकामा १३ विद्यालयमा ७ हजार ६३ विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको अनुपातमा शिक्षकको संख्या अत्यन्त न्यून छ।
नगरपालिका सबै तहको गरी ७८ शिक्षकको दरबन्दी रहेकोमा चार वटा दरबन्दी रिक्त रहेका छन्। कार्यरत एक शिक्षकमा विद्यार्थीको अनुपात ९५ जनाभन्दा बढी भएको नगरपालिकाले बताएको छ ।
यस्तो अवस्थामा पनि केन्द्र र जिल्लासित शिक्षकको माग गर्दा पठाउन नसकेकोले नगरपालिकाले आफ्नो स्रोतबाट शिक्षक भर्ना गर्नुपरेको शिक्षा संयोजक चन्देश्वर साहले बताए ।
नगरपालिकाले प्राथमिक तहमा नेपाली माध्यमतर्फ ५ र अंग्रेजी माध्यमतर्फ गरी १० जना, निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका २ गरी २४ शिक्षकलाई करारमा नियुक्त गरेको हो । नगरपालिकाद्वारा नियुक्त नयाँ शिक्षकमध्ये आठ जना महिला छन् ।
नगरपालिकाले प्राथमिक तहको नेपाली माध्यमका शिक्षकलाई १८ हजार, अंग्रेजी माध्यमका शिक्षकलाई १९ हजार, निम्न माध्यमिक तहका शिक्षकलाई २० हजार तथा माध्यमिक तहको शिक्षकलाई २२ हजार रूपैया मासिक तलब दिने निर्णय गरेको छ ।
शिक्षकको अभावमा पठनपाठनमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिइएको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहले बताइन्। नगरपालिकाका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन र शिक्षाको गुणस्तरमा वृद्धि गर्न पनि नयाँ शिक्षकबाट सहयोग पुग्ने मेयर साहको भनाइ छ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)