नेपाल कृर्षि प्रधान देश भनेर सबैतिर परिचित छ । देशको करीव दुई तिहाई जनसख्याकोे जिबिकोपार्जन पनि कृषिसँग नै जोडिएको छ । कृषिकर्म गर्ने किसानहरुको समस्या राज्यको समस्या हुनुपर्ने थियो । तर यो राज्यको आँखासम्म पुग्न नसक्नु बिडम्बना हो । गरिवीको रेखा मुनि थलिएको नेपालमा भएको जग्गा जमिनमा बेरोजगार युवाहरुको आकर्षण बन्न नसक्नु अत्यन्तै दुःखद कुरा हो । प्रत्येक बर्ष किसानको गुनासो आन्दोनन र निवारणका लागि ठूल्ठूला योजनाहरु बन्ने गरेको भनिन्छ । तर कृषि क्षेत्रको आधुनिविकरण सरकारमा सरकारको नीति तथा कार्यक्रम अनि घोषणाहरु केवल शब्दजालमा मात्र सिमित देखिन्छ । प्रत्येक बर्ष कृषि क्षेत्र ओरालो लाग्ने क्रममा छ । कति युवाहरु खेति गर्न छोडेर बैदेशिक रोजगारका लागि खाडी मुलुक तर्फ धकेलिएका छन् । कति परिवार गाँउ छोडेर शहर तिर झरेका छन् । अधिकांस उब्जाउ हुने खेत बाँझो राखेर किसानी जनजिवनबाट पलायन हुने क्रममा छन् । पलायन हुनु आफ्नो बाध्यता भएको किसानहरु बताउँछन् ।
कृषि पेशामा लागेका कृषकको रुची वा आत्मबल बढाउने कुनै योजना न सरकार सँग छ । न भएकोलाई कार्यावन्यनको दिशामा ल्याएको देखिन्छ । किन मरिहते गरेर खेतमा डल्ला फोर्नु ? किन पसिना बगाएर बाली लगाउनु ? किसान भएर पनि कृषकको हातमा औजार छैन । हलो कोदालो अनि हँसिया छैन । सिंचाई गर्ने पानी छैन, लगानी गर्ने पैसा छैन, उन्नत जातको बिउ बिजन, मलखाद, आधुनिक खेति गर्ने गराउने प्राविधिक छ्र्रैन । जसोतसो किसानले आफ्नै बल र नङ्ग्रा खियाएर उत्पादन गरेको छ । तरकारी बाली पनि त त्यहि हो । त्यसैलाई वेचविखन गर्ने बजार छैन । देश कृषि प्रधान । स्वरमा ठूलो भाषण मात्रै छाटेर आखिर कहिलेसम्म वास्तविक किसानले आँसु पुछ्न सक्छ सरकार ।
वास्तविक अवस्था
कृषि भन्नाले जीविकोपार्जन, आर्थिक उपार्जनको मात्रै पाटो नभएर रोजगारीको पनि मुख्य पाटो हो । तर राज्यले उपयुक्त समयमा किसानलाई हेर्ने दृष्टिकोण नबनाएकै कारण प्रत्येक बर्ष उत्पादनमुलक सामाग्रीमा ह्रास आएको छ । हाम्रोे देशमा अहिले पनि फलफुल ८०%, दाल ५०%, चिनी ३०%, तेल ५६% र अन्य तेस्रो मुलुकबाट आयात हुने गर्दछ । कुखुरा, अण्डा, तरकारी आदीको उत्पादन निक्कै बडेको छ । तर उत्पादित बस्तु निर्यात हुन नसकदा अथवा सुफथ मुल्य नपाउँदा वा बजारीकरण गर्न नसक्दा किसानहरुको लगानी र मिहनेत यतिकै खेर गएको छ । नेपालमै उत्पादन हुने बालीलाई उत्पानकत्व तथा उचित व्यवस्थापन गर्न सक्ने हो भने बर्षनी उखुको मुल्य नपाएर उखु किसानले सडक आन्दोलन गर्दे पसिना बगाएर उब्वाएको उखुको मुल्यको तड्पिनु पर्ने थिएन । श्रमको मूल्य लिन आन्दोलनरत उखु किसान त अहिलेको सामुन्ने देखिएको उदाहरण मात्र हो । यस्ता थुप्रै उदाहरण छन् जो राज्यको आँखाले देखोस् भन्ने यो सांकेतिक आन्दोलन मात्र हो ।
उत्पादनमा प्रविधि ः
किसानहरु सधै यहि आशा लिएर काम गर्छन् कि हाम्रो पसिनाको कमाइले हाम्रा बालबच्चालाई उचित शिक्षा तथा सरल जनजिवन दिन सँकु तर आधुनिक खेतिमा किसानलाई प्रोत्साहन गर्ने, सहजै मल तथा बिउ विजनको प्रवन्ध कसरी मिलाउने ? खेति गर्ने आधुनिक प्रकरण तथा विउलाई व्यावस्थापन गर्ने ? स्थानीय सरकारमा आएको कृषि आधुनिकरण बजेटलाई कसरी र कहाँ सदुपयोग गर्ने, उत्पादन भएकोे सामग्रीलाई अनलाईन मार्फत छिटो तथा छरितो ढंकले पुरउने वा प्रचार गर्ने जस्ता कृर्षि प्राविधिक पक्षलाई ध्यान दिन सकियो भने पनि केहि हद सम्म किसानी पदतिको विकास हुने थियो ।
मुलुकमा औद्योगिकरणको विकासको लागि मुख्य आधार कृषि हो । राज्यको औद्योगिकरणको लागि भए पनि उपलब्ध स्रोत र साधनलाई कृषिमैन्त्री बनाउन नसकेकै कारण आज उत्पादन हुने प्रमुख खाद्य वाली धान, मकै, कोदो, गहँु फापर आदिको लागि पनि अन्य देशकै मुख ताक्नु पर्ने अवस्था छ । राज्यले कृषि नितिलाई दुर्गम तथा ग्रामिण भेगमा कृषि क्षेत्रको उन्नतिको लागि प्रोत्साहन दिन नसक्नु आज कृषिमा किसानहरु निरासजनक हुन पर्ने बाध्यता छ । कृषिलाई महत्व दिनको लागि खाद्य सुरक्षा, गरिव न्युनिकरण, आर्थिक बृदिदर, व्यापारीक घाटा नाफा न्युनिकरण, खोज अनुसन्धान, आत्मनिर्भर, स्वास्थ्य तथा रोजगारी नै प्रमुख हुन् भनेर बुझ्न नसक्नु वा बुझेकाले कार्यावन्यन गर्न नसक्नु कै कारण हामी पछि छौं भन्ने कुरा बुझ्न विलम्ब भइसक्यो ।
कृषि प्रधान देशका नागरिक हौं भनिरहँदा हाम्रो देशमा कुन ठाँउमा कुन बाली उत्पादन हुने स्थान पहिचान गरि लगानी गर्ने वातावरण मिलाउन सकियो भने किसानहरुको मिहेनतले साकार रुप लिन्छ । त्यसो भएमात्र मेहेनत वेकार नजाला । प्रदेश नं १ धान, चिया, सुपारी , प्रदेश नं २ तरकारी, धान, उखु, यी साना उदाहरण मात्रै हुन् । अब बुझ्नै पर्ने कुरा भनेको संघ प्रदेश तथा स्थानीय तहले कृषि आधुनिकरण गर्न सकेन भने देशले न समृद्धि पाउछ न जनताले सुख । तसर्थ देशको विकाश तथा बेरोजगारी समस्याको लागि पनि देशमा कृषिकर्ममा लाग्नेहरुलाई व्यवहारिक रुपमा प्राथमिकतामा राख्न सक्नुपर्छ । कृषि उपजको सुरक्षा प्रत्याभुत गराउन प्राविधिक तथा यन्त्रिकरणमा जोड दिएर उत्पादकत्व बढाउनुको साथै बजारीकरणको सुनिश्चता गर्न सक्नु पर्छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)