तराईको उर्वरभूमि धान खेतीकोलागि आदर्श मानिन्छ । सदियौंदेखि यस भूमिमा धानखेती हुंदै आइरहेको छ । भोजपुरी भाषामा भनिने ‘दहाड सुखाडु अर्थात् बाढी र खडेरी जुनसुकै अवस्थामा पनि किसानहरुले धानको खेती गरेर भाग्य अनुसारको बाली उब्जाउने गरेको परम्परा नै रहेको पाइन्छ ।
धानको खेती र उब्जनी प्रशस्त हुने भएको हुनाले यस क्षेत्रका मानिसहरुको मुख्य आहार पनि चामलको भात नै रहेको छ । धानको पराल तथा चामलको ढुटो (ब्रान) भने पाल्तु चौपायाको आहारकोलागि उपयुक्त हुन्छ । परालले ओछ्याएर सुत्ने ‘चटाइु, बस्नकोलागि ‘बिठइु पनि बनाइन्छ तथा पराल फुसको घर छाउनकोलागि पनि प्रयोग गरिन्छ । धानको भुस आगो बाल्नकोलागि प्रयोग हुन्छ । जाडो महिनामा तराइमा बालिने ‘घुरुको प्रमुख ज्वलनशील सामग्री मध्ये धानको भुस पनि एउटा अत्यवश्यक पदार्थ हो । समग्रमा भन्ने हो भने धानको प्रत्येक अवयव मान्छेका जीवनयापनकोलागि उपयोगी हुन्छ । समय अनुसार धानको खेती तीन समयमा गरेको पाइन्छ ‘सारोु(भदैया), ‘दतुला’ ‘अगहनी’ (मुख्य धानबाली)। सारो धानको बिउ कृतिका, रोहिणी नक्षत्रमा नै ब्याडमा राखिन्छ तथा बीस एकाइस दिन पछि मुख्य खेतमा सारिन्छ । सारो धान खेतमा रोपाइ गरे पछि प्रायः नब्बे दिन भित्रमा तयार भइहाल्दछ । सारो धान तयार हुने दिन भदौ महिना हो ।
भदौ महिनामा साधारण गृहस्थको भकारी प्रायः रित्तिइ सकेको हुन्छ । यस्तो विषम स्थितिमा सारो धानले संजीवनी सरहको काम गर्दछ । अगहनी धान मुख्यबालीको रुपमा गरिने भएकोले साउनको अन्त्य तथा भदौको शुरुसम्ममा खेतमा रोपइ गरि सक्नु पर्ने हुन्छ । यस प्रकारले रोपाइ गरिएको धान कार्तिक महिनाको अन्त्य तथा मङशीर महिनाको शुरुमा तयार हुन्छ । रब्बीबालीको रोपाइ गर्ने बेला त्यहि महिना भएको हुनाले तयार धानबालीको कटनी गरेर खलामा थन्क्याएर पहिला रब्बीबालीको रोपाइ गरेर मात्र धानको दाइं गरेर घरमा भिœयाइने गरिन्छ । सारो धान काटि सके पछि खाली भएको खेतमा पुनः खनजोत गरेर पहिलो ब्याडबाट अर्को ब्याडमा सारिएको धानको बेर्ना पुनः उखेलेर रोपाइ गरिन्छ । यस प्रकारले लगाउने धानबालीमा परिश्रम तथा खर्च बढी लाग्ने भए पनि एउटै खेतबाट दुइचोटि पाइने धानबालीले किसानको हकमा दोहरो फाइदा पुग्दछ । यस प्रकारले रोपिने बालीलाइ भोजपुरी भाषामा ‘दतुला’ भन्दछन । दतुलाको रुपमा प्रायः बासमती धान नै लगाउने गरिन्छ । बासमती धानको डा“ठ अग्लो तथा धेरै पराल (काउर) हुने भएको हुनाले मोरहनको रुपमा लगाएमा हावाले ढलेर कुहिने समस्याको समाधानको रुपमा दतुला विधिले सो धान लगाउदा विशेष लाभदायक हुन्छ ।
वत्र्तमान समय वैज्ञानिक युग हो । जीवनोपयोगी प्रत्येक क्षेत्रमा वैज्ञानिक अनुसंधान हुदै छ तथा विकासे मल, बिउ,किटनाशी पदार्थहरुको नया नया नमूना आउदै छन । यस्तो स्थितिमा धानका पुराना प्रकारहरु वैज्ञानिक अनुसंधानद्वारा विस्थापित हुदै गइरहेका छन तथा कम गुणस्तरका बढी उब्जनि हुने धानका प्रकारहरु देखिदैछन जसले दिनानुदिन बढदो जनसंख्याको आहारलाइ थेग्ने भरमग्दुर प्रयास गर्दै छन । केहि दशक अघिसम्म सारो धानको रुपमा गद्दर, मुटुरी, सनखरिका, झाली, गजगउर,साठी,कटउझर, नोखी आदि प्रसिद्ध थिए भने आज विभिन्न वैज्ञानिक नाम भएका सारोधानहरुको बाली लगाइदै छ । अगहनी धानमा मुख्य दुइटा प्रकार हुन्थे ।
मोटो तथा मसिनो । मोटोमा हाथीझुलन, ला“झी, खे¥हा, बा“सपूmल, दूधराज, सतराज, हरखेत, मनेसरा, सीलन अनन्दी, मर्चा आदि नाम गरेका धानहरु हुन्थे भने मसिनोमा बासमती परिवारका बहरनी, रातोबासमती, ब्रह्माभूसी, रामजवाइन, कनकजीरा,कस्तुरी, गोखुलचन्द नाम गरेका धानहरु हुन्थे । खानकोलागि दुइटै किसिमका धानहरु अत्यन्त स्वादका हुन्थे । मोटो धानको चामल सेतो भए पनि भात चाहि रातो तथा स्वादिलो हुन्थ्यो ।
बासमती धानको रातोबासमती र कस्तुरी बाहेकका अन्य बासमती धानका दानाहरु मसिनो आकारका हुन्थे । चामल मसिनो आकारको भए पनि भात लामो लामो तथा बास्नादार हुन्थ्यो । गृहस्थको भान्छाघरमा बासमती चामलको भात पाक्न थाले पछि छड्कने बेलामा छिमेकका मानिसहरुले कुन घरमा बासमती चामलको भात पाकिरहेको छ, सजिलै थाहा पाउदथे । धानको प्रयोग केवल भात पकाउने प्रयोजनकोलागि मात्र न भइ खट्टे तथा च्यूरा बनाउनकोलागि पनि प्रयुक्त हुन्छ । अनन्दी धानको खट्टे यस क्षेत्रमा प्रसिद्ध रहेको छ । अनन्दी धानको पनि दुइ प्रकार हुन्छ–‘भडेवाु अनन्दी तथा ‘पखियावाु अनन्दी । यी दुबै किसिमका अनन्दी धानको खट्टेमा फूल झैं लावा फक्रेको हुन्छ तथा गफ्फा हालेर खादा नरम तथा अत्यन्त स्वादिलो हुन्छ । आनन्दी धानको चामललाई घोनसारको माटोको कराईमा बालुवामा भुटेर लावा बनाईन्छ जस्लाई भोजपुरी भाषामा ‘भुजा ु भन्दछन् ।
भुजा,मिठा (चाकु) तथा भा“टिन (काढादार झारमा फल्ने गोलो आकारको भन्टा) को चोखा (भा“टिनलाई आगोमा पोलेर पकाई त्यसमा नुन,लसुन,करुतेल तथा हरियो खुसार्नि को टुक्रा हालेर हातले मुछि चोखा तयार हुन्छ ) मानिसहरुले स्वाद मानी खान्छन । मर्चा भन्ने धानको चिउरा अत्यन्त प्रसिद्ध मानिन्छ । हरियो र·को लाम्चो आकारको चिउरा खादा झुरुम्म झुरुम्म गर्दछ तथा दिव्य स्वाद प्रदान गर्दछ । अचेलका धानहरु प्राकृतिक जस्तो न भएर कृत्रिमता लिएको झैं देखिन्छन । बजारमा आधूनिक बी.टी. ५२ तथा अब्दुल नामका धानहरु जीराबासमतीको नाममा बिक्रि भइरहेको देखेर बाघको छाला माथि कुकुरको मासु बिक्रि भइरहेको जस्तो लाग्द छ ! के खाएर बी.टी.५२ धान कनकजीरा, र रामजवाइन जस्ता बासमतीको बराबरी गर्न सक्दछ, कुन्नि ?

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)