वीरगन्जको तराई अस्पतालका चिकित्सकको लापरवाहीको कारण विरामीको अनाहकमा ज्यान गुमाउनु परेको छ ।
कोरोना संक्रमण महामारीको बखतदेखि नै सेवाग्राहीहरुको उपचारमा चिकित्सकहरुले लापरवाहीले बिहिबार पनि एक पुरुषको अनाहकमा ज्यान गएको छ ।
कोरोना महामारीका समयमा पनि पैसा तिर्न नसक्ने भन्दै गरिब, विपन्न परिवारका अति सिकिस्त विरामीहरुलाई अस्पतालबाट हाताबाट फर्काएको घटनाहरु सेलाउँन नपाउँदै पुनः बिहीबार चिकित्सकको लापरवाहीको कारण एक पुरुषको मृत्यु भएको स्थानीयले बताए ।
सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका वीरगन्ज महानगरपालिका वडा नं. १६ निवासी ४० वर्षीय अजय सर्राफको चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको खुलेको हो । ग्यासको पीडा सहन नसकेर एका विहानै ना. २० प. ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधी चलाएको कारण एक घण्टा नवित्दै मृत्यु भएको छोरा उत्तम सर्राफले जानकारी दिए ।
मृतक अजय सरार्फका आफ्न्त अरबिन्द कुमार सरार्फले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधीले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको दावी छ । उनका अनुसार ग्याष्ट्रिकको औषधी चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधीहरु धमाधम चलाउँदा औषधीको रिएक्सनले सामान्य विरामीको पनि मृत्यु हुने गरेको पीडितहरुको दाबी छ ।
एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ रहेका व्यक्ति ( कम्पाउण्डरले ) डा. सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधी लेखेर किन्न पठाई त्यो औषधी चलाएको पीडित परिवारले कागज देखाउँदै बताए । आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधी किन दिनु पर्यो भनेर सोध्दा उल्टै बढि बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिउको मृतकका आफन्त अरविन्द सर्राफले बताए । आवश्यक औषधी नदिएर धमाधम बढि मात्रामा औषधी चलाएको कारण रक्तश्राव (ब्लड प्रेसर) उच्च भई मृत्यु हुनसक्ने उनको तर्क छ ।
यता डा. सुजित कुमार साहले भने ती विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका अजय सरार्फलाई औषधि दिए पश्चात अचानक उनको रक्तश्राव (ब्लड प्रेसर) उच्च भई ब्रेन ह्यामरेज भएको उनको भनाइ छ । विरामीको जीउमा अल्कोहलको मात्रा बढि थियो । ग्यास्टिकको समस्याले भयावह स्थित लिन थालेपछि उनले वान्ता गर्दागर्दै उनको फोक्सोमा वान्ता पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुन सक्ने उनले दावी गरे ।
यता अस्पताल प्रशासन प्रमुख शिवशंकर पटेलले जानी जानी कसैको उपचारमा कमी कमजोरी नहुने दाबी गरे । चिकित्सकहरुले बचाउने धेरै प्रयास गरे, तर असफल भएकोले अस्पतालकै कारण मृत्यु भएको भन्न नमिल्ने उनले पनि दावी गरे ।
अजय सर्राफको मृत्यु भएसँगै आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थाले पछि तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको टोली त्यहाँ पुगेको थियो । पीडित पक्षले उजुरी दिए आवश्यक छानविन हुने प्रनि साहले जानकारी दिए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझ्यौं, बाँकी कुरा अनुसन्धानबाट खुल्ने उनको भनाइ छ ।
गएको मंसिर अन्तिम सातामा पनि त्यहींकी चिकित्सक डा. तरनुम खातुनको लापरवाहीको कारण एक महिलाले आफ्नो आँखाको ज्योति गुमाउनु परेको थियो । प्रसुति गराउन पुगेकी रौतहटकी २८ वर्षीय महिलालाई प्रसुति गर्नका लागि गलत तरिकाले शल्यक्रिया गरेको कारण आँखाको ज्योति नै गुमाएको खुलेको छ । शल्यक्रिया गरेको १२ घण्टापछि होसमा आएकी ति महिलाले आफूलाई केही हेर्न नसक्ने भएको बताएपछि डा. खातुनले विस्तारै विस्तारै हेर्न सकिने भनेर आश्वासन दिए पनि पछि आँखाको ज्योति गुमेको थियो । अस्पताल प्रशासनले विवाद बढ्ने आँकलन गरी ती महिलालाई तुरुन्त रेफर गरेको थियो । रेफर गरिएकी ति महिलालाई आवश्यक उपचारको लागि भारतको दिल्ली स्थित अस्पतालमा लगिएको छ । त्यहाँका चिकित्सले तराई अस्पतालमा भएको गलत अप्रेशनको रिएक्सन आँखामा परेको जनाएको त्यो पीडित परिवारले पनि जनाएको छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)