चीनको वुहानबाट शुरु भएको कोभिड १९ ल विश्वव्यापी महामारीको तिव्र रुप लिए पश्चात कोरोना भाईरस फैलिन सक्ने खतरालाई पहिलो प्राथमिकतामा राख्दै यसको रोकथाम तथा फैलावट हुन नसकोस भनेर बन्द गरिएका विद्यालय विश्वविद्यालयका कारण विश्वका १ अरब ७२ करोड ४६ लाख ५७ हजार ८७० अर्थात कुल विद्यार्थि संख्याको ९१.३% प्रतिशत अर्थात १ अर्ब ५७ बरोड ५२ लाख ७० हजार ५४ विद्यार्थिहरु राष्ट्रियव्यापी प्रभावित भएकाछन् । कोभिड १९ को कारण अस्तव्यस्त बनेकोे विद्यालय तथा विश्वविद्यालयहरु सुरक्षित मापदण्ड अपनाएर संचालनमा ल्याउन विभिन्न देशहरुले आफ्नो आफ्नो तवरबाट तयारी गर्दे स्कुल तथा विश्वविद्यालय खुलाउन थालेपनि विश्वका कुनैपनि देशमा विद्यार्थी तथा शिक्षकहरुले ढुक्कसँग पठनपाठन गर्न तथा गराउृन सक्ने वातावरण निर्माण हुन नसक्दा विद्यार्थिहरुको उज्जवल भविष्य माथी गम्भिर प्रश्न चिन्ह खडा भएकोे छ । भने यस प्रश्नको रेखा मुनि हाम्रो देश नेपाल पनि अछुतो रहन नसकेको सर्वविदितै छ ।
कोेभिड १९ को जोखिमबाट बच्न लगार्ईएको लकडाउनले समग्र रुपमा अभुतपुर्व जोखिम सिर्जना उत्पन्न भएको छ । पछिल्लो समय नेपालमा पनि विद्यार्थिहरुको भविष्यलाई मध्यनजर गर्दे धेरै ठाउँमा स्कुल तथा कलेजहरु संचालमा आएतापनि कोरोना संक्रमितको भयले गर्दा विद्यार्थिहरुलाई पहिलेको अवस्थामा फर्काउन अझै केही समय लाग्न सक्ने देखिन्छ भने अर्का तर्फ संक्रमितके जेखि रहेका स्थानहरुमा कहिलेसम्म विद्यालय खुल्ने अनि कहिले पढाई संचालन हुने भन्ने चिन्ता उतिकै छ ।
स्वास्थ्य सुरक्षा तथा मापदण्ड ः हामी सबैैलाई थाहा छ मानविय जीवनमा शिक्षाको महत्व के हो भनेर कोभिड १९ ले प्रत्यक्ष रुपमा शिक्षा क्षेत्रमा पारेकोे असर पनि हाम्रोे माझमा विद्यमान छ । जटिल तथा संक्रमित समय जान्दाजान्दैपनि हाम्रा बालबालीकाहरुको भविष्यसँग जोडिएको शिक्षा विद्यालय संचालन भए पश्चात आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेका छौ तर मनभरि डर त्रास बोकेर स्कुल पठार्ईका बालबालिकाहरुको स्वास्थ्यको जोखिमतामा स्कुल पुगेर बालबालिका कसरी बस्छन् कसरी खान्छन् कसरी शौचालयको प्रयोग गर्छन् र कसरी सामाजिक दुरीलाई अपनाउछन् भन्ने कुरामा उक्त विद्यालयकोे ठुलो भुमिका रहेको हुँदा संचालित विद्यालयले याी सम्पुर्ण कार्यको विशेष ख्याल पुर्याउन सकेनन् भने स्वास्थ्यका दृष्टिकोणले जोखिम मानिएका बालबालिकामा अप्रत्यासित गम्भिर संकट आउन सक्ने संभावनालाई सम्बन्धित विद्यालयले बिशेष सर्तकनता अपनाउन जरुरी छ ।
पारिवारीक जिम्वेवारी ः हुन त घरपरिवारमा आफ््नो संतान प्रतिको मायामा कसैलाईपनि शंका गर्न हुदैन । तर पनि आर्थिक तथा सामाजिक रुपमा कमजोर पर्दे गएको हाम्रो चालचलनमा हाम्रो बाध्यताको शिकार बालबच्चाहरु नबनुन भन्ने हाम्रो खबरदारी हो । हामी सबैलाई आतंकित पारेको काभिड १९ सँग जुद्घन सक्ने बन्नको लागि साविक भन्दा बडि खानेकुरामा ध्यान पुरउनु पर्छ भनेर विश्वस्वास्थ्य संगठनले भनिरहदा कहि कतै हामीले ति मापदण्डलाई फलो नगरेका त छैनौ नि भनेर सोच्ने समयमा छौ हामी । रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घिको लागि खास गरि बालबालिकालाई पौष्टिक खाद्य तथा रसयुक्त खानेकुरामा विशेषत ध्यान पुरउनु पर्दछ भने आफ्ना बाल बच्चाहरुको स्वास्थय सुरक्षालाई मसिनो ढंगले हेरचाह अहिले आवाश्यकता छ । समयमा खाना,पिना सरसफाई जस्ता कुरामा अध्याधिक चनाखोे अर्थात पहिलेको तुलनामा बालबच्चाहरुप्रति थप जिम्वेवारी उठाउन सके मात्र संक्रमित हुनबाट र भएपछिपनि रोगसँग लड्ने क्षमतमा सफल भईछ ।
संक्रमित बालबालिकालाई हेर्ने दृष्टिकोण ः हिजोआज माविय सोच कहि न कहि खुम्चिदो जादैछ भन्नेहरुको तर्क बडिरहनुले वास्तवमै मानविय सोचाई भित्र मानविय व्याबहारले ठुलो भुमिका खेलेको हुन्छ । ठुलोले सानोेलाई, धनिले गरिवलाई, माथिल्लो जातले तल्लो जातलाई गर्नै व्यावहारमा जति नै समानत छ मुखले बोेलेपनि व्यावहारमा त्यस्तोे देखिदैन । अहिले कोरोना संक्रमित भएकाहरुले आफ्नो संक्रमित अनुभव सुनाउदा झण्डै ९०% प्रतिशत संक्रमितले समाज अनि मानवहरुबाट हेलित भएको अनुभव सुनाउदै गर्दा कहि कतै यस्तो असर बालबालिकाहरुमा पनि नपरोस् भन्ने हो । तसर्थ बालबालिकाहरुलाई कुनैपनि लक्षण देखा परे वा मिल्दोजुल्दोे लक्षण भए प्रेमपुर्वक व्याबहार गर्न सक्नु पर्दछ । क्वारेनटाईनको उचित व्यवस्था तथा स्वास्थ्य सुविधामा कुनैपनि प्रकारको हेलचेक्राई भएन भने मात्रै कथनकदाचित संक्रमण भएका बालबालिकाले रोगसँग लड्न सक्नेछन् भन्ने कुरा बुझ्न जरुरी छ ।
अन्त्यमा ः आंसिक वा पुर्ण रुपमा खुलेका स्कुल तथा कलेजहरुमा बिशेषत सर्तकनता अपनाउन सक्नुपर्दछ । विद्यालयले लकडाउनको बेला अनलाईन मार्फत संचालन गराउदा छुटेका विद्यार्थि भाई बहिनीहरुलाई समेटेर कक्षा संचालन गर्न र विशेषत अनलाईन कक्षामा बिभिन्न कारणले गर्दा उपस्थिी हुन नसकेका विद्यार्थि भाइ बहिनीहरुलाई प्राथमिकतामा राखेर स्वास्य तथा सुरक्षाका मापदण्ड अपनाएर मात्रै विद्यालयहरु संचालन गर्न आजको पहिलो आवाश्यकता हो । बालबालिका तथा विद्यार्थि भाई बहिनी भोलिका देश हाक्ने कर्णधार भएको हुँदा उनिहरुको भविष्य तथा भविष्य निर्धारण गर्ने मार्ग अभिभावक तथा शिक्षक शिक्षिकाको हातमा हुने हँुदा बालबालिकालाई आजको संवेदनशिल समयको पहिलो कर्तव्य साथै जिम्मेवारी भनेर बुझ्न सके कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रत्यक्ष क्षतिलाई केहिहमसम्म बचाउन सकिन्थ्यो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)