वीरगन्ज महानगरमा अव्यवस्थित ई–रिक्सा संचालन हुँदा ट्राफिक जामको समस्या विकराल बन्दै गएको छ । जहाँ पायो त्यही रोक्ने, मनलाग्दो तरिकाले चलाउने गर्दा ट्राफिक जामको समस्या विकराल भएको हो
ती ई–रिक्साले भाडा पनि मनोमानी तरिकाले असुलीरहेको यात्रुहरुले बताए । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकी सवारी ओलार्ने, चढाउने उनीहरुको बानी नै परिसकेको छ । यसले वीरगन्ज महानगर अस्तव्यस्त हुनुका साथैं दिनहुँ जामको समस्या झेल्नु परेको नगरवासीको भनाइ छ । ती रिक्साको भाडा असुली पनि मनपर्दो छ उनीहरुले भने । ई–रिक्सा संचालनको लागि कुनै किसिमको मापदण्ड नहुँदा युवादेखि वृद्धवृद्धा तथा साना साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेका छन् । यसले दूर्घटनाको पनि जोखिम बढेको सर्वसाधारणको भनाइ छ ।
सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाई रहेका छन् । उनीहरुलाई ट्राफिक नियम आफै थाहा छैन । ट्राफिक नियम नै थाहा नभएका व्यक्तिहरुबाट सवारी चलाउँदा त्यसको प्रभाव सकारात्मक नपर्ने वीरगन्जवासीले बताए । खास गरी वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १० बजेदेखि बेलुका ७ बजेसम्म ट्राफिक जामको समस्या अझ तिव्र हुने उनीहरुको तर्क छ ।
वीरगन्ज महानगरलाई ई–रिक्साले अस्त व्यस्त बनाएको चौतर्फी रुपमा दबाब आउन थालेपछि विगत दुई वर्ष अघि लाइसेन्स विनाको ई–रिक्सा चलाउनेलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको थियो तर त्यो कार्यान्वय हुन नसक्दा अहिले पुनः वीरगन्जमा ई–रिक्साहरुको विगविगी बढेको छ । नेपाल सरकारले मुलुकलाई प्रदूषणमुक्त बनाउनका लागि ई–रिक्सा भित्र्याएको थियो । तर जथाभावी रुपमा क्षमताभन्दा बढि संचालन हुँदा त्यसले अर्को समस्या ल्याएको छ ।
वीरगन्जमा ई–रिक्सा भित्र्याउने अवस्थामा वीमनपा र यातायात व्यवस्था कार्यालय एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरमा ३ सय र थप १ सय ५० गरि ४ सय ५० ई–रिक्सा भित्र्याउने सहमति थियो । तर विस्तारै विस्तारै मादपण्ड नभएको मौका छोप्दै अहिले वीरगन्ज महानगरमा ४ देखि ५ हजारसम्मको हाराहारीमा ई–रिक्साहरु संचालनमा रहेको अनुमान प्रहरीले पनि गरिरहेको छ । वीरगन्ज महानगरपालिका कार्यालयमा ३ सय ३९ वटा ई–रिक्साहरु मात्रै दर्ता भएका छन् भने ९० प्रतिशत भन्दा बढि ई–रिक्साहरु मापदण्ड विपरित संचालनमा रहेको वीरगन्ज महानगरको दावी छ ।
यातायात व्यवस्था कार्यालयले ई–रिक्सा चालकको लाइसेन्स लिनको लागि विगतमा २ पटक फारम खोलेता पनि चालकहरुले अटेर गरि लाइसेन्सको फारम समेत नभरेको खुलेको छ । यातायात कार्यालयबाट अहिलेसम्म १ सय देखि १५० जनाले मात्रै लाइसेन्स प्राप्त गरेको जनाइएको छ । महानगरपालिकाले वीरगन्जमा संचालित ई–रिक्साहरुलाई मापदण्ड भित्र ल्याउनका लागि १० वटा रुट निर्धारण गरिएको छ । तर कसैले रुटको पालना नगरेको महानगरले नै जनाएको छ ।
अर्कोतर्फ दररेट कायम गर्नका लागि ई–रिक्सा संचालक समितिका पदाधिकारीहरुसँग दररेट माग गरिएकोमा हालसम्म कसैले ल्याएर नदिएको महानगरपालिका बताउँछ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)