भोजपुरी भाषीक्षेत्रका मानिसहरु खानामा मुख्यत: दाल, भात, तरकारी माथि निर्भर छन् । तीन चार दशक अघिसम्म यस क्षेत्रमा गहुंको उस्तो खेति हुदैनथ्यो । न त गहुंको परिकारलाई यस भेगका मानिसहरुले रुेचिसाथ खान्थ्ये नै । छठीमाताको ठेकुवा तथा रोगी विरामीहरुको पथ्य वाहेक त्यस बेला गहुंको कुनै खास उपयोग थिएन । तर यता आएर किसानहरु गहुंको खेती तिर विस्तारै आकर्षित हुदै आएका छन् । खेतीको अनुपातमा खाद्य पदार्थको रुपमा यसको प्रयोग पनि लोकप्रिय हुदै गइरहेको छ । धान जस्तै अनिवार्य खाद्यको रुपमा मानिसहरुले यसलाई अहिलेसम्म पनि अंगाल्न सकेका छैनन् । आज पनि गहुंको परिकार खानु समाजमा हिनताको पात्र बन्नु ठहरिन्छ । रब्बी अन्नहरुको प्रयोग पनि खाद्यको रुपमा व्यापक रुपले हुन्छ । रब्बी अन्नहरु वाट दाल, सातु तथा अन्य कैयन सामग्रीहरु बनाइन्छन् । यस बाहेक अन्य अन्नहरुमा सांवा, मडुवा,जौ, जनेरा आदि अन्नहरुको पनि उब्जनी यस भेगमा हुन्छ तर यी अन्नहरुलाई दिन काट्ने अन्न मानिन्छ । धान गहुंको अभावमा मात्रै यी अन्नहरु खानमा प्रयोग हुने गर्दछन् । हुन त हुने खानेहरुको घरमा दूध, दही र मही पनि सहजै उपलब्ध रहेको तथा खाने पिउनको लागि प्रयोग हुने गरेको भए पनि खानासंग पिइने पानी बाहेक अन्य कुनै खास पेय यस क्षेत्रमा प्रचलित छैन ।
भोजपुरी भाषी क्षेत्रका मानिसहरु दिन भरिमा प्राय: चार चोटि खान्छन् । जस मध्ये दुईचोटी खाजा र दुइ चोटि भरछाक खाना हुन्छ । बिहान सवेरै केटा केटीहरु तथा महिलाहरुले वेलुमाको उब्रेको भात खान्छन् । जसलाई बसिया भात भनिन्छ । विहान खेतमा काम गर्न जाने मानिस पनि प्राय : बसिया नै खाएर जान्छन् । अन्य मानिसहरुले दही– च्यूरा वा अन्य किसिमको खाजा खान्छन् जसलाई जलपान भन्दछन् । दिउंसो पेटभरी खाइन्छ जसलाई कलेवाु भन्दछन् । खेतमा काम गर्न गएका पुरुषहरुको लागि महिलाहरुले कलेवा खेतमा नै लगि दिन्छन् । तेश्रो प्रहरमा भुजा, रोटी, लाइ, वा मकैको लावा खाजाको रुपमा खाइन्छ । खेतमा काम गर्नेहरुको लागि यस्तो खाजा खेतमा नै लगिन्छ जसलाइ ुपनपियाव’ भन्दछन् । त्यसपछि राती फेरि पेटभरि अन्न खाइन्छ । जसलाई रातको खाना भन्दछन् ।
चामल, दाल तथा गहुंको परिकार बाहेक यस क्षेत्रमा मडुवा, मकै, बाजरा, जनेरा, तथा सांवा आदि अन्नहरुको पनि विभिन्न परिकार बनाएर प्रयोग हुन्छ । तर यी अन्नहरुको स्वाद अन्य अन्नहरु जस्तो नहुने हुनाले तथा यी अन्नहरुको खेति पनि अन्य अन्नहरु जस्तै लाभदायक नहुने हुनाले यी अन्नहरुको प्रयोग विस्तार विस्तारै घट्दै गइरहेको छ । मकैको खेति र उपयोग प्रति किसानहरु केहि आशातित भए पनि मडुवा र बाजरा, साँवा तथा जनेराको खेति प्रति किसानहरु आकर्षित नहुँदा यसतो खेती प्राय: लुप्त नैै भइसकेका छन् । फाटपूmट रुपमा बांझो पर्ती जग्गाहरुमा किसानहरुले यस्ता अन्नको बाली पाल्तु जानवरको चाराको रुपमा गर्ने गरेको पाइन्छ । प्रसुति गृहमा सद्य:प्रसवा महिलाको भोजनको लागि आवश्यक हुने कांची (मडुवाको पिठो र गुडको हलुवा) तथा मडुवाको रोटीको स्थान दैनिक प्रचलनका दाल भात तथा तरकारीले नै लिन थालेको छ । यस क्षेत्रका मानिसहरु किसानी पेसाका हुनाले प्राय: तल्लो मध्यम वर्गीय परिवारसम्ममा पनि खानाको साथमा दुध, दही तथा घिउ सहजै उपलब्ध हुन थालेको छ ।
यस क्षेत्रमा प्रचलित भोजनमा यदा कदा माछा–मासुको पनि समावेश भएको पाइन्छ । तर कंठीधारी (भगत) हरुले भने माछा–मासु खांदैनन् । मासु मुख्यत : खसीको नै प्रयोग हुन्छ । पछिल्लो समयमा भने मासुको खचपत निकै बढेको पाइन्छ । जसमा हांस, कुखुरा, परेवा तथा सुङ्गुरको मासु पनि रुची र जाति अनुसार खाने चलन छ । यस क्षेत्रमा पाइने तथा रुचीले खाइने माछाहरुमा रोहँु, रेवा, बरारी, सिङही, मङ्गुरी, पटेया, टेङरा, नकटा, गरइ, चेरङ्गा, झिङ्गा, चेल्हवा, धवइ, दरइ, ढालो, डेडिया, पोठिया आदि मुख्य हुन् ।
चना, खेसारी, तोरी, बथुवा आदिको सागहरु पनि रुचीको साथमा खाइन्छ । प्रचलित खानामा स्वाद दिने खानाको वर्गिकरण भएको यस क्षेत्रमा प्रचलित एक रोचक उखान द्रष्टव्य छ – माछ मिठ रेवा , मास मिठ परेवा । साग मिठ तोरी , तिरीया मिठ चोरी ।। (माछा रेवाको, मासु परेवाको, साग तोरीको तथा नारी चोरीको मिठा हुन्छन्) । यस भेगमा प्रचलित खानामा तरकारीको सट्टा निम्नलिखित परिकारहरुको प्रयोग पनि भएको पाइन्छ । चोखा:– भण्टा, आलु, केरा माछा आदिहरुलाई आगोमा पोलेर बोक्रा फालि नुन, तेल, खुर्सानी हाली हातले मिचेर चोखा बनाइन्छ । तरकारीको अभावमा वा त्यसै पनि खानाको साथमा चोखाको प्रयोग गरिन्छ । भुजासित भण्टा वा आलुको चोखा अत्यन्त स्वादिलो हुने गर्छ । घोन्सारमा आगोको भुंग्रो हुन्छ जुन आलू, सखरकन्द, भण्टा, परवल तथा अन्य सामग्रीहरु पोलेर पकाउनको लागि आदर्श मानिन्छ । यस प्रकार पोलिएका सामग्रीहरुको बोक्रा ताछेर त्यसमा नून, पोलिएको खुर्सानी, लहसुन, अदुवाका टुक्रा तथा सुद्ध खाने सस्र्युको तेल मिसाएर हाथले मुछेर जुन परिकार तयार हुन्छ । त्यसलाई भोजपुरी भाषामा ुचोखा’ भनिन्छ ।
आनन्दी धानको चामलको भुजा तथा भांटिन (वाटुलो आकार र वैंगनी र·को भण्टा विशेष) को चोखा भोजपुरी लोक जीवनको आदर्श खाजाको गरिमामय आसन माथि विराजमान भइसकेको कुरा जगजाहेर नै भइसकेको छ । त्यस्तै गरइ (हिले) माछाको चोखा दाल भातसित खांदा अत्यन्त स्वादिलो हुन्छ । आँपको टिकोडा, आमडा वा अन्य अमिलो फललाई कांचो वा आगोमा पोलेर पकाइएका टिकोडालाई लसुन, खुर्सानी, अमिलो र तीलको साथमा सिलौटोमा पिनेर चटनी बनाइन्छ । दाल भात तरकारीको साथमा चटनी अत्यन्त स्वादिलो हुन्छ । यी नै हुन् तराईवासीका मुख्य खाद्य यस्तैयस्तै रहेको पाइन्छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)