ज्ञानदा एकेडमी वीरगन्ज क्षेत्रका लागि स्तरीय विद्यालय भनी चर्चामा छ । यसलाई नजिकबाट चिन्ने वाहेक धेरैले यो विद्यालयको शिक्षाको अवस्था र व्यवस्थापनमा चासो नराख्ने कुरै भएन । विद्यालयको भौतिक पूर्वाधार र कक्षाको व्यवस्थापन भने स्तरीय भएको विद्यालय संचालकले समय–समयमा विज्ञापन गर्दै आएको छ । तथापि शिक्षाकोस्तर र आन्तरिक व्यवस्थापनको सवाल कोरोनाकालमा ज्ञानदाले कसरी गर्दैछ ? लगायतका विभिध बिषयमा ज्ञानदा एकेडमीका प्रधानाध्यापक सिवि जेटलीसँग मध्य नेपालका लागी गरिएको कुराकानी :
१) शिक्षण पेशा नै किन रोज्नु भएको हो ?
म कक्षा १० मा अध्ययनरत हुँदा खाली रहेको समयमा आफ्नो पकेटमनिका लागि बच्चाहरुलाई ट्यूस पढाउथे । त्यसै समयमा मैले पढाउने एक बच्चाका वुवाले तपाई त निकै राम्रो पढाउनु हुन्छ भन्नुु भयो । उहाँको कुराले मैले शिक्षण पेशालाई पनि आफ्नो करियर बनाउन सक्ने रहेछु भन्ने लाग्यो । तर त्यो समयमा सेनामा भर्ति हुन मेरो पहिलो प्राथमिकता थियोे । तर मैले शिक्षण पेशालाई पनि दोस्रोमा राखेको थिए ।
जब सेनामा भर्ति हुने सपना तुहियो । त्यसपछिको दोस्रो प्राथमिकतामा रहेको शिक्षण पेशालाई नै मैले आफ्नो करियर बनाउने निधो गरेर लागि परें । किनभने म राम्रो पढाउछु भन्ने भनाईले म मा एककिसिमको उर्जा भरिदिएको थियो । यसै क्रममा अध्ययनरत रहँदै मैले विभिन्न विद्यालयहरुमा प्रअको भूमिका विर्वाह गरे । हाल ज्ञानदा एकेडेमीमा प्रधानाध्यापकको रुपमा कार्यभार सम्हाल्न थालेको चार महिना भयो । म प्रधानाध्यापक भए पनि मैले शिक्षण पेशालाई निरन्तरता दिइनै रहेको छु । म अहिले पनि ९ र १० को विद्यार्थीहरुलाई भुगोल र ११ र १२ को विद्यार्थीहरुलाई अग्रेजी विषय अध्यापन गराउने गर्छु ।
२) सिवि जी ज्ञानदा एकेडेमीमा आउनु भएको पनि धेरै समय भएको छैन । कोरोना महामारीले गर्दा पुरा विद्यालय बन्द नै थियो । अहिले कसरी संचालन गरिरहनु भएको छ ?
महामारीको समय भएकोले अभिभावकको सहमतिमा हामीले माथिल्लो तह (८ देखि १०सम्म) का विद्यार्थीहरुलाई विद्यालयमा बोलाएरै कक्षा संचालन गरेका छौ । हामीले डब्लु एच ओ को मापदण्ड अनुसार नै काम गरिरहेका छौ । हाम्रो जति पनि बसहरु छन् । त्यसलाई सधै सेनिटाइज गर्छौ । विहानको सिफ्टमा विद्यार्थीहरु पढ्न आउदा गेटमा माक्स लगाएका छन् कि छैनन्, तापक्रम नापेर सेनिटाइजर लगाउन लगाएर मात्र विद्यालय भित्र पस्न दिन्छौ । कक्षाकोठा भित्र पनि शिक्षक र विद्यार्थीहरु पनि मास्क लगाएर मात्र पढ्न र पठाउन सकिन्छ ।
हामीले अभिभावकलाई समय समयमा जानकारी दिइरहेका हुन्छौ । त्यस्तै ट्वाइलेट र वेसनमा पनि सेफ्टीका कुराहरु चाट बनाएर टासिदिएका छौ । त्यस्तै हामीले क्लासहरु पनि अल्टरनेटिभ तरिकाबाट अध्यापन गराइरहेका छौ । ताकि विद्यार्थीहरुको चाप नहोस् भन्ने हो ।
३) अब समय कम छ, कोर्स पनि सक्नु पर्ने बाध्यता छ कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हामीले वैशाखबाट नै अनलाइन कक्षा गराउदै आइरहेका छौ । अनलाइनको कक्षा पनि समय कम हुने । हामीले के गरौं भने विहान ८ बजेदेखि ४ बजे सम्म समय फरक गरेर अनलाइन क्लास परिवर्तन गरी ३५ मिनेटको अनलाइन क्लास गराइन्थ्यो । फेरी विस्तारै विस्तारै समय बढायौ । जस्तो हामीले दशैं तिहारमा ३ दिन मात्र छुट्टी दियौ । बाँकी विचमा क्लास राख्यौ, जसरी बच्चा पढिरहेका छन् । यदी बच्चाहरु घरमा कुनै पनि काम गरिरहेका छन् भने पनि त्यो पनि हामी अभिभावकलाई भनेर अनलाइनमा हाल्न लगाउछौ । हामीले अनलाइनबाट नै जाँच लिइ चेक जाचँ गरी उसले पाएको नम्बर पनि हामीले अनलाइन मा पठाइदिएका हुन्छौ ।
प्रि टु टेस्टमा जुन सिनियर बच्चा छन् उनीहरुलाई भनेका छौ नि विद्यालयमा नै आएर जाचँ दिन । जस्तो अलि टाढाका वच्चाहरु छन भने उनीहरुको घरमा नै गएर उत्तरपुस्तिका दिएका छौ । त्यसरी पनि हामीले विद्यार्थीहरुलाई सुविधा दिएका छौ । टिचरहरुलाई अनलाइन क्लास कसरी दिने भन्ने मा पनि ट्रेनिङ्ग दिएर अनलाइन कक्षा सुरु गरिएका हौं ।
४) समय बढाउँदै अनलाइन कक्षा लिंदा बच्चाहरुबाट कस्तो प्रतिक्रिया आयो ?
सिनियर क्लासको बच्चाहरु ९० प्रतिशत विद्यालय आइरहेका छन् । जसमा १० प्रतिशत रेगुलर छैनन् । त्यो अरु विद्यालयमा पनि भइरहेको छ । ९० प्रतिशत बच्चाहरु अनलाइन क्लासमा उपस्थित छन् । मलाई लाग्दैन्थ्यो कि यो महामारी कोरोनाको कारण विद्यालयमा विद्यार्थी आउँछन् । इन्डियाभन्दा नेपालको रिजल्ट राम्रो छ । उता ७८ प्रतिशत बच्चा क्लास जान्छन् भने यहाँ ९० प्रतिशत बच्चा क्लास सुरु भएपछि उपस्थित भइरहेका छन् ।
५) आगामी दिनमा विद्यालयलाई कसरी संचालन गर्ने योजना बनाउनु भएको छ ?
जुन सिविएसको सिलेवस छ, जुन कन्सेप्ट ओरिएन्टेड भनिन्छ । बच्चाहरुलाई विषयहरु रटाउने हैन । विभिन्न क्रियाकलाप गराएर उनीहरुको कनसेप्ट क्लियर गराउने । त्यो विषयमा उनीहरुको रुची होस् ।
६) तपाईले विभिन्न स्कूलहरुमा पनि काम गरिसक्नु भयो । शिक्षाको गुणस्तर चाँही कस्तो पाउनु भएको छ ?
मैले यहाँ पढाई हुने किताबहरुको पाठ्यक्रम हेरेको छु । गुणस्तरीय नै छ । विषयगत बुँदाहरु पनि इङ्गलिसमा नै छन् । तर प्राक्टिकल छैन । बच्चाहरुको बोल्ने शैली इङ्गलिसमा नै हुन्छ । यो ठिक छ । बच्चाहरुलाई सिकाउने टिचरहरु पनि एकदम दक्ष नै हुनु पर्दछ । जस्तो विषयगत नै जाँदा त्यस भित्र वर्णन गरिएको कुराहरु पनि छोटो हुनु पर्दछ । जसले बच्चाहरु पढ्नमा पनि रुचि राखुन् । यो होइन कि विषयसंग भएका शब्दहरु लामो भयो भने बच्चाहरु दिक्क मान्छन । यसमा परिवर्तन हुदाँ राम्रो हुन्छ ।
७) निजी विद्यालयको जुन सिलेवस छ त्यो प्रभावकारी छ ?
यहाँको सिलेवस ठिक छ । विषयगत बस्तुहरुको फ्रेमिङ्ग धेरै राम्रो छ । सिलेबस अनुशारको तालिम प्राप्त शिक्षकहरु पनि आवश्यक हुन्छन् । तर सिलेवस अनुशारको अवधि कम छ । जसले गर्दा बच्चाहरुलाई पढाईको चाप बढी हुन्छ । बच्चाहरुको मानसिकतामा दबाब धेरै पर्न सक्छ । क्लासहरु बढ्दै जाँदा धेरैभन्दा धेरै कन्टेनहरु बढाउदै जाने विषय बस्तु थप्दै जानु उपयुक्त हुन्छ ।
८) वीरगन्जमा धेरै विद्यालयहरु होडबाजीको रुपमा चलिरहेको छ । जसमा ज्ञानदा पनि एक छ ?
विद्यालयको स्टाफहरु धेरै दक्ष छ । जुन यहाँको इनफास्ट्रक्चर वल्र्ड क्लास छ । यसको क्लास रुम पेन्टागन आकारको छ । चारैतिर भेन्टिलेटर छ । जब बच्चाले शुद्ध हावा पाउँछन् । उनीहरुको सिकाइ पनि राम्रो हुन्छ । सानो बच्चालाई उज्यालो धेरै मन पर्छ । हाम्रो सबै क्लास रुम प्रिन्टेड छ, उज्यालो पनि छ । अर्को क्रियाकलाप बेसिसमा पढाइ हुन्छ । हामीले शिक्षकहरुलाई पनि ट्रेनिङ्ग दिइरहेका हुन्छौ । बच्चाहरुको वृद्धि विकास कसरी गर्ने ? बच्चाहरुलाई घोकाएर पनि केही हुदैन । जो धेरै घोकेर पढेका छन् उनीहरु वैज्ञानिक भएका छन् भने जो क्रियाकलाप बेसिसमा पढेका छन् भने उनीहरु सिडियो, डि एम भएका छन् ।
९) कोरोनापछि भर्खरै विद्यालयहरु खुल्दैछन् तपाईको विद्यालयमा विद्यार्थीहरुको चाप कत्तिको छ ?
हाम्रो ज्ञानदामा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीहरु मात्र पढ्नका लागि विद्यालय आइरहेका छन् । ९० प्रतिशत बच्चाहरु मात्र उपस्थिति छन् । १० प्रतिशत मात्र उपस्थिति भएका छैनन् । सामान्य अवस्थामा पनि १० प्रतिशत बच्चाहरु विविध कारणले कक्षामा अनुपस्थित हुने गर्छन् । त्यसैले यतिको संख्यालाई राम्रो नै मान्नु पर्छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)