पर्सा जिल्लाका सहकारी संस्थाहरु मध्ये वीरगन्जको आदर्शनगरमा रहेको सानोपाईला बचत तथा ऋण सहकारी संस्था पनि एक हो । यो संस्था पर्साका अब्बल सहकारी संस्थाहरु मध्येमा पर्दछ । सहकारी नीति अनुसार यो संस्थाले पनि समयमा नै बार्षिक साधारण सभा गर्ने र सामाजिक दायित्वका पनि गतिविधिहरु गर्ने गरेको छ । खास यो संस्था अरु संस्थाहरुको तुलनामा चर्चा गर्न लायक किन पनि छ ? भने यो संस्थाको प्रमुख पदमा पुरुष हुनुहुन्न । महिलाको नेतृत्वमा रहेको सानो पाइला सहकारी अन्य संस्थाहरुको भीडमा कसरी अगाडी बढिरहेको छ ? लगायतका बिषयमा केन्द्रित रही सानो पाइला सहकारीको प्रमुख कार्यकारी अधिकृत तस्विरन खातुनसँग पाँच प्रश्न ।
१) सहकारीहरुको अहिलेको अवस्था कस्तो छ ?
सुरुवाती दिनहरुमा एकदमै नाजुक थियो । बजारको स्थिति जस्तो हुन्छ । सहकारीको अवस्था पनि लथगभग उस्तै हुन्छ । किन भने बजार चल्यो व्यापार राम्रो भयो भने मात्रै सहकारीको अवस्था राम्रो हुन्छ । यो २–३ महिनामा बजारको स्थितिमा सुधार भएकोले पनि सहकारीहरुको अवस्था राम्रो हुँदै गइरहेको छ । कुनै कुनै सहकारीहरुलाई गाह्रो होला तर लगभग धेरै सहकारी लयमा फर्किन थाली सके ।
२) कोभिडका समयमा के कस्तो चुनौतिहरु आए ? व्यवस्थापन कसरी भयो ।
लकडाउनको घोषण हुँदा सबै जना आतंकित भएको अवस्था थियो । किनकि यो सबैका लागि नयाँ थियो । सुरुवातीका १० दिन त हामीले पनि सहकारी बन्द नै ग¥यौ । तर त्यसपछि विस्तारै सुरक्षा सावधानी अपनाएर बैंकहरु खुल्न थालेपछि हामीले पनि हप्तामा १ दिन खोल्न थाल्यौ । त्यो समयको चुनौति भनेको रकम बचत पनि धेरै हुने र निकाल्ने पनि धेरै हुने । तर बैंकले सहकारीहरुका लागि एक चेक बाराबर २५ लाखभन्दा बढी झिक्न दिएन । जसले गर्दा हामीले हाम्रा सेवाग्रहीहरुको माग अनुसारको रकम दिन सकेनौ । लगभग २० दिन त्यही अवस्था रह्यो । तर पछि हामीले बैंकहरुसंग समन्वय ग¥यौ र रकम दिन तयार भए । बिस्तारै सबिस्तारै वातावरण सहज हुँदै गयो । सहजै रकम दिन थालेपछि बचत पनि हुन थाल्यो । विस्तारै रकम झिक्ने र बचत गर्ने अनुपात समान हुन थाल्यो । ३ महिना जति त निकै नै गाह्रो भयो । तर त्यसपछि भने सहज बन्यो । बिस्तारै हामीले २ दिन हुदै दिन बिराएर र बितारै पुरानै शैलीमा कार्यालय संचालन गर्न थाल्यौं ।
त्यो समयमा हामीले कर्मचारीको सुरक्षाको पनि पूर्ण व्यवस्था गरेका थियौ । माक्स, ग्लबस, क्याप, सेनिटाईजरको व्यवस्था थियो । पायक पर्ने कर्मचारीहरुलाई हामीले बोलाएका थियौ भने टाढा घर भएका कर्मचारीहरुलाई पनि कार्यालयमा नआए पनि हामीले कार्यालयले दिने तलब उहाँको खातामा पठाएका थियौ । न त हामीले कर्मचारी कटौती ग¥यौ न तलब नै घटायौं ।
३) कर्जा लगानी कुनकुन क्षेत्रमा बढि रह्यो ?
धेरै त हामीले व्यापारमै लगानी गरेका छौ । किन भने हाम्रो प्रायः बचत कर्ताहरु व्यपारसंगै आवद्ध हुनुहुन्छ । हामीले कृषि कर्जा पनि संचालन गर्न खोजेका थियौ । तर हाम्रो पनि कार्यक्षेत्र हुन्छ । हामीले ग्रामीण क्षेत्रमा गएर लगानी लगाउन सक्दैनौ । त्यसका लागि त्यही क्षेत्रमा सेवा केन्द्र स्थापन गरेर गरौं भन्न सकिन्छ । नत्र त बजार क्षेत्रमा रहेर ग्रामिण भेगमा कृषिमा लगानी गर्न सम्भव छैन । हामीले दिने भनेको व्यवसाय कर्जा, सवारी साधन खरिद कर्जा र नयाँ ग्याजेट कर्जा मात्रै हो ।
४) संस्थाको नेतृत्व तहमा रहेर घरको पनि प्रमुख भूमिका कसरी निर्वाह गर्नु हुन्छ ?
सबैभन्दा पहिला आफूमा आत्मबल हुनुपर्छ । सन्तान भएर काम गर्नै नहुने, काम गर्नै नसक्ने, भन्ने हुदैन । दुई महिना मैले मेरो सन्तानलाई समय दिनुपर्छ । सबै आफैले मिलाएर बाहिर निस्कनु पर्छ । आमा भईसकेपछि गाह्रो नहुने भन्ने हुँदैन । बच्चालाई स्तनपान गराउने, तेल लगाउने नुहाई दिने लगायतका धेरै कुराहरु हामीले अरुलाई लगाउन सक्दैनौ । त्यो आफैले गर्नु पर्छ त्यसमा परिवार र श्रीमान्ले साथ नदिएसम्म केही पनि हुँदैन । कहिले कामले कहिले व्यवहारले सहयोग गर्नु पर्छ अनि आफूमा पनि आत्मबल हुनुपर्छ ।
५) अहिले सहकारीहरु विघठनका कुराहरु पनि सुनिन्छ यसको कारण के देख्नु हुन्छ ?
लिक्यूडिटी ( तरलता ) भन्ने हुन्छ वित्तिय संस्थामा । लिक्यूडिटी भन्ने कुरालाई जसले राम्रोसंग बुझ्न सक्दैन । कम्तीमा पनि २० प्रतिशत रकम राखेर हिड्नु पर्छ । ५ प्रतिशत तलमाथि हुँदा खासै फरक पार्दैन । यदि १० लाख रुपैया सहकारीको छ भने त्यसको २० प्रतिशत २ लाख रुपैया बैंकमा राख्नु पर्छ । बैंक र कार्यालयमा गरेर तुरुन्तै निकाल्न सकिने गरी । तर यहाँका प्रायः सहकारीहरुले ५ प्रतिशत वा त्यो पनि नराखी चलाउँदा रहेछन् । त्यही समयमा एकैपटक लकडाउन भयो । रकम धेरै झिकिए । तर बजारमा लगाएको लगानी उठेन । त्यसले गर्दा सहकारी बन्द गर्नुपर्ने अवस्था आयो । यस्तै कारणहरुले नै हो सहकारी भाग्ने वा विघठन हुने ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)