योगको शाब्दिक अर्थ जोड हो । आत्माको परमात्मासंगको जोडलाई नै योग भनिन्छ । योग शब्दको सामान्य अर्थ सम्बन्ध पनि हो । पतञ्जलीको सिद्धान्तनुसार चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो । वास्तवमा हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । योगले मानिसमा आफू भित्र रहेको रोगलाई निरोध गर्न सक्छ । रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सवलता, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्ष एवं सीमितबाट असीमित तर्फको आध्यात्मिक यात्रा हो भन्छन् पतञ्जली योग यूवा समिति पर्साका अध्यक्ष नितेश कुमार गुप्ता । आफ्नो इच्छाशक्तिलाई परआत्माको ईच्छा शक्तिमा संयोग गर्नुलाई नै योग भनिन्छ उनले भने । तर अहिले योगको परिभाषा बदलिएको छ । नेपालमा पनि पछिल्लो समय योगको क्रेज बढ्दै गएको छ । नेपालमा पनि विभिन्न तवरबाट योगका कार्यक्रम सञ्चालन भइरहेका छन् । योग केन्द्रहरू प्रत्येक टोलटोलमा देख्न र सुन्न पाइन्छ । पूर्वीय दर्शनका माध्यमबाट उत्पत्ति भएको योग दर्शनलाई नेपाल र भारतमा सीमित नभई संसारभरी नै महत्व दिइरहेको अध्यक्ष गुप्ताले बताए । बिभिन्न बिद्यालय रिह्याब सेन्टर र कोरोनाको समयमा पर्सा जिल्लाको विभिन्न क्वारेन्टाईनमा गएर प्रशिक्षण गराएको उनले बताए । संसार भरका पर्यटक अहिले नेपालमा योग शिक्षक तालिमका लागि आकर्षित भएका छन् । विद्यार्थीका रूपमा भर्ना भएर योग सम्बन्धी अध्ययन र अभ्यास गरी योग गुरु समेत बनेको उनले आफ्नो अनुभव सुनाए । यसरी योग शिक्षक भएकाहरू योग सिकाएर जीविकोपार्जन गर्न सक्ने उनको तर्क छ । उनै पतञ्जली योग युवा समितिका अध्यक्ष नितेश कुमार गुप्तासंग योग साधनाको महत्वका बारेमा मध्य नेपाल सन्देशको लागि गरेको बिशेष कुराकानी :
१) वर्तमानमा योगको महत्व कतिको छ ?
मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योग विना जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो । जसले योगको महत्व जान्दा जान्दै पनि योग गरेको हुदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एक साथ समावेश गर्छ । अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ । आज जति पनि ठूला ठूला माहात्मा बनेका छन्, ती सवै योगको माध्यमबाट बनेका छन् । ईश्वरको आराधनादेखि लिएर शरीरलाई स्वस्थ तथा स्फूर्तिवान् राख्न तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता भएको छ । प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्तहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यता अनुसार योगमा अजेय शक्ति छ । अहिलेका मानिसलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । यस अर्थमा अहिले शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कला गर्न सबैले अपरिहार्य छ । योगलाई जीवन पद्धति बनाउनुपर्छ । दैनिक कम्तीमा ३० मिनेट योग गर्नुपर्छ । १० मिनेट शारीरिक, १० मिनेट स्वास प्रस्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान । योग खासमा तीन प्रकारका हुन्छ्न् । ती हुन : ज्ञानयोग, कर्मयोग र भक्तियोग ।
ज्ञान योग : गीतामा शिक्षाद्वारा ज्ञानको प्रकाश फैलाएर कामरूपी बन्धनबाट बचाउनु योग भनिएको पाइन्छ । ज्ञानभन्दा शुद्ध चिज संसारमा केही छैन । आत्मज्ञानले ब्यक्तिलाई समाधिसम्मको यात्रा गराउँछ । एक जीवन पद्दति योग भनेको रोगी व्यक्तिहरुका लागि चिकित्सा पद्दति हो । योगको माध्यमबाट रोगी व्यक्तिले आफुलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । योगमा जम्मा ८ आसन हुन्छ । याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधी, त्याग । योगा त्यस मध्यको एउटा आसन हो
कर्म योग : भागवत गीतामा कसैले भक्ति पूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । कर्म नै पूजा हो । आराधना हो ।
भक्ति योग : भक्तियोगको विषयमा भगवानको सान्निद्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नु पर्दछ । यदि कोही योगी मध्ये जसले आफ्नो अन्त : करणमा निरन्तर भगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध हुन्छ्न् । भगवानसंगको साक्षात्कारको लागि भक्ती योगको मार्ग अवलम्बन गर्नुपर्छ । ऋषि, महर्षि, योगीहरुले यहि मार्गको यात्रा गर्छन् ।
२) किन आवश्यक छ योग ?
परापूर्वकालमा ऋषिमुनि तथा योगीहरु अदृश्य शक्तिसित आफूलाई जोड्नका लागि योग गर्थे । अहिले बद्लिदो जीवनशैली तथा खानपानका कारण मानिसहरुलाई स्वस्थ रहन पनि योग आवश्यक छ । जब मानिस व्यक्तिगत रुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुन्छ । त्यसपछि मात्र उसलाई अन्य कुराको चेत आउँछ ।
३) युवा पुस्तामा योगको कस्तो क्रेज पाउनु भएको छ ?
नेपाली युवा योग भन्ने बित्तिकै बुढेसकालमा गर्ने साधना भनेर तर्कछन् । पछिल्लो युवा पुस्तामा अझै योगका बारेमा थाहा छैन । यसलाई अझै निरन्तरता दिन सकिएको छैन । यसलाई अझ भन्नु पर्दा नेतृत्व तहमा बस्ने र सरकारले पनि प्राथमिता दिन आवश्यक ठानेकै छैन । योगको नेपाली क्रेजलाई भन्नु पर्दा युवा वर्गमा ज्यादै न्यून आकर्षण छ । सबैभन्दा बढि ७५ प्रतिशत गृहिणी रहेका छन् । २० प्रतिशत बालबालिका र ५ प्रतिशत युवा रहेका छन् । नेपाली समाज अझै योग शिक्षाका दृष्टिकोणले शिक्षित भएको देखिँदैन । जब रोग लाग्छ अनि योग गर्न आउनु हुन्छ । अनि उहाँहरू सोचे जस्तो परिणाम खोज्नु हुन्छ । तर, परिणाम तुरुन्त पाउन सकिँदैन । युवा अवस्थामा योग गर्न थालियो भने योगको प्रभाव पनि राम्रो हुन्छ ।
४) योगलाई पाठ्यपुस्तकमा समावेश किन गरिन्न ?
योगलाई शिक्षण संस्थामा अनिवार्य गराउन सके विद्यार्थीको शैक्षिक प्रगतिमा बल मिल्छ । विद्यालयले संगीत, खेलकुद, साहित्य जस्ता विधालाई जसरी प्राथमिकता दिन्छन् त्यसैगरी योगलाई पनि समेट्नु पर्छ । विद्यार्थीले स्वस्थ्य रहन योग गर्नु पर्दछ । योगलाई आठ अंगमा विभाजन गर्न सकिन्छ । यस अर्थमा शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउन सकिन्छ । योगलाई पाठ्यपुस्तकमा समावेश गराउदा एकदमै फलदायी हुन्छ र गराउनु पनि अनिवार्य छ ।
५) कस्ता मान्छेले योग गर्नु हुदैन ?
उच्च रक्तचाप, मधुमेह जस्ता दीर्घरोग भएकाहरूले योग गर्दा ध्यान दिनुपर्ने हुन्छ । यस्ता मानिसहरूले धेरै परिश्रम लगाएर गरिने योग, शरीर तात्ने खालका योग अभ्यासहरू गर्नु हुँदैन । यसले गर्दा मुटुमा प्रेसर पर्न जान्छ । तनाव लिएर योग गर्नु हँुदैन, किनभने तनावपूर्ण अवस्थामा योग अभ्यास गर्दा मासंपेशी दुख्ने, टाउको दुख्ने जस्ता समस्या पनि देखा पर्न सक्छ । अहिले योग गर्नेमा धेरै जसो रोगीहरु छन् । उच्च रक्तचाप, मधुमेह, ढाडका रोगी तथा ग्याँष्टिकका विरामीहरु बढी योग तर्फ आकषिर्त छन् । तर, जो कसैले योग गर्दा सुरुमा प्रशिक्षक सित सिकेर मात्र योग गर्न आवश्यक छ । त्यस्तै, योग गर्दा रोग र आफ्नो शारीरीक अवस्थामा ध्यान दिन जरुरी छ ।
जटिल समस्या भएमा प्राणायाम, कपालभाती, अनुलोम विलोम गर्न सकिन्छ । तर, शल्यक्रिया गरेको, गर्भवती, पेटमा घाउ वा अल्सर भएका कपालभाती गर्न मिल्दैन । विकारलाई क्षय गर्ने कपालभाती तथा शक्तिलाई सञ्चित गर्न अनुलोम विलोप हो । त्यस बाहेक, सूर्य नमस्कार सबैले गर्न मिल्ने आसन हो । सूर्य नमस्कारमा जम्मा १२ वटा आसन हुन्छ । सबै आसन गर्न भ्याइएन भने पनि सूर्य नमस्कारका १२ वटा आसन र केही बेर प्राणायम गरेमा मात्र पनि शरीर स्वस्थ्य रहन्छ ।
६) के योगले शरीरमा अक्सिजनको मात्रा बढाउँछ ?
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ । जहाँ जहाँ व्यायाम हुन्छ, । त्यहाँ रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढ्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ्य हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, रोगको समेत निदान गर्छ ।
७) योगका लागि ध्यानको कति आवश्यक छ ?
योग गर्नाका लागि सबैभन्दा पहिले योगलाई अंगाल्न आवश्यक छ । कम्तिमा मानिसले योगलाई अंगाल्नु पर्छ । त्यसपछि ध्यान पनि बढ्दै जान्छ । बच्चालाई प्रभावित गर्न चकलेट दिनुपर्छ । यसको लागि जगिङ्ग जरुरी छ । जगिङ्ग तथा सूर्य नमस्कारले शरीरलाई तन्काउने काम गर्छ ।
८) नेपालमा योगको अवस्था छ ?
नेपालमा मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । पहिले पहिले रासायनिक मल थिएन, खानामा विषादीको प्रयोग थिएन । जसले गर्दा खाना स्वस्थ्य थियो । अर्को कुरा त्यतिबेला यातायातको सुविधा थिएन । मानिसहरु श्रम गर्थे । खानपान राम्रो थियो । पहिलेका मानिसलाई उति रोग लाग्दैनथ्यो । तर, अहिले मानिसहरुसित सुविधा छ, पैसा छ । तर श्रम छैन । अहिलेको खाना स्वस्थ्यकर छैन । खाना विशाक्तले भरिपूर्ण छ । मानिसहरुको शरीरमा भएको विशाक्तता फाल्नका लागि पनि अहिले योग आवश्यक्ता छ । यसमा बाबा रामदेवले सहजीकरण गरिदिएका मात्र हुन् ।
पहिले पहिले योग भनेको साधु सन्तले गर्ने भन्ने हुन्थ्यो । अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना मानिसमा आइसकेको छ । यो पतञ्जली योगमा आधारित पुरानै विधा हो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)