सत्ययुगमा सुनको, त्रेतायुगमा चाँदीको, द्वापरयुगमा चाँदी र तामाको तथा कलयुगमा गृहस्थहरुको भान्छामा तामा, पित्तल तथा ब्रौन्ज ( दुइटा धातूले निर्मित एउटा नयाँ धातू) जसलाई भोजपुरी भाषामा ‘गीलटु भन्ने गरिन्छ । त्यसका भाँडाहरु प्रयुक्त हुने कुरा शास्त्र पुराणहरुमा यत्रतत्र उल्लेख भएका छन् ।
सत्ययुगमा सूनको, त्रेतायुगमा चाँदीको, द्वापरयुगमा चाँदी र तामाका भाँडाहरु प्रयोग हुन्थ्यो भन्ने विगतले प्रष्ट्याएको छ । सत्य वा असत्य तिर नलागेर आफ्नो परिवेश वरिपरि नियालेर हेर्दा आज भन्दा तीनचार दशक पूर्वसम्म हाम्रो समाजमा पनि धेरै प्रकारका भाँडाकुँडाहरु परिवर्तन भएको प्रशस्त देखिन्छ । प्रथमतः माटोद्वारा निर्मित भएका भात पकाउने माटोका हाँडी, दाल पकाउने माटोका हंडिया तथा तरकारी पकाउने, खट्टे भुज्ने, चिउराको लागि धान उलाउने (भुट्ने) भाँडोको रुपमा माटा कै ‘खपरीु (माटाको कराई) प्रयुक्त हुने गरेको तथ्य पुराना मान्छेहरुले प्रत्यक्ष देखेकै सुन्न पाइन्छ । माटोका भाँडाहरु सस्तो तथा आफ्नै हातको शिप भएको हुनाले सर्वशुलभ रहेको नकार्न सकिन्न । तर माटोको भाँडा प्रयोगले के कुरा इंगित गर्दछ
त्यो अगाडी ऐतिहासिक कालका मानवहरु कुनै पनि ठाँउको स्थायी बासिन्दा नभएको पाइन्छ । यस्तो अवस्थामा मान्छेलाई मूल्यवान द्रव्यहरुको संचय र सुरक्षाको ज्ञान तथा तरिका पनि थाहा थिएन । माटाको भाँडामा पकायो, पातमा खाना खायो तथा त्यसमा प्रयुक्त भाँडाकुंडालाई मिल्काएर अगाडीको गन्तव्यमा हिंड्यो । जनजीवनका यस्ता गतिविधिले प्रायः ऐतिहासिक कालको झझल्को गराउँदछ । तर वास्तविकता यो चाहिं पक्कै होइन । यो त प्रायः ऐतिहासिक कालदेखि मानव मनमा विद्यमान रही आएको अवशेष मात्र हो । तीन–चार दशकपूर्वका मान्छेहरुले आजसम्म कुनै आवश्यक कामको सिलसिलामा घरबाट बाहिर हिडेको बेलामा यस्तो खाले सुविधा अपनाउने र्गदथे ।
ऐतिहासिक मान्छे विकाशको क्रममा काठका भाँडाहरु पनि प्रयोग गर्न थालेका थिए । जसको अवशेष हामीले पनि देखेको छ । भात पकाउदा माँडा पसाउने काठकÞा, हांड़ीको बिर्को (जसलाइ भोजपुरी भाषामा उल्दी, परइ भन्ने गरिन्थ्यो ), तथा भात दाल चलाउने डाडु पन्यूँ भोजपुरी भाषामा प्रयुक्त हुने हंडकुडिया, छोलनी, तथा कर्छुल जस्ता शब्द प्रयोग हुन्थे । घिउ तथा मह राखिने ठेकी काठद्वारा निर्मित हुन्थे । काठका भाँडाहरु सस्तो भए पनि लामो समयसम्मको लागि टिकाउ भने हुदैनथे । घाम पानी, चिसो तातोको कारणले छिट्टै बिग्रेर काम नलाग्ने भइहाल्थे । घर व्यवहारमा ती भाँडाहरु विस्तारै धातुका भाँडाहरुद्वारा विस्थापित हुदै गए ।
कलियुगमा आएर गृहस्थका भान्छामा गीलटका ठूल्ठूला भाँडा प्रयोग हुन थाले । भात पकाउनको लागि दश बाह्र के.जी.सम्मको गीलटको भाँड़ो जसलाई भोजपुरी भाषामा ‘बटलोहीु भन्ने गरिन्थ्यो । बटलोहीभन्दा सानो तथा कम्ती तौल भएको बटलोही आकार कै भाँडो दाल पकाउनको लागि प्रयोग हुन थाल्यो । जसलाई भोजपुरी भाषामा ‘बटूला–बटुलीु भनिन्थ्यो । तरकारी पकाउनका लागि फलामको ढलौटे कराहीे प्रयोग हुन्थ्यो । बटलोही, बटुली तथा फलामको कराहीेमा पकाइएको खाना अत्यन्त स्वादिलो हुन्थ्यो । तर ती भाँडाहरुमा खाना पकाउँदा जर्नाको खपत भन्ने निकै बढी मात्रामा हुन्थ्यो । भाँड़ा माझ्न पनि निकै कष्ट हुन्थ्यो । परालको लूंड़ाले ंमाजेर सफा गर्दा टलक्क टल्किन्थे । बाहिरी पिंधमा माटो पानीको लेदो बनाइ बाहिरी आवरण दिइन्थ्यो जसलाइ भोजपुरी भाषामा ‘लेवाु भनिन्थ्यो । लेवा लगाए पछि त्यसमा खरानी लगाइन्थ्यो अनि मात्र त्यसलाई माटोको चूल्होमाथि राखेर भात पकाइन्थ्यो ।
भात छड्कन थाले पछि उचित समयमा मांड़ काटी (पसाएर) भात तयार हुन्थ्यो । बटलोही, बटुली पनि विस्तारै अल्मूनियम (सिल्वर) तथा स्टीलका भँाडाहरुद्वारा विस्थापित हुदै गए । उपरोक्त धातूका भाँडाहरु वजनमा हल्का तथा काम गर्नको लागि सजिलो भए पनि खानाको स्वाद भने विदा भइहाल्यो । जीउ जोगाउनको लागि पेट भरि खाना खान आवश्यक छ, खाए खा नखाए घिंच उक्तिलाइ चरितार्थ गर्दै जनमानसले पेट सम्म मात्र भर्छ । बटलोही, बटुली विस्थापित हुनुको अर्को कारण पनि समाजमा विद्यमान छ ।
अचेलका गृहिणीहरु जसले भान्छा सम्हाल्दै छन्, विस्तारै सुकुमार हुदै गए, तिनीहरुले बटलोही, बटुली चूल्हाबाट ओराल्न पनि सक्दैनन् । परालको लूंड़ाले पुराना महिला जस्तो अहिलेका महिलाहरु माज्न पनि सक्दैनन् । बटलोही, बटुली विस्थापित हुनुका अर्कोे कारण पनि छ जर्नाको कमी । अचेलका गृहस्थहरुका घरमा माटोको चूल्हा पाउन गा¥हो भइसक्यो । अबको समयमा अधिकांस भान्सामा प्रयुक्त हुने गैस चूल्हा माथि बटलोही, बटुली राख्न पनि त सकिदैन । तेश्रो कारणको रुपमा वर्तमानमा परिवारको ढांचालाई पनि लिन सकिन्छ । पहिले संयुक्त परिवारको अवधारणा रहेको हुन्थ्यो । एउटै परिवारमा बाबू–आमा, दाज्यु–भाउजू, भाइ–बुहारी, दिदी–बहिनी, काका–काकी, बाजे–बज्यै संयुक्त रुपमा बस्दथे । एउटै भान्छामा खान्थे । खाना बृहत मात्रामा पकाउनु पर्दथ्यो अतः खाना पकाउनको लागि ठूला ठूला भाँड़ाहरुको आवश्यकता पर्दथ्यो ।
अचेलको समयमा संयुक्त परिवारको अवधारणा विस्तारै हराउदै गइरहेको छ । श्रीमान्–श्रीमती र एक दुइ बच्चाले नै परिवारको रुप लिएको छ । यस्तो स्थितिमा स्टीलका साना साना डेक्ची, कराही तथा कांटा चम्चाले नै भान्छाको काम फत्ते भइहाल्दछ । बटलोही, बटुली तथा फलामको कराहीको अब के काम ? ती भाँडा–कुंड़ाहरु अब पुरातात्विक वस्तु भएर घरको एका कुनामा थन्किएका छन् ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)