पर्सामा नेपाली कांगैसको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस हिजो पनी मधेशका थिए आजपनी मधेशका रहेकाले झुठको मसिहा बनेर लुट्नेसंग सचेत हुनुपर्ने बेला आएको बताउनु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले मधेशलाई भजाएर सक्ता भोग गरी अहिले ओलिको विरोध गरेर चोख्याउन खोजेको आरोप लगाउनु भएको थियो ।
यसैगरी नेपाली काग्रेसका नेता गगन थापाले मधेशका मसिहाको एउटै काम उठो मधेश जागो मधेश उसके नाममे लुटेङ्गे देश रहेको बताउनु भएको थियो । मधेशको मसिहा भन्नेले सक्ताको लोभमा प्रधानमन्त्री ओलिलाई दुई तिहाईको बहुमत दिएर संसद विघटन गर्ने हिम्मत प्रदान गरेको बताउनु भएको छ । यसको मुख्य दोषि मधेशका मसिहा बताउने देखी अहिलेका नेकपा प्रचण्ड र नेपाल रहेको आरोप उहाँको आरोप थियो । हिजो कांग्रेसले सांसद विघटन गरेर गल्ती गरेकै हो तर त्यो भन्दा ठुलो गल्ती दुईतिहाईको सरकारको दोहाई दिने ओलिले गरेको उनको आरोप थियो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका गगन थापाले हिजो मधेशको नाममा भजाउनेहरुले तीन/तीन वर्ष सत्तामा बसेर अहिले चोखिन नपाउने बताउनु भएको थियो । ७ प्रदेश मध्ये एकलो सत्तामा रहेको प्रदेश २ को सरकार ती ६ वटै प्रदेश भन्दा बढी भ्रष्टचार गरेको नेता थापाको आरोप थियो । जनतालाई चाहिने अधारभुत आवश्यक्ता पुरा नगरी टोल टोलमा गेट बनाएर उपभोक्ता समितिको नाममा लाखौँ करोडौँ रुपैयाँ कुम्लयाईरहेको उनको आरोप थियो ।
संसार भरकै कुरा गर्ने हो भने, कतैपनी कम्युनिष्टको सरकार छैन् कम्युनिष्ट जनता गरिब रहि रहोस चाहने भएकाले कम्युनिष्ट देशको आवश्यक्ता नरहेको नेता थापाको भनाई थियो । मधेशको अपमान गरेर प्रधानमन्त्रीले रेलको कुरा गर्नु भयो, पानी जहाजको कुरा गर्नु भयो मैले कुनैपनी ठुलठुलो कुरामा प्रश्न गरिन तर मैले त्यो रेलमा चढ्ने जनताको कुरा नआएकोमा प्रश्न गरे । जुन देशको नागरिक विदेशमा गएर श्रम खर्चिदै गर्दा त्यसको रेमिन्यान्समा रुमलिदै गर्दा ति नागरिकको उचित सम्मान नभएको कुरामा मेरो विमती रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेता थापाले जतिखेर संविधान मिच्दै गरेका थिए त्यो बेला तपाईहरु कहाँ हुनुहुन्थयो की आज हामी यहाँ छौँ भनेर पम्पलेट बोकेर रोड रोडमा आउनु भएको छ । आज देशको यो परिस्थिति आउनुमा ओलि जति दोष छ त्यती नै पुष्पकमल र माधव नेपाल पनि रहेको नेता थापाको भनाई थियो । यति मात्र नभई मधेसका नेताले दुई तिहाईको बल नदिएको भए ओलि यति ठुलो दुश्षाहस गर्न नसकेको उनको आरोप थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य चित्रलेखा यादव, परमुलाह मंसुर, अजय कुमरा चौरसिया, जिल्ला सभापति अजय द्विवेदिद्व, ओम प्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियो ।