संघीयता कार्यान्वयनमा आएको तीन वर्ष नाघिसकेको छ । संघीयताको सरकार गाउँगाउँमा सिंहदरबार भन्ने उक्ति अनुसार जनताका अपेक्षा पूरा गर्ने आश्वासन सहित गाउँ–गाउँमा निर्वाचित जनप्रतिनिधिले काम गरिरहेका छन् । यो तीन वर्षको अवधिमा जनताद्धारा निर्वाचित जनप्रतिनिधिले के कस्ता कामहरु गरे । निर्वाचन ताका जनामालाई देखाएका सपना कत्तिको पूरा गरे ? भन्ने कर्यको समीक्षा यति वेला भइरहेको छ । मध्य नेपालले यसै सन्दर्भ बारा जिल्लाको १६ पालिका मध्यको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसंग गरेको बिशेष कुराकानी :
१) सिंहदरबार गाउँ आएको तीन बर्ष भइसक्यो । यो अवधि कस्तो रह्यो ?
सरकार गठन पश्चातको स्थानीय तहको तीन वर्ष पूरा भईसकेको छ । तर पनि जनप्रतिनिधि र जनता अझै संघीयताको अभ्यासमै छौ । यो अभ्यास हामी सबैको लागि नयाँ भएकोले पनि सोचे अनुरुपको विकास हुन सकेको छैन ।
तथापि स्थानीय तहले ग्रामिण क्षेत्रमा बस्ने नागरिकहरुको सामाजिक समस्याहरुको समाधान स्थानीय तहले नै गर्दै आएको छ । यसको प्रमुख आधार भनेको स्थानीय नागरिकहरुको प्रत्यक्ष रुपमा स्थानीय तहमा र आफ्नो जनप्रतिनिधि समक्ष पुग्ने पहँुच नै मुख्य आधार मानेको छु ।
२) पालिकाको आजसम्मको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
लामो समय सम्म सरकार विहिन रहेको स्थानीय तहले संघीयताको कार्यान्वयन पछि आएको जनप्रतिनिधिहरु संग जनताको थुप्रै आशा र आवश्यकताहरु थिए । जुन आवश्यकतालाई धेर थोर समेट्ने प्रयास भएको छ ।
कर्मचारीको समायोजन, अभाव, नयाँ कानुन र संरचनाको अभ्यास संगसंगै छोटो समयमै जनताका समस्या र आवश्यकतालाई समेट्न पालिका सफल भएको छ । यसमा म सन्तुष्ट नै छु ।
३) संघ र प्रदेशको समन्वय कस्तो छ ?
संघ र प्रदेश पनि संघियताको अभ्यासमै थिए तर यो संसद विगठनले नयाँ तरङ्ग ल्याईदिएको छ । फेरि के हुने हो भन्ने अन्यौलको वातावरण सृजना भएको छ ।
खासमा भन्नु पर्दा संघ र प्रदेशको भूमिकाबाट म सन्तुष्ट छैन् । किनभने स्थानीय सरकारसंग सिमित स्रोत साधन छन तर जिम्मेवारी धेरै छ । त्यसकारण हामी स्थानीय तहले माथिल्लो सरकारबाट प्रभावकारी भूमिकाको अपेक्षा गरेका थियौ जुन अपेक्षामा मात्रै सिमित छ । प्रदेशले आफ्नो काम गरेको छ । हामीसंग कुनै सहकार्य वा समन्वय छैन । केन्द्रले विभिन्न कार्यक्रमहरु ल्याएको छ । जसमा पालकाको संयोजकत्व छ ।
४) विगत तीन वर्षमा पालिकामा भएका मुख्य कामहरु के–के हुन् ?
विगत तीन वर्षमा हामीले विकासको कामहरुलाई नै हामीले प्राथमिकतामा राखेर काम ग¥यांै । जसमा अहिले सडक, नालाका कुराहरु छन् । बाहिरी सडक मात्रै नभए भित्र भित्रका सडकहरु पनि स्थानीयको सहयोगमा १५ फिटको बाटोलाई २० फिटको बनाएर ढलान गर्न सफल भएका छौ । त्यसै गरी विद्यालयको भौतिक पूर्वाधारसंगै पठनपाठनको गुणस्तरलाई वृद्धि गर्न सफल भएको कुरा विद्यालयको नजिताले प्रष्टाएको छ ।
५) अगाडि बढेका विकासे कार्यक्रमहरु के के हुन् ? यो वर्ष कुन–कुन कार्यक्रमहरुलाई प्राथमिकता दिदै हुनुहन्छ ?
यो आर्थिक वर्षमा हामीले बाँकी रहेका विकासे पूर्वाधारका कार्यक्रमहरु संगसंगै उत्पादनसंग किसान र युवा लक्षित कार्यक्रम पालिकाले अगाडी बढाउदै छ । हामीसंग किसान, युवा र स्थानीयस्तरको वृत्ति विकासका लागि थुप्रै कार्यक्रमहरु छन् । त्यसलाई पालिकाले क्रमिक रुपमा पूरा गर्दै जाने छ । यो वर्ष युवा लक्षित कार्यक्रम अन्र्तगत केन्द्रले मेडपाको कार्यक्रम ल्याएको छ ।
जसको संयोजकत्व पालिकाले गर्दै छ । उक्त कार्यक्रमले बेरोजगार युवाहरुलाई तालिम दिई रोजगारीको व्यवस्था समेत मिलाइ दिने छ ।
त्यो वाहेकका अन्य युवा उद्यमका कार्यक्रमहरु अघिल्ला वर्षहरुमा पनि थिए र यो वर्ष पनि छ । यहाँ रहेका पर्यटकीय स्थलहरुको मर्मत संभारको लागि पालिका र केन्द्रबाट केही बजेट विनियोजन भएको छ र यो वर्ष काम सरु हुन्छ । त्यसैगरी यहाँका अस्पताल, वडास्तरीय स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रहरुको व्यवस्थापन लगायतका योजनाहरु समेटेका छौ ।
६) तीन वर्षे कार्यकालको अनुभव कस्तो रह्यो ?
यो तीन वर्षको अवधि एउटा नयाँ जिम्मेवारी नयाँ संरचना र नयाँ अनुभवसंगै बित्यो । कर्मचारीको अभाव नयाँ कानुनको अनविज्ञताको अभ्यास गर्दै आफूले गरेको प्रतिबद्धता पूरा गर्न भरपूर प्रयासमै बित्यो । बिचमा कोरोनाको सामाना पनि गर्नु प¥यो । विभिन्न चुनौतिका बाबजुद पनि आफूले गरेका बाचाहरु लगभग पूरा गरेको छु ।
विकास एकैपटक देखिने कुरा होइन । विकास भनेको विस्तारै देखिदै जाने कुरा हो । अहिलेसम्मको काममा सबैको साथ सहयोग पाएको छु । पालिकाले गरेको राम्रा कामको समर्थन र भएको गल्ती औल्याउने काममा जनता, संचार माध्यमबाट हामीले अपेक्षा गरेका हुन्छौ । किनकि यो कार्यकाल हामी पनि सिक्दै अगि बढ्दै छौ । जनताको चित बुझ्दो र कार्यक्रमहरु ल्याएका थियौं । सडक नाला लगायतका विकासे कामहरुलाई प्राथमिकतामा राखेका थियौ । यूवाहरुको लागि मेडपाको कार्यक्रम आएको छ ।
जसले युवाहरुलाई सिप दिएर रोजगारीको सृजना समेत गरिदिन्छ । नगरपालिकाको समन्वय र संयोजकत्वमा योजना आईसकेको छ । प्रदेश सरकारले भने आफैले आफ्नो काम गरिरेहको छ । हामीसँग कुनै समन्वय भएको छैन । मटिहर्वा, बसतपुर कलैया लगायत ४ ठाउँमा क्वारेन्टाइन बनाएका थियौ । हामीले ५० बेडको आइसोलेसन पनि निमार्ण गरेका थियौ । तर परीक्षण नारायणीमा हुने भएकोले प्रायः बिरामीहरु वीरगंज मै हुन्थे ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)