नेपाली समाजमा हरेक दिन जघन्य बलात्कारका घटनाहरु घटिरहेका छन् । देशका विभिन्न ठाउँमा घटेका घटनाहरुकोे तथ्याङ्ग हेर्ने हो भने दिनहुँ ६ देखि ७ जना किशोरी÷महिला बलात्कारको शिकार हुने गरेको देखिएको छ । यो भनेको एक बर्षमा २ हजार ५ सयभन्दा बढी घटना हो । यो अंक भनेको अत्याधिक अंक हो । आर्थिक बर्ष २०७५÷०७६ मा मात्रै २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएर दर्ताका लागि आएको तथ्याँक छ । दर्ता हुन नआएका पनि त्यो अंकभन्दा बढि हुन सक्छन् । २०७६÷०७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना दर्ज भइसकेका छन् । अर्का तर्फ बलात्कार पश्चात हत्या गरिएका घटना एकिन गर्न नसके पनि स–साना बालिका तथा किशोरीको बलात्तकारपछि हत्या गर्ने संख्यामा बृद्घि हुनु ठूलो विडम्बना हो । यस्ता घटनाको विवरण हेर्दा घेरै जसो घटना सुनोयोजित ढंगले घटाएको देखिन्छ । अधिकांस घटनाहरु आफ्नैे नातेदार, आफन्त, हाडनाता भित्र पर्ने, छरछिमेकी तथा चिनेजानेकै व्यक्तिहरुबाट घटेका छन् । केहि घटना अन्जान व्यक्ति वा डराई धम्काई, ललाई फकाई अथवा अन्य किसिमले भएको देखिन्छ । हुुन त यस्ता जघन्य अपराधहरु ठ्याक्कै निश्चित ठाउँमा चाही बढी वा कम भन्ने नहुँदा सबै तिर किशोरी वा महिलाहरु असुरक्षित भएको देखिन्छ ।
फेरि पनि प्रादेशिक तथ्याङ्गलाई हेर्दा प्रदेश नं १ मा ५ सय ४२ घटना दर्ता छन् भने प्रदेश नं २ मा ३ सय ४२, वाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय ७७, सुदुरपश्चिम प्रदेशमा २ सय ३६ र अन्य छुटफुट अर्थात उपत्यका क्षेत्रमा २ सय ९६ घटना भएको एक तथ्याङ्गले देखाएको छ । यसरी हेर्दा नेपालमा जघन्य अपराधका घटना अन्य मुलुकभन्दा कम देखिएता पनि नेपालकैे स्थानमा र नेपाली आँखाले हेर्दा भईरहेका घटना चिन्ताजनक अवस्थामा चाही छन् । उसोे त विश्वका करिब २०० देशको तथ्याङ्गलाई हेर्ने हो भने नेपाल बलात्कारको घटनाको लिष्ट पछाडिबाट १५ औ स्थानमा रहेको देखिन्छ । यो विश्वको घटनाको तुलनात्मक अवस्था हो । तर नेपालकै विगतलाई हेर्ने हो भने यहाँ
विगतका तुलनामा अधिक घटना हुनु राम्रो संकेत होइन । यसले महिला तथा किशोरीहरुलाई ढुक्कले बस्न सक्ने वातावरणमाथि प्रश्न चिन्ह तेस्याएको छ ।
पछिल्लो समयमा बढिरहेको महिला तथा बालबालिकाहरु माथिका हिंसात्मक बलात्कारका घटना, अनि घटना घटिसकेपछि ती घटनाप्रतिको छानविन र दोषीलाई कार्वाही नभएको कारण निर्मला पन्त, बझाङ्ग कि सम्झना कामी, हालसालैको घटना बैतडीकी भागरथी भट्ट जस्ता बलात्कार पश्चात मारिएका घटना उदाहरणका लागि नाम मात्रै हुन भने यस्ता घटना र ती घटनाको सत्य तथ्य खोेजमा अहिलेसम्म न्याय नपाउनुले किशोेरी तथा बालिकाहरु माथिको डरलाई अझ बढाएको छ । दुईबर्ष पहिले बलात्कारका घटना बार्षिक २०० को हाराहारिमा हुन्थे । तर अहिलेको तथ्याँकले निक्कै प्रतिशत बढेको देखिन्छ । यसरी तथ्याँक नै हेरफेर हुने गरी घटना बडिरहनु कारणको खोजी तथा अनुसन्धान गर्नपर्ने देखिन्छ । अध्ययनले ठ्याक्कै यहि कारण भनेर किटान नगरेसम्म गरिबी, अशिक्षा, वैदेशिक, रोजगार, ठुलाबडा र राजनीतिक पहुँच भएकाहरुको डर धम्कीका कारण घटनाले प्रश्रय पाइरहेको त होइन भन्ने प्रश्न उब्जाएको छ । यसले पनि समाज रुपान्तरणको पाटोलाई परिवर्तन गर्न जरुरी छ ।
जसरी मानिस दिन प्रतिदिन अमानवीय गतिमा सामेल हुँदैछ । अमानविय ढंगले प्रस्तुत हुदैैछ । यो राम्रो संकेत पक्कै होइन । अशिक्षित र सामान्य मानिस मात्र यस्ता आपराधिक गतिविधीमा सामेल भएका छैनन् । पढेलेखेका र उच्च ओहोदामा भएका समेत यस्ता घटनामा पर्ने र पारिनुले आफ्नो इज्वत मान् प्रतिष्ठानलाई बचाएर राख्न पनि प्रतिष्ठित महिलाहरुलाई पनि सकस देखिन्छ । त्यसैले पनि नेपालमा एसिड आक्रमण गर्नेलाई अधिकतम् २० बर्ष जेल सझाय र १० लाख जरिवानाको कानून बनेपछि बलात्कारीलाई फाँसी अर्थात मृत्युदण्डको आवाज उठ्न थालेको हो । सडकदेखि संसदसम्म केहि महिला संसदले समेत फासीको सझायको माग गरिरहेको त्यसैको उदाहरण पनि हो । त्यसैले अहिलेसम्म भएका कानूनभन्दा कडा कानून नबनेसम्म अपराधीको मनोवल घट्ने संकेत देखिदैन । यस्को न्यूनिकरणका लागि सरकारी गैरसरकारी तथा स्वयम् वा परिवारका सदस्य एक नभएसम्म यस्ता घटनालाई रोक्न नसकिने हुदाँ यस्ता आपराधिक घटनाको विरुद्घ थप आवाज एक हुन जरुरी छ । वर्तमानमा कायम १० देखि २० बर्षसम्मको जेल सजाय वा दण्डजरिवाना अपुग छ । तर्सथ यस्ता घटनामा संलग्न अपराधीको छानविन तथा थप सजाय अति आवश्यक छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)