हुनत जन्म दिएपछि सपाङ्ग वा अपाङ्ग जस्तो बच्चा जन्मिए पनि उनीहरुको संरक्षणको पहिलो दायित्व अभिभावककै हो । सपाङ्गलाईभन्दा बढी स्याहार, माया, ममता र प्रेरणाको साँचो कुनै न कुनै रुपमा अपाङ्ग भएकालाई हुन्छ । त्यसमा पनि बौद्धिक अपाङ्ग त झन जटिल समस्या हो । हाम्रो समाजमा पनि त्यस्ता थुप्रै व्यक्तिहरु छन्, जो बौद्धिक रुपमा कमजोर छन् । त्यस्ता सुस्त मनस्थिति भएका वालवालिका र उनीहरुको परिवारका आशाका केन्द्र बनेको संस्था आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवसंग गरिएको कुराकानी ः
१) आशाकिरण केन्द्र कस्तो संस्था हो ।
आशा किरण केन्द्र एउटा संस्था हो जसले सुस्त मनस्थिति, मस्तिष्क पक्षघात जस्ता असामान्य अवस्थाका बालबालिकाहरुलाई दिवा सेवा प्रदान गर्ने गरेको छ । असामान्य बालबालिकाहरुको घर परिवारहरुमा त्यस्ता बालबालिकाहरुको कारणले हुने पीडालाई अलिकति भए पनि कम गर्ने प्रयास यस संस्थाले गरेको छ । त्यसैले यस संस्थाको नाम आशा किरण केन्द्र राखिएको हो ।
२) यसको उद्देश्य के हो ?
असामान्य बालबालिकाहरु अरु बालबालिकाहरु जस्तो बिद्यालय जान नसक्ने, स्कुलको पोसाक लगाएर ब्याग बोकी आमा–बुबा लगायत घरका सदस्यहरुलाई टाटा भनेर नजाने कुरा हुन्छ ,। त्यस्ता बालबालिका हुने परिवारका लागि एकदम पीडा हुने भएकोले हामी त्यस प्रकारका बच्चाहरुलाई पोसाक, ब्याग, आउन जानका लागि इरिक्सा जस्ता ब्यवस्था मिलाइ बालबालिकाहरुलाई सामान्य शिक्षा प्रदान गरी परिवारहरुको अनुहारमा अलिकति भए पनि हसिलो मुस्कान ल्याउन सक्छौ भन्ने अपेक्षा सहित यो कार्यमा जुटेका छौं ।
३) सेवा गर्ने यस्तो संस्था स्थापना गर्ने सोच कसरी आयो ?
सामाजिक कार्य पनि हुने यो संस्था स्थापना गर्ने सोच फाउण्डर सुनिल गुप्ताको सोचबाट सुरुवात भएको हो । उहाँ लामो समयदेखि सामाजिक कार्य, सहयोग, अनुदान कार्यक्रम जस्ता कार्यहरु गर्दै विभिन्न क्षेत्रमा आवद्ध हुनुहुन्छ । सुनिल जी कार्यक्रम कै क्रममा एउटा संस्थाको रोहबरमा काठमाडौमा यस्तै बालबालिकाहरुको लागि स्थापना गरिएको एक संस्थामा पुग्नु भएछ । अनि उहाँले त्यहाँ यस प्रकारका बालबालिकाहरुलाई देख्दा एक किसिमको आत्मबोध भई आफ्नै जिल्ला वा शहरमा पनि यस प्रकारका बालबालिकाहरुलाई सेवा दिन अग्रसर हुनु भएकोले वीरगन्जमा पनि यो संस्थाको स्थापना भएको हो ।
४) सुरुक दिनमा कति बच्चा थिए ? अहिले कति छन् ?
सुरुका दिनमा २ जना बच्चा थिए । अहिले १५ जना बच्चालाई हामिले दिवा सेवा प्रदान गरिरहेका छौं ।
५) संस्था संचालन गर्न आवश्यक आर्थिक स्रोत कसरी जुटाईरहनु भएको छ ?
महानगरपालिका संग समय समयमा सहयोग माग गरेका छौं । नगरप्रमुख विजय कुमार सरावगी ज्युले सहयोग पनि गर्दै आउनु भएको छ । त्यसै गरी केही सहयोगी व्यक्तिहरुले आवश्यक सामाग्री हस्तान्तरण गर्दिनु भएको छ । कुनै निकायहरुसंग आपसी छलफल र समन्वय गरेर पनि आवश्यक समाग्री एवं दैनिक खर्चहरु जुटाउने गरिएको छ ।
६) संस्था संचालनमा चुनौतिहरु के–के छन् ?
असामान्य, मस्तिष्क पक्षघात, सुस्तमनिस्थिति जस्ता बालबालिकाका परिवारहरुले यस प्रकारका बालबालिकाहरुलाई घर बाहिर ल्याउन नखोज्ने, घर भित्रै लुकाएर राख्ने, त्यस्ता बालबालिकाहरुको बारेमा खुलेर कुरा नगर्ने भएकोले हामीलाई त्यस्ता बालबालिकाहरुलाई खोजी गर्नमा कठिनाइ हुने गरेको छ ।
७) तपाईहरुको आगामी योजना के छ ?
पर्सा जिल्लामा यस प्रकारका बालबालिकाहरुलाई खोजतलास गर्दै दैनिक शिक्षा प्रदान, व्यायाम, बौद्धिक विकासका लागि खेलकुद, आगामी दिनमा वृद्धहरुका लागि पनि निःशुल्क योगा, दैनिक व्यायाम, फिजिकल थेरापी, नियमित निःशुल्क स्वास्थ्य जाँच शिविर, आँखा शिविर, दाँत शिविर, सामाजिक कार्यमा हातेमालो जस्ता योजना संचालन गर्ने योजना छ ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)