वास्तवमा प्रेमले हेर्दा, खोज्दा र अनुभूत गर्दा सबै वस्तुमा प्रेम भेटिन्छ, हरेक अनुहारमा प्रेम भेटिन्छ र हरेक मुस्कानमा प्रेम भेटिन्छ । प्रेम अथाह हुन्छ, यो न दिएर सकिन्छ न लिएर सकिन्छ ।
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । आफूलाई माया गर्ने मायालुलाई रातो गुलावको फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ । भ्यालेन्टाइन डेको सुरुआत सन् २६९ मा भएको मानिन्छ । रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेबुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए । उनलाई झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेबुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेबुरुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवशका रुपमा मनाउने गरिन्छ ।फेबुअरी ७ देखि १४ सम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात, फेबुअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ ।
फेबुअरी ७ यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।
फेबुअरी ८ प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।
फेबुअरी ९ यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।
फेबुअरी १० टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पु¥याउन सकिन्छ ।
फेबुअरी ११ यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात बाचा गर्ने दिन । एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।
फेबुअरी १२ अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।
फेबुअरी १३ यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।
फेबुअरी १४ यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पु¥याउन सकिन्छ ।आफैभित्र भएको कस्तुरीलाई नचिनेर मृग भौतारिए झैँ हामी आफैँभित्र भएको प्रेम अनुभूत गर्न नसकेर अनेकतिर भौतारिन्छौ । प्रेम त प्रकृतिमा छ, प्रेम हाम्रै वरिपरी छ अनि प्रेम जता हिंड्यो त्यतात्यतै छ । धन कमाउने मान्छे कैलेकहिँ धनको गरिव बन्न सक्ला तर प्रेम दिने मान्छे कहिले पनि प्रेमको गरिब भएको सुनिएको छैन र देखिएको पनि छैन । प्रेमले गरिबको छा
प्रोलाई पनि स्वर्ण महल बनाई दिन्छ । प्रेममा सबै सम्मानित हुन पाउँछन् । प्रेमको संसारमा कोही ठूलो र कोही सानोको असमानता रहँदैन । त्यसैले प्रेमको स्वभाव भएका मानिसको संसार हार्दिकतापूर्वक सुखमय हुन्छ । जसरी सूर्यको प्रकाश झारपात र वृक्षहरूमा एकै ढङ्गले छरिन्छ, साँचो प्रेम पनि सबैमा सबैतिर एकनाशले विस्तारित हुन्छ । आज सन्त भ्यालेन्टाइनको स्मरणः प्रेमदिवस मनाइरहँदा त्यसको सार्वभौम अस्तित्वलाई पनि स्मरणः गरौं । शरीर, सम्पत्ति र वासनाको सीमाभन्दा माथि उठेर सबैलाई निष्काम प्रेम गरौं । यदि यसो गर्न सकियो भने हामीले प्रेमदिवस मनाई रहँदा प्रेमको याचना गर्दै बेखबर रोइरहेका आँखाहरूमा आशाको नवीन सूर्योदय हुनसक्छ । यतिखेर हामी जुन व्यक्तिको सम्झनामा प्रेमदिवस मनाइरहेका छौं, उनी अर्थात् सन्त भ्यालेन्टाइन त्यागका विशिष्ट प्रतिमूर्ति थिए । आफ्नी प्रेमिकाका लागि जीवन त्याग्नसम्मको चुनौती सहर्ष स्वीकार गर्न भ्यालेन्टाइन तत्पर रहे ।
प्रेम त अथाह अलौकिक र अनन्तः हुन्छ । प्रेम नै धर्म हो, शक्ति हो अनि शान्ति हो । मानवप्रेम हरेक बन्धन र स्वार्थभन्दा विशिष्ट हुन्छ, माथि हुन्छ र मुक्त हुन्छ । मानवप्रेम सीमाहीन हुन्छ, आकाश जस्तै फराकिलो हुन्छ । प्रेमको कुनै परिधि हुँदैन । यस्तो प्रेमभाव महिला पुरुष सबैमा ब्याप्त हुन्छ तर प्राप्ति भने अपवादले मात्रै गर्न सक्दछ । यस्तो प्रेमको आस्वादन लोभ, मोह, स्वार्थबाट मुक्त मान्छेले मात्रै गर्न सक्दछ । जीवन रहेसम्म मान्छे एक्लै बाँच्न सक्दैन । उसलाई कहीँ, न कहिँ एक अर्काको साथ सहयोगको आवश्यकता पर्छ । जीवनभर साथ र सहयोग चाहिने पति र पत्नीहरू पनि आफ्नो भएको सम्बन्धलाई बिगारेर एक्लै बाँच्ने निर्णय गर्न गर्नुको पछाडिको कारण निश्चय नै आपसी प्रेमको अभाव हो । आज हामीकहाँ प्रेमको सतही नाटक मञ्चन गर्नेहरूको भीड जताततै देखिन्छ । शरीर सुन्दर भएका र चिटिक्क परेर सजिएका मान्छेहरू प्रेमका लायक हुन्छन् भन्नेहरूको पनि कमि देखिदैन । कुनै दिन जब शारीरिक सुन्दरता स्खलित हुँदै जान्छ अनि प्रेम पनि स्खलित हुँदै जान्छ । त्यो कस्तो प्रेम हो, जुन ओइलाउँदो शारीरिक सुन्दरता र चाउरी परेको छालासँगै ओइलाउँदै र हराउँदै जाने !
आजकल हामी जुन ‘प्रेम’को कुरा गर्छौं त्यो शरीरमै समाप्त भएर गएको छ । अहिले प्रेमविवाह गर्नेहरू अधिकांश सम्बन्ध विच्छेद गरेर बस्ने देखिएका छन् । प्रेमको बहानामा विवाहित बनेकाहरू पनि पश्चातापपूर्ण जीवन बाँचेका थुप्रै भेटिन्छन् । यो भन्दा ठूलो ‘प्रेम’को अपमान अर्को के हुन सक्छ ? प्रेम कहिल्यै पनि समाप्त भएर जाँदैन । हाम्रो शरीर, रूप, आकृति, हाड, छाला, सम्पत्ति सबै सांसारिक वस्तु हुन् । यी बदलिन्छन् बारम्बार र अन्ततः समाप्त भएर जान्छन् । तर प्रेम यी सबै वस्तुभन्दा पर हुन्छ । थुप्रै वस्तुहरूको अभावमा पनि प्रेम बाँचिरहन्छ । त्यसैले प्रेमलाई अलौकिक मानिएको हो । प्रेमदिवसका सन्दर्भमा व्यक्त गरिने प्रेमका भावनाहरू पनि सतही हुन थाले । प्रेमको मूल्य र अस्तित्व फगत् यौनसुखमा बदलिएर गयो । यसको व्यापकतालाई अत्यन्तै सङ्कीर्ण र कमजोर बनाउँदै लगिएको छ । मानवप्रेम निजी स्वार्थ र सामाजिक बन्धनबाट सदैव माथि रहन्छ । मानवप्रेममा कहिल्यै सम्झौता र स्वार्थ हुँदैन हुन्छ त केवल त्याग र समर्पण ! मानव प्रेममा बन्धन नभएर, स्वतन्त्रता हुन्छ । प्राप्ति नभएर त्याग हुने गर्छ । मृत्यु नभएर मुक्ति हुन्छ । स्वार्थ नभएर, समर्पण हुन्छ । प्रणय दिवस । प्रेमिल मनहरुको उत्सव हो । प्रेम आफैमा प्रेमिल छ । प्रेमिल मनहरुले अझ सुगन्ध थप्दैछन् । प्रेम सबैका लागि सबै प्रेमका लागि हुन्छ । आँखाको आकर्षण केही समयपछि सकिएला तर चोखो मायामा एकले अर्कोप्रति समर्पण गरेको अनुभूति युगौयुग अमर भई बाँचिरहन्छ । संसारका सबै प्राणीहरु बिचमा मायाको शीतल आँचल लहराई रहनुपर्छ । प्रेम बाँडेर त हेरौस यो अझै बढ्ने छ । यसलाई फैलाउ अझै फैलने छ । प्रेम एक त्यस्तो चिज हो जुन फैलाउँदा अझ फैलिरहन्छ । प्रेम बाँढेर प्रेमिल जीवन बाँचौ । हेप्पी भेलन्टाइन डे ! आजका युवाहरुले उक्त दिनको अर्थ र महिमालाई नबुझि छाडा प्रवृती अंगाल्दा यसको दुरुपयोग समेत भएको देखिन्छ । प्रेम दिवस वास्तवमा चोखो माया गर्ने पवित्र मन भएकाहरुको लागि अत्यन्त महत्वपूर्ण दिनको रुपमा लिन सकिन्छ । सभ्य र भव्य रुपले प्रेम दिवस मनाउने प्रचलन बढोस । हरपल आम पाठक, हाम्रा सुभेच्छुक,सुभचिन्तक सबैमा प्रणय दिवसको हार्दिक शुभकामना पनि व्यक्त गर्दछु ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)