वीरगन्ज स्थित नारायणी रंगशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । देशकै रंगशालाहरुमा उत्कृष्ठ मध्येको यो रंगशाला अहिले जीर्णबन्दै गएको हो ।
रंगशाला काम नलाग्ने अवस्थामा पुगेपछि खेलाडीभन्दा रंगशलामा लागु औषध प्रयोगकर्ताहरु बढि पुग्न थालेको प्रत्यक्षदर्शीहरुले बताए । विक्रम सम्बत् २०३८ सालमा ९० लाख रुपैयाँमा निर्माण भएको नारायणी रंगशाला काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो रंगशाला हो । तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको पहलमा निर्माण गरिएको नेपालको दोश्रो रंगशालाका प्याराफिटहरु संरक्षणको अभावमा जीर्ण बनेका छन् । उक्त स्थल लागुऔषध दुव्र्यसनीको केन्द्रविन्दु बन्न थालेको छ उनीहरुल्े भने ।
लागु औषध दूव्र्यसनी युवाहरु उक्त ठाउँमा गएर जुवातास खेल्नुको साथै लागु औषध सेवन पनि गर्ने गरेका छन् भने रंगशालाको प्याराफिटका रडहरुलाई स्थानीय नागरिकहरुले फोडेर लगेको कारण पनि रंगशाला जीर्ण बन्दै गएको खुलेको छ । लामो इतिहास बोकेको यो रंगशालाले पहिले यस क्षेत्रमा हुने प्रायः सबै टुर्नामेन्ट धान्ने गरेको थियो । नारायणी रंगशालामा नै त्यतिखेर सबै खेलकुदहरु हुने गरेका थिए । साधन र स्रोतको समानुपातिक वितरण हुन नसक्दा फुटबल लगायत मोफसलका यस्ता खेलकुदको पूर्वाधारका रुपमा रहेको रंगशालाकै अवस्था समेत कमजोर भएको हुदै गएको खेलाडीहरुले पनि दावी गरे । राज्यले समेत उपेक्षा गरेकै कारण खेल क्षेत्र कमजोर हुदैँ गएको उनीहरुको आरोप छ ।
नारायणी रंगशालामा २०५५ सालयता कुनै किसिमको राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता समेत हुन नसकेको खेलाडीहरुले बताए । रंगशालाई संरक्षण गर्नका निम्ति उक्त स्थानमा मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पनि छ । त्यसमा ९ जना कर्मचारीहरु पनि कार्यरत छन् । तर तिनीहरुले प्रशासनीय काम बाहेक संरक्षण प्रति ध्यान नदिएको कारण पनि रंगशाला खेलकुदभन्दा पनि लागु औषध दुव्र्यसनीहरुको अड्डा बन्दै गएको खेलाडीहरुले तर्क गरे ।
कुनै पनि शहरमा रंगशालाको चुस्तता नभएसम्म खेलको अस्तित्व रहदैन । तर वीरगंजमा दुई/दुईवटा फुटबल रंगशाला र एउटा क्रिकेट रंगशाला छ । यी तिन वटै रंगशालाको स्थिति राम्रो भने छैन । बिहान व्यायाम गर्न जाँदा पनि लागु औषध दूव्र्यसनीहरु प्याराफिटको मुनी लुकेर लागु औषध सेवन गर्ने गरेको र दिउँसो तथा साँझमा बढि युवाहरु त्यहाँ गएर लागु औषध सेवन गर्ने गरेको व्यायामकर्ताहरुले पनि बताए । खेलकुदका लागि रंगशालामा पुग्दा खेलाडीभन्दा पनि अन्य व्यक्तिहरुको बढि उपस्थिति हुने गरेको कारण खेलकुदमा समस्या हुने गरेको खेलाडीहरु बताउँछन् । यहाँ त कतिपटक खेलाडी र लागु औषध दुव्र्यसनीहरुसँग झगडा समेत भइसकेको स्थानीयले पनि खुलासा गरे ।
सुरक्षाको अवस्था पनि नाजुक छ, यसरी लागु औषध प्रयोगकर्ताहरुको अड्डा बनेको स्थानमा एक पटक भए पनि प्रहरी प्रशासनको गस्ती नहुँदा रंगशालामा खेलाडीहरुभन्दा पनि लागु औषध प्रयोगकर्ताहरुको मनोमानी बढ्ने उनीहरुको तर्क छ । दिउसै भिआइपी प्याराफिट माथि बसेर भर्खरका युवाहरु चुरोट खाने, गाँजा खाने हुक्का खाने तथा लागु औषध सेवन गर्ने जस्ता कार्य गरिरहेका हुन्छन् । जसले गर्दा अन्य सर्वसाधारणहरुलाई पनि व्यायाम गर्न जान पनि अप्ठ्यारो हुने गरेको छ ।
खास गरेर परिवारका महिला सदस्यहरुलाई लिएर व्यायाम गर्न जाने अवस्था नरहेको महिला खेलाडीहरुको भनाइ छ । खेलाडी विद्यार्थीहरुको साथमा केटी खेलाडीहरु पनि आउँछन्, तर एक्लै केटी अर्थात कुनै महिलाले त्यहाँ गएर व्यायाम गर्ने तथा खेलकुद गर्न सक्ने अवस्था नरहेको उनीहरुले बताए । अर्को तर्फ चारै तिरको प्याराफिट जीर्ण बनिसकेको छ । रंगशालाबाट बाहिरको दृष्य प्याराफिट हुँदै सहजै हेर्न सकिन्छ भने रंगशाला बाहिरबाट फुटेको प्याराफिटबाट सहजै रंगशाला भित्रको दृष्य देख्न सकिन्छ ।
जीर्ण बन्दै गएको रंगशालालाई पुनः निर्माणका लागि २५ लाखको लागतमा डि.पि.आर. पनि तयार गरिएको भनिएको छ । तर त्यो डि.पि.आर. अनुसार काम भने हुन सकेको छैन । डि.पि.आर. अनुसार २ अर्व ६४ करोडको लागतमा पुनः निर्माण हुनु पर्ने नारायणी रंगशालामा नेपाल सरकारले चाहे जति बजेट नछु्ट्याएको कारण पनि रंगशाला पुनः निर्माण हुन नसकेको खेलाडीहरुले तर्क गरे ।
नेपाल सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ७५ लाख र ५० लाख गरी १ करोड २५ लाख बजेट छुट्याएकोमा रंगशालाको जग्गा संरक्षणका लागि पर्खाल लगाइएको र कार्यालयको मर्मत सम्भार गरिएको थियो । डि.पि.आर. अनुसारको भौतिक संरचना निर्माणका लागि २०७६/०७७ मा ७ करोड बजेट छुट्याइएकोमा कोरोना संक्रमण महामारीको कारण कुनै काम हुन नसक्दा उक्त बजेट फ्रिज भएको जनाइएको छ । त्यस पश्चात २०७७/०७८ मा त्यही बजेटमा अहिले प्याराफिट निर्माण गर्ने कार्य भइरहेको छ । रंगशालाको दक्षिणतर्फ रहेको ८० मिटर प्याराफिट पुनः निर्माणको कार्य भइरहेको खुलकुद विकास समितिको तर्क छ ।
नेपाल सरकारले टुक्रा टुक्रा बजेट छुट्याउने गरेको कारण डि.पि.आर. अनुसारको रंगशाला निर्माण गर्न दशांै बर्ष लाग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै त्यहाँका पदाधिकारीहरुले ११ औं राष्ट्रिय प्रतियोगिता प्रदेश २ को वीरगन्ज स्थित नारायणी रंगशालामा गर्ने तयारीमा जुटेका छन् । नारायणी रंगशालाको भौतिक संरचना पूर्णरुपमा पुनः निर्माणको लागि राष्ट्रिय प्रतियोगिता नभई नहुने भएकोले खेलकुद क्षेत्रसँग आबद्ध संस्थाका पदाधिकारीहरु आगामी ५ वर्ष पश्चात हुने ११ औं राष्ट्रिय प्रतियोगिताको लागि गृहकार्यमा जुटेको बताए । मुलुकमा संघीयतामा आए पश्चात नेपाल सरकारले प्रत्येक प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने योजना ल्याएसँगै प्रदेश २ सरकारको बद्मासीको कारण पनि नारायणी रंगशालामा ओझेलमा परेको छ । नारायणी रंगशालाको आफ्नै स्वामित्यमा रहेको १८ विगहा जग्गा, भौतिक संरचना तथा डि.पि.आर. समेत तयार भइसकेकोलाई वेवास्ता गर्दै प्रदेश सरकारले जनकपुरमा भाडामा जग्गा लिएर रंगशाला निर्माणमा जुटेको कारण पनि नारायणी रंगशाला उपेक्षामा परेको पर्सावासीले दावी गरे । यो रंगशाला पनि त प्रदेश नम्बर २ बाहिर थिएन उनीहरुले भने ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)