शहरी विकास मन्त्री प्रभु साहले नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपालले सांसद किनबेचको फोहरी खेलमा लागि परेको आरोप लगाएका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी, सेढवामा आयोजित गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गरेसँगै कुर्सीका लागि सांसद किनबेच गर्ने खेलमा लागेको बताए ।
प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री कुर्सीको लागि जति प्रयास गरेपनि सफल हुन नसक्ने दाबी गर्दै मन्त्री साहले जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर सरकार चलाउने अधिकार दिएपनि प्रचण्ड – माधव समूहले प्रधानमन्त्रीलाई सरकार चलाउन अवरोध गर्दै पार्टी ध्वस्त पारेको समेत आरोप लगाए । नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका मन्त्री साहले स्थिरता, सुशासन, समृद्धि र विकासको अभियान सफल पार्न प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा गोलबन्द हुन जनसमुदायलाई आग्रह समेत गरे ।
नेकपा छिपहरमाई गाउँपालिका कमिटि अध्यक्ष प्रहलाद गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हाजरा, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रद्युमन चौहान, जिल्ला समन्वय समिति पर्साका उप–प्रमुख ठाकुर प्रसाद न्यौपाने, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरि वडाध्यक्ष सहित सयौं जना कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका थिए ।
तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित छिपहरमाई गाउँपालिका वडा नं. २ का वडाध्यक्ष महेन्द्र साह कलवार, सोही पार्टीका वडा नं. ३ का तत्कालीन वडाध्यक्षका प्रत्यासी अनिल साह लगायत सयौं कार्यकर्ताहरुले नेकपा ओली समूहमा पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीहरु लाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले अविरटिका लगाई पार्टी प्रवेश गराएका थिए । सो कार्यक्रम पश्चात छिपहरमाई गाउँपालिकाको वडा नं. जयमंगलापुरमा निर्माण भएको बर्थिङ्ग सेन्टर भवनको समेत मन्त्री साहले उद्घाटन गरेका थिए ।
गाउँपालिकाको तेस्रो बर्थिङ्ग सेन्टरको रुपमा जयमंगलापुरमा गाउँपालिकाद्वारा निर्मित उक्त बर्थिङ्ग सेन्टर भवनलाई कार्यक्रमका प्रमुख अतिथिको रुपमा मन्त्री साहले रिबन काटेर उदघाटन गरेका थिए ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)