मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ ।
वीरगंजको ग्लोबल विजनश कलेजको आयोजनामा आयोजित वृहत व्यवस्थापक शंकाय विषयवस्तु शैक्षिक प्रदर्शनी समपन्न भएको हो ।
११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा विभिन्न विषय वस्तु समावेश गरी प्रदर्शनी गरिएको थियो ।
व्यवस्थापन भन्नाले लिने र दिने मात्र नभई यसभित्र थुप्रै विषयवस्तु भएकाले सहभागि विद्यार्थीहरुले शैक्षिक संस्था व्यवस्थीत, औधोगिक क्षेत्रमा प्रशोधन केन्द्र, कम्पनीमा ट्रयल व्यालेन्स र समाजमा रहेको सांस्कृतिक पर्व छठ, ईदुल फ्रित्र, माघी लगायत विभिन्न बैंकहरुले प्रदान गर्ने कर्जा त्यसका सहुलियतको बारेमा प्रदर्शनीमा देखाइएको थियो ।
प्रदर्शनी अवलोकन गर्न आउनु भएका नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले कमर्स क्याम्पसमा प्रदर्शनी हुनु आफैमा फरक विषय रहेको बताएका थिए । औधोगिक तथा व्यापारीक शहरमा थुप्रै उधोगहरु छन् जहाँ एउटापनी उधोगले वाटर ट्रिटमेन्ट प्लान्ट लगाएका छैनन् तर यहाँका विद्यार्थीहरुले त्यसको आवश्यक्ता बुझेर प्रदर्शनीमा राखेको थियो ।
यी र यस्ता थुप्रै विषय वस्तुले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास थियो ।
कार्यक्रममा सहभागि प्रचण्ड माधव समुहका नगर अध्यक्ष रहबर अंसारीले व्यवस्थापक शंकायका विद्यार्थीले जागिर खान जादाँ के कस्ता अफ्ठयाराहरु हुने र त्यसलाई कसरी फेस गर्ने भन्ने विषय वस्तु यहाँ प्रदर्शन गरिएकाले व्यवस्थापक संकायको एक फडको रहेको उहाँको भनाई थियो ।
किताबी ज्ञान भन्दा बाहिरको ज्ञान कुनैपनी शैक्षिक संस्थामा अति आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको कलेजका प्रधानाध्यापक श्रीराम दासले बताए । बदलिदो परिवेशमा व्यवहारिक शिक्षाले नै विद्यार्थीहरुलाई दक्ष र सिपमुलक बनाई तुरुन्त समाजमा जिवन यापन गर्नको लागी यस्ता कार्यक्रमले सक्षम बनाउने कलेजका संचालक ओम प्रकाश श्रेष्ठले बताएका थिए । यसैगरी अर्का संचालक अशोक सरार्फले अबको शिक्षा किताब भन्दा बाहिर आउनुपर्ने बताएका थिए ।
कार्यक्रममा कुमारी बैंका प्रदेश प्रमुख राजेश साह, ओम ईन्टरनेशन कलेजका प्रध्यापक लालबाबु यादव तथा उमेश चौरसिया, प्रध्यापक संतोष कर्ण, पिरामिड एकेडेमीका प्रध्यापक संजय सिंह, युवा समाजसेवी ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, महेश सिंह धामी, लगायतको उपस्थिति रहेको थियो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)