वीरगंजका संचारकर्मीहरुले आज वीरगंज महानगरपालिकाका सुचना अधिकारी अरबिन्दलाल कर्णसँग सूचनाको हक सम्बन्धी ऐन अनुसार सुचना माग गर्दै निवेदन दर्ता गराएका छन् ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वमा पुगेका पर्सेली पत्रकारहरुले वीरगंज महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट भएका काम कारवाहीको विवरण माग गरेका छन् ।
सुचनाको हक सम्बन्धि विभिन्न धाराहरुलाई उल्लेख गर्दै कानून सम्मत रुपमा निवेदन दर्ता भएको हो ।
निवेदन बुझ्दै सूचना अधिकारी कर्णले आफूले माग भएका सुचना र विवरणहरु कानून सम्मत अबिलम्ब उपलब्ध गराउने विश्वास दिलाउनु भएको थियो ।
निवेदनमा वीरगंज महानगरको विभिन्न वडाहरुमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने संस्थाहरुको नाम विवरण, संस्था दर्ता प्रमाणपत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली), प्यान दर्ता प्रमाणपत्र, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, प्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र, सुचिकरण, बिनियोजित रकम लगायत कानूनले स्पष्ट गरेका कागजात, सम्पन्न भइसकेका सार्वजनिक सुनुवाई कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।
त्यसैगरी आ.व.०७७ श्रावण देखि हालसम्मको अवधिमा कुन कुन संस्थालाई कुन कुन परियोजना वा प्रयोजनका लागि कार्यक्रमहरु प्रदान वा सम्झौता गरिएका छन् सो कार्यक्रम र संस्थाहरुको नामावली सहित कार्यक्रम प्राप्त गरेका संस्थाहरुको दर्ता प्रमाणपत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र र नियमावली), प्यान दर्ता प्रमाणपत्र, लेखा परिक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, प्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत सम्पन्न भइसकेका कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ भने वीरगंज महानगरको ३२ वटै वडाहरुको प्रोफाईल प्रयोजनका लागि बृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्न कुन संस्थालाई जिम्मा दिइएको वा सम्झौता गरिएको हो सोको प्रस्तावनापत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि, पत्रकारिता क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरुको नाममा विभिन्न कार्यक्रम संचालन वा अनुदानका रुपमा लिइएको रकम र त्यसको प्रगति विवरण लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि समेत माग गरिएको छ ।
सो अवसरमा इकोनोमिक जर्नालिष्ट एशोसिएसनका राष्ट्रिय अध्यक्ष विजय कुशवाहा, तराई मिडिया एशोसिएसनका अध्यक्ष जितेन्द्र साह, जनता टेलिभिजनका संजीव मिश्रा, कान्तिपुर दैनिकका भूषण यादव, प्रेस मन्च नेपालका वरिष्ठ उपाध्यक्ष श्याम कुशवाहा, मध्य नेपाल सन्देशका जियालाल साह, राससका सफल खतिवडा, नेपाल टेलिभिजनका आरोहण साह, आवाज एफ.एम.का राकेश साह लगायतका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)