पर्सामा कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । भने, ५ व्यापारी माथि वाणिज्य कार्यालय पर्साले जरिवाना तिराएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उधोग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ पर्सा लगायतको प्रतिनिधिको रोहबरमा गरिएको अनुगमनका क्रममा वीरगंज महानगरको वसपार्क र घण्टाघर चोकमा रहेका ६ वटा पसलहरुमा गरिएको अनुगमनको क्रममा एक व्यापारी माथी कालोबजारी अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाइएको छ भने ५ जनालाई जरिवाना तिराएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।
अनुगमणका क्रममा म्याद गुज्रेका, बढी मुल्यमा विक्रि गरिरहेका र खरिद तथा विक्रि खाता नराखेको पाइएको अधारमा ५ देखी १० हजारसम्म जरिवाना गराइएको उनले बताए ।
अनुगमनको क्रममा खरिद विक्रि खाता नराखेकोमा माईस्थानस्थित भरत दही भण्डार र बसपार्कस्थित प्रमोद ट्रेडर्सलाई जनही ५/५ हजार रुपैयाँ, त्यसैगरी बसपार्क कै माँ मिनाक्षी स्टोर्सले समेत खरिद तथा विक्रि खाता नराखेको र युके जेनसल स्टोर्सले म्याद ग्रुजेको र तोकिएको मुल्य भन्दा बढी मुल्यमा विभिन्न समानहरु बिक्रि गर्दै आएको पाइएकोमा १०/१० हजार रुपैयाँ जरिवाना तराईएको हो ।
यसैगरी अनुगमनको क्रममा खरिद तथा विक्रि खाता नराखेको र अवैध रुपमा राजश्व छली गरेको आरोपमा माईस्थानको रतन जेनरल स्टोर्सका संचालक रामबाबु कुमार पटेलको पसलमा अनुगमनको क्रममा १ लाख ५८ हजार रुपैयाँ बराबरको चिसो पेय पदार्थ सहित उनलाई पक्राउ गरि थप अनुसन्धानका लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
निरन्तर रुपमा गरिने अनुगमन पछिल्लो समय होली नजिकिदै जादाँ व्यापारीहरुलाई मार्न अनुगमन गरिएको कतिपय व्यापारीको आरोप थियो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)