वीरगंज – पथलैया ब्यापारीक मार्ग अन्र्तगत जीतपुरको सडक निर्माणमा भएको ढिलाईका कारण जितपुरको व्यवसाय दिनप्रतिदिन खस्किएको भन्दै व्यापारीहरु आक्रोसित बनेका छन् ।
पटक पटक समय थप्ने तर कामको गती नबढाउने ठेकेदारको प्रवृत्तीले आफुहरुको व्यवसाय चौपट भएको भन्दै व्यापारीहरु आक्रोशित बनेका हुन् । व्यवसायीहरुको आक्रोसलाई सम्बोधन गर्नेगरी सडक निर्माणमा भएको ढिलासुस्तीका विषयमा जीतपुरमा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । सडक निर्माणका कारण जीतपुरका ब्यवसायीहरुमा परेको असर र त्यसको समाधानको विषयलाई लिएर जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले छलफल कार्यक्रमको आयोजना गरेको हो ।
पथलैया वीरगंज ६ लेन ब्यापारीक मार्गको ५ नम्बर निर्माण कम्पनीले आपेक्षा अनुसारको गर्न नसकेपछि जीतपुरका व्यापारीहरुमा परेको असरबारे संघले सरोकारवालाहरु संग छलफल गरेको हो । कपडा ब्यवसायीहरुले संघमा सडकबाट आएको धुलोका कारण आफुहरुको ब्यवसायी सखाप भएको लिखित निवेदनका साथै समस्या समाधान नभए आन्दोलनमा जाने भनेपछि नगर उद्योग वाणिज्य संघले छलफल अगाडी बढाएको संघका अध्यक्ष संजय साहले जानकारी दिए । यस भन्द पहिलापनि पटक पटक लिखित र मौखिक सहमति भएपनि आयोजना कार्यालय र निर्माण ब्यवसायीले कामलाई गति दिन नसकेको भन्दै आफुहरु अन्तिम पटक आग्रह गर्न यो छलफलको आयोजना गरेको अध्यक्ष साहको भनाई छ । आउदो बैशाख ८ गतेसम्म ब्यवसायीहरुलाई सहज हुने गरी कामको प्रगति देखाउने भनि योजना कार्यालय पथलैया र ठेकेदारले लिखित प्रतिबद्धता जाहेर गरेको भन्दै त्यस समयमापनि काम सम्पन्न नभए संघले चरण बद्ध रुपमा आन्दोलन गर्ने जानकारी दिनुभयो ।
८ भागमा बिभाजन गरेर छुट्ट–छुट्टै ६ वटा ब्यवसायीलाई काम गर्ने जिम्मा दिएको यस आयोजनामा सिमरादेखि जीतपुरको आर्मी क्याम्प सम्मको निर्माणको जिम्मा पाएको ५ नम्बर ठेकेदार शर्मा, युनाईटेड एण्ड विल्डर्स जेभिले आपेक्षा अनुसार काम गर्न नसकेकोको कारण आयोजना ढिलो भएको आयोजना कार्यालय पथलैयाका ईन्जिनियर सम्पतलाल दासले जानकारी दिए । आयोजना कार्यालयसंग निर्माण ब्यवसायी शर्मा, युनाईटेड एण्ड विल्डर्स जेभिले पटक पटक झुठो सम्झौता गर्ने तर काम अगाडी नबढाउने देखिएकोले यस कम्पनीलाई कारवाहिको प्रकृया अगाडी बढाइसकेको र बैशाख ७ सम्म दिएको समयमापनि काम संतोषजन रुपमा अगाडी नबढे कालो सुचि मै राख्नेगरी तैयारी गरेको ईन्जिनियर दासको भनाई छ ।
ठेक्काको म्याद माघ मसान्तसम्म रहेपनि कोरोना कालमा काम गर्न समस्या भएको भनि आएको निवेदन अनुसार ६ महिना समय थप गर्न सकिने सम्भावना रहेको यस कम्पनीको काम संतोष जनक नरहेको देखिएको छ । पाँच अर्ब ५० करोडको लागतमा निर्माण हुन लागेको यस सडक खण्डलाई निर्माण गर्न योजनाको कार्यालयले ८ ओटा ब्लक मार्फत काम अगाडी बढाईरहेको छ । संघका अध्यक्ष साहको सभा अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतकुमार पोखरेल, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, ३ का वडा अध्यक्ष, नगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष घनश्याम गिरी, नेकपा एमालेका नेता देवनारायण चौधरी, माओवादि केन्द्रका नेता राजन पौडेल, स्थानिय नेता राजुराज गिरी, अफताब आलम, राजेश गिरी, प्रकाश गिरी, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक दिप राणा, सशस्त्र प्रहरीबल बेस क्याम्प जीतपुरका सशस्त्र प्रहरी निरिक्षक कृष्ण पौडेल लगाएत स्थानिय ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)