शुष्मा शर्मा अब पर्सेली संचारकर्मीका लागि नौलो नाम होइन । शितल प्रसाद गौतम र सीता गौतमको जेठो सन्तानका रुपमा उनी २०३९ साल साउन १५ गते वीरगन्जमा नै जन्मिएकी हुन् । उनको विवाह पनि वीरगन्जकै विकास शर्मासँग २०५८ सालमा भएको हो । अध्ययन भने कक्षा ७ सम्म कलकत्तामा भएको शुष्माको त्यसपछि एसएलसी वीरगन्जको माउन्ट एडमण्ट मा.वि.बाट भएको हो । एसएलसी पछि भने एकेडेमिकभन्दा पनि डिप्लोमा इन आइटीजिटेक कोर्ष ( ग्लोबल टेक्नोलोजी कम्प्युटर प्रोगामिङ्ग गर्ने र सफ्टवेयर हाडवेयर ) र आइ.ए.सी बाट डिप्लोमा इन इन्टेरियर डिजाइनिङ्ग पनि अध्ययन गरेको उनले बताइन् । स्नातक भने ठाकुरराम बहुमुखी क्याम्पसबाट स्वास्थ्य बिषयमा गरेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ पर्साको गएको निर्वाचनमा उपाध्यक्ष ( महिला ) तर्फ निर्वाचित उनै शुष्मा शर्मासँग पत्रकारीताका सन्दर्भमा मध्य नेपाल सन्देशको लागि निलम पन्तले गरेको बिशेष कुराकानी :
१) नेपाल पत्रकार महासंघ पर्साको जिल्ला उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । कस्तो लागिरहेको छ ?
म पहिले पनि नेपाल पत्रकार महासंघको सदस्य भैसकेको थिए । पहिला पनि जिम्मेवारी निभाएको हो । अहिले त्यो जिम्मेवारीलाई अझ बढेर आएको छ । मलाई विश्वास गरी संगठन र अरुले पनि अगाडी बढाउनु भएको छ । पदीय हिसाबले गर्ने कार्य सम्पादनमा मलाई विश्वास गर्नेहरुको विश्वास टुट्न दिन्न । निर्वाचनको प्रतिष्पर्धामा विजयी हुँदा अन्य मानिस झैं मलाई पनि खुशी लाग्नु स्वभाविक नै हो । तर खुशीभन्दा पनि थप जिम्मेवारी आएको चाही महशुस भइरहेको छ ।
२) पर्सेली पत्रकारीताको व्यवसायिक विकासको लागि तपाईका योजना के छन् ?
व्यवसायिक पत्रकारिता भन्नाले हामी केही कुरा सुन्छौ । यसै पनि वीरगन्जको पत्रकार बाहिर गए भने उनीहरुलाई हेर्ने दृष्टिकोण अलग्गै हुँदोरहेछ । पत्रकारिताभन्दा बढि अरु पेशामा लागेर काम गरिरहेका छन् वा त पत्रकारीताको आडमा अरु काम गर्छन् भन्ने बाहिरकाले ठान्दा रहेछन् । यो कुरालाई चिर्दै व्यवसायिक पत्रकारीताबाट अगाडी बढेका पर्साका पत्रकारहरुको साथमा म हुने छु । स्तरीय पत्रकारीता होस् भन्नेमा विभिन्न योजना बनाई उचित मापदण्ड बनाएर त्यसलाई अगाडी बढाउन हर प्रयास गर्ने छु ।
३) पत्रकार महिलाको अवस्था सुदृढ बनाउन थप योजना छन् ?
पत्रकार महिलाको लागि अहिलेको समयमा राम्रो अवसर पनि हो । तर यस्तो अवसरलाई यो पेशामा लाग्ने पत्रकार महिलाहरुले उपलब्धी हासिल गर्न नसकेको जस्तो लाग्छ । जस्तो कर्कलोको पातमा पानी रहँदा चमक आउँछ । तर त्यो पानी एकै ठाउँमा स्थिर हुदैन । ढलमल–ढलमल भइरहन्छ । त्यस्तै हाम्रो जिल्लामा पनि पत्रकार महिलाहरुको अवस्था छ । यहाँ अवसर र उचित ठाउँ पनि छ । तर एकाग्र भएर दृढ इच्छाशतिmका साथ पत्रकार महिलाहरु ब्यवसायिक रुपमै लाग्ने वातावरण बनाउन मेरो भूमिका रहन्छ । तर धेरै जस्तो पत्रकार महिलाहरुमा स्थिरता छैन । पर्सा जिल्ला पत्रकार महिलाको लागि उर्बर ठाँउ हो । सोही अनुसारको योजना बनाएर अगाडी बढ्ने संकल्प लिएको छु ।
४) पत्रकारितामा थप शुद्धिकरणको आवश्यक छ ?
पर्सा जिल्लाकै कुरा गर्दा यस पेशामा पनि शुद्धिकारण गर्न आवश्यक छ । यहाँ केही पत्रकारले पत्रकारिताको आडमा कमाइ खाने भाडो बनाएका छन् । जुन काम पत्रकारले गर्नुपर्ने हो त्यो भन्दा पनि उनीहरु अरु काममा व्यस्त देखिन्छन् । त्यसैले यहाँ या अरु ठाउँको मानिसले पनि यहाँको पत्रकारीतालाई होच्याउने गरेको महसुस गर्दैछु । यसमा मेरो ध्यान रहने छ ।
५) महिला पत्रकारलाई मूलधारमा ल्याउन थप योजना पनि छन् ?
जबसम्म हामी एकै ठाउँमा स्थिर भएर लागि पर्दैनौं । एउटै पेशालाई मात्र फोकस गर्दैनौं तबसम्म महिला पत्रकारलाई मूलधारमा ल्याउन अलि गाह्रो हुन्छ । जहाँ मौका पायो त्यही काम गरिरहेका छौं । यसरी हुदैन । त्यसको लागि हामीले मूलधारमा आउँन एकाग्र पनि हुनु पर्छ । त्यो ठाउँमा पुग्न मैले नि केही प्रयास नगरे अरुको भरमा मात्र हुन्न । यता तर्फ पत्रकार महिलाहरुलाई ल्याउने मेरो ध्यान रहन्छ । तुरुन्त योजना बनाउने भन्दा पनि वर्तमानमा भएका समस्यालाई उजागर गर्दै अगाडी बढ्ने मेरो लक्ष्य छ ।
६) अध्ययन अर्को तर्फ तर पत्रकारितामा चाही किन आउनु भयो ?
म अध्ययन पछि सामाजिक कार्यमा लागें । मलाई सामाजिक कार्यमा काम गर्न एकदम मन पर्छ । घरमा मेरा सबै सदस्य पत्रकारीता निकट हुनुहुन्छ । अझ मेरो ससुराबुवा वीरगन्जको पत्रकारीताको एउटा पिलर पिलर हो । उहाँले नै दाम कमाउने सामाजिक कामभन्दा नाम कमाउने सामाजिक काम गर्न सुझाव दिनु भयो । त्यसै भएर घरदेखि जोडिएको पत्रकारिताको फिल्ड आउन सहज भयो । मैले चाहेको कुरा यसबाट अझ राम्रो हुने पनि रहेछ । सामाजिक कार्य संगसंगै निःस्वार्थ सेवा पनि सकिने रहेछ । त्यसैले यो फिल्डमा पाइला राखेको हो ।
८) तपाइलाई पहिलो पटक समाचार लेख्दा कस्तो अनुभव भयो ?
मलाई पहिलो पटक समाचार लेख्दा निकै खुसी लाग्यो । समाचार लेख्दा केही सिक्ने अवसर पनि हुने रहेछ । सामाजिक काम गर्ने मलाई पत्रकारीता तर्फ आउने सहज बाटो चाही तालिमले बनायो । यसको श्रेय मेरो ससुरा–बुबालाई दिन्छु । उहाँले नै खोजमूलक पत्रकारिताको तालिममा जाने अवसर मिलाइदिनु भयो । उहाँले त्यो ट्रेनिङ्ग गर भन्नु भयो । मलाई पत्रकारिताको केही पनि जानकारी त्यतिवेला थिएन । ट्रेनिङ्गमा जानुपर्ने भएपछि मैले ३ दिनमा पत्रकारीता सम्बन्धीको एउटा किताब अध्ययन गरेर सके । किन भने त्यँहा गएपछि पत्रकारहरुका बीचमा रहनु पर्ने अवस्था हुन्थ्यो । त्यो लेवलमा जानको लागि म मा पनि ज्ञान हुनु पर्छ भन्ने लाग्यो र अध्ययन गरी अनि मात्र तालिममा गएँ । त्यँहा जादाँ सबै पत्रकारहरु नै थिए । त्यसमा म केही होइन जस्तो लाग्यो । जे होस् त्यँहा मैले आफ्नो कमजोरी खुल्न दिइन । उहाँहरुले पनि पत्ता लगाउन सक्नु नै भएन की म सिकारु पत्रकार हो भनेर । त्यो ट्रेनिङ्गबाट आइसकेपछि चाही मेरो रुची खोज पत्रकारितामा अलि बढि भयो । त्यसैले अरु समाचारभन्दा पनि म खोजपत्रकारिता तर्फ अलि बढि लाग्छु ।
मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)