‘सानो पाइला’ संस्थाले नेपाल भेन्टिलेटर सर्भिससँगको सहकार्यमा अस्पताललाई एक महिनाका लागि भेन्टिलेटरको व्यवस्था गरेको हो । सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले मंगलबार नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन् । सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरूको समयावधि थप गर्न सकिने बताइन्।
अस्पतालका कोभिड संयोजक डा. सरोज रोशनदासलले भेन्टिलेटरहरू कोभिड आईसीयू र एसडीयूमा जडान गरिसकिएको जानकारी दिए । यससँगै अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ ।