पहिलो फेजको कोरोना महामारीले विश्वकै अर्थतन्त्रमा ठूलै प्रभाव पारेको थियो । यसले हरेक क्षेत्रलाई धरासायी बनाएको छ पनि । कोरोनाका कारण कति व्यवसायीहरुले व्यवसाय नै परिवर्तन गरे । अन्य क्षेत्र जस्तै कोरोनाको प्रभाव सहकारीमा पनि नपर्ने कुरै भएन । यो क्षेत्र पनि नराम्ररी प्रभावित भएकै छ । अझ सहकारी क्षेत्रमा कोरोनाको कारण भित्री असर चाही के परेको छ ? भनी विगत आठ वर्षदेखि सहकारी क्षेत्रमा रहेका र हाल ड्राईपोर्ट स्थित श्री विन्दवासीनीमाई बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक मनु कुमार पटेलसंग मध्य नेपाल सन्देश पत्रिकाले गरेको बिशेष कुराकानी :
१) सहकारीहरुको हालको अवस्था कस्तो छ ?
कोरोनाको सुरुवाती दिन एकदमै नाजुक थियो । बजारको स्थिति जस्तो हुन्छ सहकारीको अवस्था पनि लगभग उस्तै हुने हो । किनभने बजार चल्या,े व्यापार राम्रो भयो भने मात्रै सहकारीको अवस्था राम्रो हुन्छ । लकडाउनले गर्दा धरासायी बन्न पुगेको सहकारी संस्थाहरु व्यापार व्यवसाय चलायमान भएसंगै बिस्तारै आफ्नो पुरानै लयमा फर्कदो अवस्थामा छ । तर अहिलेको समयमा पूर्ण भइसकेका खातावालाहरुले आफ्नो बचत लगिरहेका छन् । नयाँ बचत गर्ने संख्या भने घटिरहेको छ । त्यस्तै ऋण लगेकाहरुको पनि भाका नागिसकेको अवस्था छ । आशा छ बिस्तारै पहिला कै अवस्थामा फर्किन्छ कि । यो २–३ महिनामा बजारको स्थितिमा सुधार भएकोले पनि सहकारीहरुको अवस्था लगभग राम्रो हुँदै थियो । कुनै कुनै सहकारीहरुलाई गाह्रो छ । बाँकी केही सुधारको अवस्थामा छन् । तर फेरि कोरोनाको हल्ला थपिएपछि भने यसै भन्न सक्ने अवस्था छैन ।
२) कोभिडका समयमा के कस्तो चुनौतिहरु आए ? त्यसको व्यवस्थापन कसरी गर्नु भयो ?
लकडाउनको घोषणा हुँदा सबै जना आतंकित भएको अवस्था थियो । किन कि यो सबैका लागि नयाँ थियो । सुरुवाती दिनमा हामीले पनि सहकारी बन्द ग¥यौं । तर विस्तारै सुरक्षा सावधानी अपनाएर बैंकहरु खुल्न थालेपछि हामीले पनि खोल्न थाल्यांै । त्यो समयको चुनौति भनेको बचत कर्मीहरुलाई रकम दिनुपर्ने हुन्थ्यो । बचत राखेका बचत कर्ताहरले धमाधम रकम निकाल्न थाले । तर बचत कम र ऋण फिर्ता भएन । त्यसमाथि बैंकले सहकारीहरुका लागि एक चेक बाराबर २५ लाखभन्दा बढी रकम झिक्न दिएन । जसले गर्दा हामीले हाम्रा सेवाग्रहीहरुको माग अनुसारको रकम दिन सकेनौं । लगभग केही दिन त्यही अवस्था रह्यो । तर पछि बिस्तारै बिस्तारै वातावरण सहज हुँदै गयो । विस्तारै रकम झिक्ने र बचत गर्ने अनुपात समान हुन थाल्यो । ४ महिना जति त गाह्रो भयो । तर त्यसपछि भने सहज बन्यो । सुरक्षाको पनि पूर्ण व्यवस्था गरी बिस्तारै हामीले पुरानै शैलीमा कार्यालय संचालन गर्न थाल्यौ । हरेक परिस्थिमा आफू तयार रहनु पर्छ भन्ने पाठ कोरोना महामारी र लकडाउनले सिकाएको छ ।
३) सहकारीले कुनकुन क्षेत्रमा कर्जा लगानी गरेको छ ? व्याजदर ठिक छ ?
धेरै त हामीले व्यापार र कृषिमा नै लगानी गरेका छौ । किनभने हाम्रो प्रायः बचत कर्ताहरु व्यपार र कृषिसंगै आवद्ध हुनुहुन्छ । हामीले हायर पर्चेजमा पनि लगानी गरेका थियांै । तर कोरोना पछि विदेशीनेको संख्यामा कर्मी आएपछि भने त्यो सेवा संचालनमा छैन । हामीले दिने भनेको व्यवसाय कर्जा कृषि कर्जा, सवारी साधन खरिद कर्जा र नयाँमा ग्याजेट कर्जा मात्रै हो । हामीले कोरोना महामारीले प्रभाव पारेको हुँदा हाम्रा ऋणी सदस्यहरुका लागि तीन प्रतिशत व्याज छुट समेत गरेको थियो । तर अहिलेको अवस्थामा सरकारले नै १४.७५ प्रतिशत तोकिदिएको छ । पहिला हामीले १८ प्रतिशत ब्याजदर लिइरहेका थियौ ।
४) अहिले सहकारीहरु विघठनका कुराहरु पनि सुनिन्छ यसको कारण के देख्नु हुन्छ ?
लिक्यूडिटी भन्ने हुन्छ वित्तिय संस्थामा । लिक्यूडिटी भन्ने कुरालाई जसले राम्रोसंग गर्न सक्दैन । कम्तीमा पनि २० प्रतिशत रकम राखेर हिड्नु पर्छ । ५ प्रतिशत तलमाथि हुँदा खासै फरक पार्दैन । यदि १० लाख रुपैया सहकारीको छ भने त्यसको २० प्रतिशत २ लाख रुपैया बैंकमा राख्नु पर्छ । बैक र कार्यालयमा गरेर तुरुन्तै निकाल्न सकिने गरी । तर यहाँका प्राय सहकारीहरुले ५ प्रतिशत वा त्यो पनि नराखी चलाउँदा रहेछन् । त्यही समयमा एकैपटक लकडाउन भयो । रकम धेरै झिकिए । तर बजारमा लगाएको लगानी उठेन । त्यसले गर्दा सहकारी बंन्द गर्नु पर्ने अवस्था आयो । यस्तै कारणहरुले नै हो सहकारी भाग्ने वा विगठन हुने ।
५) सरकारले के गर्नु पर्ने देख्नु हुन्छ ?
सरकारले आफ्नो मतहातमा लिएर सहकारीहरुको समस्यालाई बुझिदिनु प¥यो । बैंकहरु मर्ज गराए जस्तै सहकारीको एउटा मापदण्ड बनाएर सहकारीहरुको अवस्था बुझी उनीहरुलाई मर्च गर्नु पर्छ । यसो हुँदा सहकारीहरु प्रति विश्वास पनि बढ्छ र सदस्यहरु ठगिने समस्या पनि रहदैन ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)